बर्षौपिच्छे अनुगमन : मासुको गुणस्तरीयतामा भने सुधार भएन

धरान÷ दशै नजिकिदै जादा धरान उपमहानगरपालिकाका अनुगमन समितिले अनुगमनलाई तिब्रता दिने गरेको छ । दशै नजिकिदै गएपछि बर्षेपिच्छे यो समितिले अनुगमभन गर्ने गरेको छ । समितिले आइतबार र सोमबार पनि धरानका मासु पसलहरुमा अनुगमन ग¥यो । तर बर्षैपिच्छे गर्ने गरेको मौसमी अनुगमनले सुधारको पाटो भने नगन्य रहेको छ । धरानमा दुई दिन
गरेको अनुगमनका क्रममा पनि विगतकै जस्तो केही मासु पसल पसल व्यवस्थित भएको पाइएको थियो भने धेरैजसो मासु पसल मापदण्ड विपरीत सञ्चालन गरेको पाइएको थियो ।
प्रत्येक बर्ष धरानमा सञ्चालनमा रहेका मासु पसलमा अनुगमन गर्दा अधिकांशले मासु पसल खाटमा राखेर विक्री गर्ने गरेको, फ्रिजको प्रयोग नगरिएको, मासुमा भनभनी झिंगा भन्नेको तथा मापदण्ड अनुसारको बद्शाला नभएको पाइएको थियो ।


उपमहानगरपालिकाले उपमेयरको संयोजकत्वमा गठन गरेको यो अनुगमन समितिले धरानका अधिकांश व्यवसायिक फर्महरुमा गर्दा यस्तो पाइएको हो । दशै नजिकिदै जादा यो समितिले सरोकारवालासँग समन्वय गरेर अनुगमन गर्ने गर्र्छ । तर जतिपटक अनुगमन गरे पनि मासुको गुणस्तरीयतामा भने कहिल्यै सुधार आएको पाइदैन । मासु पसल सञ्चालनमा एकआद्य व्यवस्थिति र मापदण्ड अनुरुप सञ्चालन भएपनि अधिकांश पसलमा व्यवस्थित बधशाला, पशुको स्वास्थ्य चेकचाज गर्ने पशु चिकित्सक, फ्रिज नराखी बेच्ने गरेको पाइए पनि व्यवसायी भने विगतको भन्दा सुधार भएको दाबी गर्छन् । धरान मासु व्यवसायी संघका अध्यक्ष मदन तामाङदृले विगतमा भन्दा केही सुधार भएको पाइएको बताउनुभयो ।
हुन त मासु व्यवसायी संघले तीन बर्ष अगाडि धरानमा पत्रकार सम्मेलन नै गरेर धरानमा सञ्चालनमा रहेका मासु पसललाई प्रक्रियागत रुपमा मापदण्डमा ल्याउन पहल गरिने बताएका थिए । उनीहरुले त्यसबेला मासु व्यवसायीहरुलाई एकै ठाउमा राखेर सचेतना कार्यक्रम समेत गरे । तर जति पटक अनुगमन ग¥यो त्यतिपटक अवस्था उस्तै देखिएको छ ।
अनुगमनका क्रममा सुधार्न अनुरोध गर्दा मासु पसल सञ्चालकहरुले भने आर्थिक अभावका कारण सुधार्न नसकिएको बताएका थिए । उनीहरुले उपमहानगरपालिकाले व्यवसायका लागि अनुदानको रुपमा सहयोग गरिदिए व्यवस्थित गर्न सकिने बताउदै आएका छन् ।
खासगरी पशु बद गर्ने वित्तिकै फ्रिजिङ्ग नगरी प्रयोग गरिएको मासु प्रयोग गर्नु स्वाथ्यका लाग हानिकारक भएको पशु चिकित्सकहरु बताउछन् । त्यसमाथि पनि विना सीसा खुल्ला स्थानमा त्यसमा पनि फ्रिजिङ्ग नगरी विक्री वितरण गरिएको मासु खान योग्य नहुने धरान उपमहानगरपालिकाका पशु सेवा शाखका पशु चिकित्क डा.विर्खराज राईले बताउनुभयो । उहाले अनुगमन गरिएका मासु पसलमा खुल्ला स्थान, झिंगा भन्किरहेको, विक्री गर्नेल एप्रोन, माक्स, पञ्जा नलगाएको पाइएका बताउनुभयो ।
अनुगमनकी संयोजक एवम् उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुवेदीले अनुगमनका क्रममा मासु पसलहरु व्यवस्थित रुपमा सञ्चालन नभएका कारण यसलाई क्रमिक रुपमा सुधार्दै जाने बताउनुभयो । तर स्थानीयहरुले समय समयमा अनुगमन भएपनि सुधार भने कहिल्यै नभएको बताउने गरेका छन् । धरान १५ पिण्डेश्वर चौकमा आफूले थाहा पाएदेखि मासुको पसल सञ्चालन गर्नेहरुले खुल्ला स्थानमा बद् गर्ने र प्रिजिङ नगरी खुल्ला राख्दा झिंगा भनभनी भन्नेको दृश्य बाटो हिड्दा देख्ने गरेको बताएका छन् । उनीहरुले पटक पटक यस विषयमा सम्बन्धित निकायलाई ध्यानकर्षण गराउदा पनि वेवास्ता गरेको बताएका छन् ।
अनुगमन समितिले जतिपटक अनुगमन गरे पनि अवस्था भने जस्ताकोतस्तै पाइन्छ । सुधारको पक्षलाई ध्यानमा राखेर अनुगमन गरिएको हो भने अनुगमनपछि पनि व्यवस्थित बनाउने कार्यमा यो समिति निरन्तर लाग्नुपर्ने हो । तर अनुगमनपश्चात कानमा तेल हालेर यो समिति बस्न गरेको छ । यस्तो अनुगगमनले उपभोक्ताले कहिले धरानमा गुणस्तरीय मासु प्रयोग गर्न पाउलान्, विश्वास गर्ने ठाउ नै छैन ।
त्र

तपाईको प्रतिक्रिया