कृषकलाई पशु शाखा धरानले सहयोग पु-याउदै

धरान÷ पशुमा लाग्ने रोगको निराकणसंगै पशुपालक कृषकको जीवन स्तर उकास्ने उद्देश्यले स्थापित भएको नेपाल सरकार मातहतको पशु सेवा शाखाले धरान उपमहानगरपालिकाभित्र रहेका पशु कृषकहरुलाई पर्ने समस्याको समाधान विगतदेखि नै गर्दै आएको छ ।
नगरमा भएका पशु कृषकको समस्या समानार्थ सञ्चालनमा आएको यो पशु सेवा शाखा विगतमा संघीय संघीय सरकारमार्फत सञ्चालन थियो । तर संघीया आएसंगै अहिले स्थानीय सरकार मातहत सञ्चालन भइरहेको छ ।


यो शाखा १५ बर्ष अगाडि संघीय सरकारमार्फत धरान ८ बरगाछीमा सानो कोठामा सञ्चालनमा आएको थियो । त्यसबेला कृषकहरुले आफूले पालेको पशुमा कुनै समस्या आए उपचारसंगै समार्श दिने गरेको थियो । तर अहिले यो शाखा धरान उपमहानगपालिकामार्फत सञ्चालनमा रहेको छ । धरान १३ कृषि उपज बजारमा आफ्नै भवनमा यो शाखा सञ्चालनमा छ । यसले पशु प्रजनन नश्ल सुधार, पशुमा कृत्रिम गर्भाधान, पश पालनुसम्बन्धी जनचेतनामूलक कार्यक्रम, पशुपालन सम्बन्धी तालिमका साथै रोक नियन्त्रणका लागि विभिन्न खोप कार्यक्रम सञ्चालन गर्ने गरिएको पशु सेवा शाखाका पशु विकास अधिकृत महेन्द्र कुमार पैकराले बताउनुभयो । उहाले पशुमा लाग्ने मुख्य रोग निराकणमा यो शाखाले खोप कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।
उहाका अनुसार अहिलेसम्म यो शाखाले धरान उपमहानगरपालिकाका २० वटै वडामा रहेका पशु कृषकहरुका समस्या समाधान गर्नका लागि ल्याब नभएका कारण कुनै समस्या आइहालेमा पशुको रगत संकलन गरेर विराटनगर तथा काठमाण्डौ पठाउने गरको बताउनुभयो ।
यो शाखााले पशुहरुको व्यवस्थित उपचारका लागि धरान ६ पानमारामा सम्पर्क स्थान समेत राखिदिएको छ । यसले धरानको वडा नंं ४, ५ र ६ हेर्ने गर्छ । जटिल समस्या भएमा मात्र यी वडाहरुका लागि धरान शाखाले हेर्ने गरेको छ । अहिलेसम्म पशु उपचारमात्र ८ हजारभन्दा बढी गरेको शाखाको तथ्यांकमा उल्लेख छ भने पशुमा लाग्ने खारेत रोगक लगायत अन्य खोप १५ हजार भन्दा बढी पशुमा लगाइएको छ ।
पशु शाखाले अझ व्यवस्थित गर्न भविष्यमा यही ल्याव सञ्चालन गर्ने योजनाम रहेको छ भने पशुको विभिन्न प्रकारका शल्यक्रिया पनि यहीँबाट गर्ने तयारीमा रहेको छ ।अहिले भने उपचार, पशु सम्बन्धी प्राविधिक ज्ञान, रोगको पहिचानको सामन्य ज्ञान लगायतका कुराहरु कृषकलाई सिकाइने पशु चिकित्सक विर्खराज राईले बताउनुभयो ।
कृषकहरुको पशु पालनमा सहयोग पु¥याउन संघीय सरकारले स्थानीय सरकारलाई दिएका ५ लाख बजेट र अन्य बजेटबाट यो शाखा सञ्चालनमा रहेको छ । यसमा स्थानीय सरकारले पनि
भरपुर सहयोग पु¥याएको बताउने गरेको छ । धरान उपमहानगरपालिका वडा नं. १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले स्थानीय सरकारले पनि पशुपालक कृषकलाई सहयोग पु¥याएको बताउदै शाखा मार्फत पशु सम्बन्धी हरेक गतिविधि अगाडि बढाइदै आएको बताउनुभयो । देशमा संघीयता आएसंगै सर्वसाधारणको सहजका लागि स्थानीय स्तरबाटै कृषकको जीवनस्तर उकास्न हरेक कार्यक्रम ल्याएको छ । विगतमा संघीय सरकारमार्फत सञ्चालन भएको पशु सेवा शाखा स्थानीय सरकारमा आए पनि कार्यशैलीमा भने खासै
परिवर्तन भएको पाइदैन । स्थानीय स्तरबाट नै कृषकहरुलाई सहयोग गर्ने स्थानीय सरकारको नीति भएपनि नगरमा कति पशुपालक कृषक छन् भन्ने तथ्यांक स्थानीय सरकार छैन । संघीय सरकारमा रहेको यस्ता कार्यालय स्थानीय सरकारमा आएपछि पनि कृषकहरुले स्थानीय सरकारले सञ्चालन गरेको आभाष अझै पाउन सकेका छैनन्, यसतर्फ पनि ध्यान केन्द्रित गर्ने हो कि ?

तपाईको प्रतिक्रिया