नेपाल भारत मैत्री संघ सुनसरीद्वारा शुभकामना आदानप्रदान

इनरुवा÷मित्रराष्ट्र भारको ७५ औं स्वतन्त्रता दिवसको अवसरमा नेपाल भारत मैत्री संघ सुनसरी शाखाले इनरुवमा शुभकामना आदानप्रदानसँगै कोरो्ना भाइरसका कारण लकडाउनको समयमा सीमावर्ती क्षेत्रका समस्याका सम्बन्धमा विचार गोष्ठीको आयोजना गरेको छ ।
आयोजक नेपाल भारत मैत्री संघको निमन्त्रणालाई स्वीकारेर भारतको वीरपुरबाट अनुमण्डलीय चेतना समितिका अध्यक्षलगायत अन्य पदाधिकारीहरु तेजनारायण खेरबार, ओमप्रकाश राजु, लक्ष्मी नारायण यादव, अभयकुमार सिंह आउनु भएको थियो ।


चारैजना वक्ताहरुले लकडाउनका कारण सीमाका सम्बन्धमा एकै खालको धारणा राख्नु भएको थियो । अभिताव बच्चनको बागवान चलचित्रको कथासँग वर्तमान सीमा समस्यालाई दाँज्नु भएको थियो । छोराहरुले बाँडफाँड गरेपछि कहिले बुढा एकातिर, बुढी अर्कोतिर, सँगै बस्न नमिल्ने परिस्थिति सीमानाका बन्द भएपछि भएको उनीहरुले बताएका थिए । दुवै देशका मानिस एक अर्काको बजारमा आश्रित छन्, रोटीबेटीको सम्बन्ध छ, नातागोता छ, विहेबारी छ धार्मिक पर्यटनका कुरा छन् । दुवै देशका नागरिक यतिबेला तड्पीएर बसेका छन् । कहिले नाका खुल्ला भनेर प्रतीक्षा गरेर बसेका छन् । उताका मानिसहरु पशुपतिनाथ, बराहक्षेत्र, दन्तकाली, पिण्डेश्वरको दर्शन गर्न लालायित छन् भने नेपालका मानिस पनि बोलबम, पितृश्राद्ध गर्न गया जान नपाएर छट्टपटाएका छन् । अब यो स्थिति धेरै दिन रहन दिन नहुनेमा जोड दिँदै उहाँहरुले दुवै पक्षले सम्बन्धित निकायको ध्यानाकर्षण गराई चाँडै बोर्डर खुालाउनुपर्ने बताउनुभयो ।
विचार गोष्ठीमा इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, उपप्रमुख जमुना पोख्रेल, संघका निवर्तमान अध्यक्ष हिमाल पोख्रेल, बरिष्ठ अधिक्ता रामप्रसाद घिमिरे, समाजसेवी एवम् व्यवसायी छगन शर्मा, नितिष पोख्रेलले अनुमण्डलीय जनचेतना समितिका पदाधिकारीको भनाइको स्वागत गर्दै कोरोना महामारीको अवस्थामा समेत भारत सरकारले नेपाललाई स्वास्थ्य सामाग्री, औषधि, भ्याक्सिन लगायतका कुराहरुमा सहयोग पु¥याएकोप्रति धन्यवाद दिनु भएको थियो । संघका अध्यक्ष सन्तोषकुमार देवको अध्यक्षतामा सम्पन्न विचार गोष्ठी सचिव गिरिराज अटलले सञ्चालन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया