क्रिकेट समर्थकले विश्वकपको टसको सिक्का र बल किन्न पाउने

क्रिकेट समर्थकहरुले विश्वकपका खेलका क्रममा टसका लागि प्रयोग भएको सिक्का किन्न पाउने भएका छन् ।
आन्तराष्ट्रिय ीक्रकेट काउन्सिल आईसीसीले विश्वकप २०१५ को ४९ खेलमा टसका लागि प्रयोग भएका सिक्काहरु लिलामी गर्ने भएको हो ।
२०११ को विश्वकपमा पनि आईसीसीले टसका लागि प्रयोग भएको शिक्काहरु लिलामी गरेको थियो । आईसीसीका अनुसार हरेक सिक्कामा खेल र मिति उल्लेख गरिएको हुनेछ । सिक्का लिलामीको व्यवस्था निर्माण कम्पनी एसई प्रोडक्ट्सले मिलाएको छ ।
आईसीसीले विश्वकपका खेलका स्कोर कार्ड पनि लिलामी गर्ने भएको
छ । आधिकारिक स्कोर कोर्डमा म्याच अफिसियलको हस्ताक्षर हुनेछ ।
यसका साथै क्वाटरफाइनल, सेमिफाइनल र फाइनलमा प्रयोग गरिने बलहरु पनि लिलामी गर्ने निर्णय भएको आईसीसीले जनाएको छ ।

तपाईको प्रतिक्रिया