घण्टाघरबाट हेर्दा

चीनतिर लसक्क
हाम्रा राष्ट्रपति रामवरन जादव र माउवादीका गफाडी अध्येक्षे अस्तिका दिन चीनतिर लसक्क लस्किएका छन् । राज्येकोषबा बुर्कुसी मारेर हिाडन पाए कसले खुट्टो उचाल्दैन ? देशकालागि सिन्को भााच्न पन िनसक्ने पद पनि छोड्न नचाहने राष्ट्रपति जादवले चीन भेमन गर्न पाम भनेर कम्ता हार गुहार गर्‍या थेनन् । त्यो पनि राजकीय भ्रमन । आखिरी चीनले देखाइदियो पापा । आफ्नैदेशमा कुनै खालो सार्न नसक्नेहरुलाई चीनले किन राजकीय भ्रमन गराउथ्यो । नाई म त चीन गएरै छाड्छु भनेर लडीबुडी गर्न थालेसी सरकारले राज्येकोषबाट व्यवस्था गरिदियो । उता चीनले भने हेनान प्रान्ततिरै खुम्च्याइदियो । उता प्रचण्डाउको हालत पनि त्यस्तै छ । माओकै नामको कम्युनिस्ट पार्टीको अध्येक्षे भएसी गोडा सातेक दिन बुढियालाई लिएर घुमघाम गर्ने कल्पना गर्‍या थे प्रचण्डाउले तर उल्टो भैदियो । उन्लाई पनि एटै प्रान्तमा चिनियाहरुले खुम्च्याइ दिएका छन् । जे होस् जाादा गदगद भएर गएका थे, आउादा अमिलो अनुहार लिएर फर्कने भए ।
लोप्र्‍याइ दियो
यो मुलुकमा इमान्दार मान्छेहरु रान भनेर घण्टाघरले अबचाहिा विश्वास गर्न थाल्या छ । मुलुकाा केही मेडिकल मापmियाहरुलाई सम्बन्धन दिन यहाा कम्ता चलखेल भएन ? एएटा मेडिकल कलेजलाई सम्बन्धन दिादा ६०–७० करोडको चलखेल हुने भएसी’ पर्धानमन्तरी सुशिल दा’देखि शिक्षा मन्त्री विचित्रलेखा जादवसम्म र्‍याल काढेर पछाडि दैडिएका थिए । तर आइओएमको फेकल्टी बोर्डले र्‍याल चुहाएर मेडिकल माफयाका पछाडि दौडिएकालाई अन्तेमा लोप्पा खुवाइदिएएको छ । आइओएमबाट निर्णय गराएर माल झार्न नसकेसी अब र्‍यालेहरुले अवैधानिक बाटोबाट मेडिकल माफिायाहरुलाई सम्बन्धन दिने जुक्ति निकाल्न लाग्या छन् । आफ्नै हात जगन्नाथ भन्या यही हो । अब उनीहरुले त्रिवी कार्यकारी परिषदको बैठकबाटै नयाा मेडिकल कलेजलाई सम्बन्धन दिने निर्नय गर्न लाग्या छन् रे । वैधानिक बाटोबाट नभएसी’ चोर बाटोबाटै माल प ड्काउने जुत्ति:मा देशका गन्नेमान्ने भनाउदा लागेको देख्दा कहिलेकााही घण्टाघरका कन्सिरीका रौा त्यसै त्यसै तन्कन्छन् । एक दिन भ्याकुरो खेदेझै जन्ताले खेद्छन् अनि थाहा पाउाछौं ।
वैधाउ प्यारो रे
यो घण्टाघर अस्तिसम्म माउवादीइका नेता बाउराम भट्टराईलाई राम्रै मान्थ्यो । अबचाहिा यिन्का बोली सुन्दा ‘सठ्या गेले’ जस्तो लाग्न थाल्यो । गोरखातिर पुगेर यिन्ले अस्तिका दिन भन्या प्रचण्डाउलाई संविधानसभाबाट वैधाउ प्यारो लाग्न थाल्या थाल्या छ । बाउरामले बल्ल चाल पाएछन् । प्रचण्डाउलाई वैधाउ प्यारो नलागेर के बाउराम वा सभासद प्यारो लाग्छ त ? कहिले नयाा शक्तिको खााचो छ भनेर प्रचण्डाउलाई सक्तो सराप पर्ने, कहिले के भनेर घुक्र्याउने तर हिाड्नचाहिा नसक्ने बाउराम जस्ता त हैनन नि वैधाउ । गर्छु भनेसी गरेरै छाड्छन् । बूढा फेरि वैधाउ प्रचण्डाउका गूरु पनि त हुन ,। गुरु भन्दा प्यारो त अरु हुनै सक्दैन । त्यो भेर प्रचण्डाउलाई वैधाउ प्यारो लाग्या होला । बाउरामले खै कुरा बुझ्या ?
फुइयाको हंगामा
आफूलेचाहिा जति डकार्दा पनि हुने अनि अरुलेचाहिा यसो आना सुक्का निल्यो भने पहाडै फुटाउने झै गर्जन गर्ने । अब हेरौ न पुलिसले चलाएको राजधानीको नक्साल स्थित पेट्रोल पम्मले ठगी गर्‍यो भनेर अनुगमन समितिले कम्ता स्याल हुयाय्या मच्चाएन । अनुगमन गर्नेहरुले पसलैपिच्छे हप्तावारी र महिनावारी असुलेकोचाहिा कसले भन्दिने । तेल हाल्दा अलि थोरै झर्‍यो रे । मेसिनरी जिच हो गडबडी भयो होला । त्यसैलाई पहाड बनाउनु त भएन नि । सरकारले देशका खोला नाला, स्रोत साधन बेचेर अकुत कुम्ल्याउादा हुने विचरा प्रहरीले तेल हाल्द ा थोरै चुहियो भनेर बमन्डर मच्चाउने । हिजोका टकनटााक चप्पले नेताहरुको रातारात राजधानीमा आलिसान महल कसरी बन्यो ? आनासुक्कका खाादा चाहिा पुलिसले भ्रष्टाचार गर्‍यो भनेर कसरी भन्न सक्या होलान् । आकाशतिर थुक्दा आफ्नै थुतुनो बिग्रन्छ भनेर किन नबुझ्या होलान् ?
देख्ने भए तोरीको फूल
रोगी नेताहरुलाई पाल्दा पाल्दा, औषधोपचार गराउदा गराउादा नेपालको राज्येकोषको अब अलिकति तंग्रिएला जस्तो छ । यसो घााटी खास्याक्क गर्दा पनि राज्येकोषबाट तामझाम गर्दै युरोप, अमेरिका पुग्ने गतिछाडा नेताहरु यतिबेला खसंग्र पर्‍या छ । भए छ के भने उपचारका लागि विभिन्न बहना बनाएर विदेश जानु भन्दा अगाडि अब वीर हस्पतालमै उपचार गराउनुपर्ने भयो । बाहिरै जनु पर्ने भएपनि मेडिकल टिमको सिफारिस लिनुपर्ने भयो । स्वास्थ्येमन्त्री खगराज अधिकारीले यो चाहिा अलि राम्रै कम गरे । नत्र कम्ता उत्पात मच्चाएका थिएनन् नेताहरुले । एएटा सिटामोल खान नपाएर एक छाक खामन नपाएर अकालमा मर्ने गरिबहरु भएको देशमा नेताचाहिा ख्याक्क गर्दा विदेश जानुपर्ने ? अब देखि राज्येकोषबाट उपचार खर्च दिन बन्द रे कम्ता काइदा हुने थिएन ।
भ्रष्ट पाण्डे
उद्योग वाणिज्य महासंघका अध्येक्षे प्रदीपजंग पाण्डेलाई ढिलै भए नि अख्तियारले आठ्याएर खोरमा लगेर जाकेछ ,। बडो राम्रो काम गर्‍यो अख्तियारले ।, खानेपानी संस्थानको लेखापाल हुादा पाण्डेले आम्दानी जति आफ्नै खल्तिमा जाक्या रा’न । संस्थान डुबाउने पाण्डेलाई खोरमा पुर्‍याउादा गबै भएछ । पहला देखि नै खोरमा बसेका कुण्डले मुण्डलेले पाण्डेको भव्य स्वागत गरेछन् । कुण्डले मुण्डलेका नेताले स्वागद गर्दै भनेछन् हामी दुवैको पेशा एउटै
परेछ । तपाई पनि उद्योगी हामी पनि ज्यान मार्ने उद्योगी । कुन्डले मुन्डलेका नेताले यसो भने र स्वागत गर्दा पाण्डे सेन्टीÏल्याट भएछन् । पाण्डे उद्योग वाणिज्य महासंघको अध्यक्षे भएसी’ जिल्लास्थित उद्योग वाणिज्य संघका केही चरिनग्रे अध्यक्षेहरुको फाइफुइा साने थिएन । यतिबेला ती सबै दुलाभित्र छिर्‍या छन् । बूढाहरुले त्यसै भन्या हैनन् दु:ख पर्दा नआत्तिनु अनि सुख हुादा नपात्तिनु ।
हान्लान् नि ढुंगा
बोल्न पायो भन्दैमा प्याच्च नबौनलु बस्न पायो भन्दैमा थ्याच्च नबसनु भन्ने उखान हाम्रा अर्थमन्तरी रामसरन महतलाई पत्तै रै’न छ कि क्या हो , अब हेरौ न अस्तिका दिन चितवनको भरतपुरतिर पुगेर उन्ले भनेछन् जेठ १५ गते संविधान आउाछन् । हैन हौ डेट नै कसरी तोक्न सक्या हुन हा महतले ? माघ ८ गते शिव भयो, त्यसपछि संविधानसभाको बैठकै बस्न नसक्या एक महिना भयो, दलका नेताहरु उत्तर दक्षिण पूर्व पश्चिम फर्किएका छन् । अनि महतचाहिा जेठ १५ गते आउाछ भन्दै फलाक्दै हिड्या छन् । काम पो गर्नुपर्‍यो त प्यार्र प्यार्र बोलेर सविधान आउने भए तीन बर्ष अगाडि नै आउने थियो । जेठ १५ गते संविधान आएन भने ढुंगा हान्लान है महत ज्यू, बरु दह्रो हेलमेटको व्यवस्था अहिल्यै देखि गर्ने हो कि ?
अन्तेमा
स्वाइनÏलुबाट बचौ भनेर सरकारले विज्ञापन गरेको देख्दा घण्टाघरलाई आजकल उदेक लाग्न थालेको छ । स्वायनÏलु भन्दा बलात्कारÏलुले जताततै त्रास फैलाएको छ । जतिसुकैलाई समातेर कारबाही गरेपनि ननस्टपको गतिमा दगुर्‍या छ । बरु बलात्कार Ïलुबाट आफूपनि जागिऔा र महिला, बालिकालाई पनि जोगाऔ भन्ने हो कि ?

तपाईको प्रतिक्रिया