नेपथ्यले भारतको बैंगलोरमा आÏनो प्रस्तुती दिएको छ । स्थानीय आरआर इन्स्टिच्यूटको मैदानमा जम्मा भएका तीन हजारभन्दा बढी दर्शकलाई टोलीले नेपालीपनको माया बाँडेको थियो ।
सन् २००२ देखि ‘शान्तिको लागि शिक्षा’ अभियान अन्तर्गत नेपथ्यले विद्यार्थी र पठन–पाठन क्षेत्रमा आफूलाई केन्द्रित गर्दै आएको छ । त्यसै क्रममा २५ हजारभन्दा बढी नेपालीभाषी विद्यार्थीले अध्ययन गर्दै आएको कणरटक भूमिमा उसले आÏनो नयाँ पुराना सिर्जना प्रस्तुत गरेको हो ।
कार्यक्रममा आÏनो साथीहरु माझ रमाउँदै गरेका ईलाम निवासी सुनिल ले उत्साहित हुदै भने ‘धेरै बर्ष अगाडी स्कुले छात्र हुदाँ आ ? नो गाउँ फिक्कलमा नेपथ्यको कन्सर्ट हेरेको थिएँ, आझ कलेज पढ्दा बैंगलोरमा फेरी हर्ने मौका मिल्यो ।’
कार्यक्रममा टोलीले स्रोताहरुलाई सार्वजनिक हुनै लागेको नयाँ गीतसमेत सुनाएको थियो ।
‘हो रामा रामा, हो रामा रामा
हाइ माया हाँसी दिँदा, देब्रे गालामा डिम्पल बस्ने … ‘
गत महिना मात्र चितवनको
नारायणगढमा आयोजित कन्सर्टमा नेपाल भित्रका स्रोताहरुको निम्ति यो पहिलोपटक सार्वजनिक भएको थियो ।
‘तपाईहरु आÏनो गाउँ शहरबाट यति टाढा पढ्नको लागि आउनु भएको छ जे कामको लागी आउनु भएको हो त्यो उदेश्य पुरा होस् मेरो शुभकामना ।’ गायक गुरुङले भने, ‘आफु जहाँ वसेपनि त्यहाँको समाज, रिति रिवाज, धर्म सवैलाई आदर गरेर मिलेर बस्नुहोला ।’
कायक्रममा ‘रेशम’, ‘तालको पानी’, ‘भेँडाको ऊनजस्तो’, ‘उडायो रेलैले’, ‘जोमसोमे बजारमा’, ‘छेक्यो छेक्यो’, ‘यो जिन्दगानी’ र ‘लामपाते सुरती’ लगायतका गीतहरुमा दर्शक नाचेका थिए ।
‘बैंगलोरमा पहिले पनि केहि नेपाली कार्यक्रमहरु भएका थिए त्यसबेला प्राय बिद्यार्थी मात्रै भेला हुन्थे । यसपटक भने यहाँ कामको सिलसिलामा बसोवास गर्दै आएका नेपाली भाषीहरु समेत कार्यक्रममा आकषिैत भएको हामीले अनुभव गर्र्यौ ।’ स्थानीय आयोजक टोलीका अशिम गिरीले भने, ‘हालसम्म बैंगलोरमा आयोजित नेपाली कायक्रममा सबै भन्दा सफल कार्यक्रम यही नै हो ।’
नेपथ्यमा टोलीका मुख्य गायक अमृत गुरुङलाई किबोर्डमा सुरज, ड्रमसेटमा ध््रुव, बेस गितारमा सुविन, लिड गितारमा निरज र मादलमा शान्तिले सघाएका थिए ।
