पेन्सन वितरण कार्यलयमा झण्डोत्तोलनसँगै बीर सैनिकप्रति श्रद्धाशुमन

धरान÷भारतको ७५ औं स्वतन्त्रता दिवस भारतीय राजदूताबास पेन्सन वितरण कार्यालय धरानमा समेत मनाइएको छ ।
प्रतिकूल मौसम अर्थात धरानमा रातिदेखि नै परेको अविरल बर्षा र कोरोना भाइरसको प्रतिकूल अवस्थाका बीचमा पेन्सन वितरण कार्यालय धरानमा स्वतन्त्रता दिवस मनाइएको हो ।


पेन्सन वितरण कार्यालय धरानका प्रभारी अधिकारी मेजर अभिषेक सिंहले कार्यालय परिषरमा रहेको राष्ट्रिय झण्डाको झण्डोत्तलन गर्दे बीर सैनिकहरुको स्मारकमा पुष्पहार अर्पण गर्दै श्रद्धाशुमन अर्पण गर्नुभएको थियो । विगतका बर्षहरुमा धरानका स्थानीय बुद्धिजीवि, उद्योगी, व्यवसायी, समाजसेवी, विभिन्न संघ संस्थामा आवद्ध समाजसेवी, प्रहरी अधिकृतहरुको उल्लेखनीय मात्रामा उपस्थिति रहने गरेको थियो । तर कारोना भाइरसको विश्वव्यापी संक्रमणका कारण यस पटक पेन्सन वितरण कार्यालयमा कार्यरत कर्मचारी तथा पदाधिकारीहरुको उपस्थितिमा ७५ औं स्वतन्त्रता दिवस मनाइएको थियो ।

तपाईको प्रतिक्रिया