ओभरसाइड मेकानिजमको बैठक सम्पन्न

राजधानी÷नेपाल र भारतले नवौं परियोजना अनुगमन समिति (ओभर साइड मेकानिजम) को बैठक सोमबार काठमाण्डौमा आयोजना गरेका छन् ।
भारतीय राजदूतावास काठमाण्डौले एक विज्ञप्ती प्रकाशित गरी ओभर साइड मेकानिजमको बैठक सम्पन्न भएको जनाएको हो । उक्त बैठकमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र नेपाल सरकारका परराष्ट्र सचिव भरतराज पौड्यालको सह अध्यक्षतामा सम्पन्न भएको थियो ।
नेपालमा भारतको सहयोगमा सञ्चालित विभिन्न परियोजना तथा पहलहरुको प्रगति अनुगमन गर्ने हेतुले सन् २०१६ मा स्थापना गरिएको सो समितिको बैठकमा नेपालका विभिन्न मन्त्रालय, विभाग र नेपाल सरकारका अन्य सरकोकारवाला निकायहरुका प्रतिनिधि, भारतीय राजदूतावासका अधिकारी र परियोजनाको कार्यान्वयनमा संलग्न परामर्शदाता, ठेकेदर (निर्माण व्यवसायी) र अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।


बैठकले २०७७ साल भाद्र १ गतेसम्म सम्पन्न भएका आठौ बैठक यता गरिएका द्विपक्षीय सहकार्य परियोजनाहरुको विस्तृत रुपमा समीक्षा गरेको थियो । दुवै पक्षले परियोजनाहरुका विषयमा छलफल गर्नुका साथै ती परियोजनाको कार्यान्वयन प्रक्रियालाई तिब्रता दिने कुरामा सहमत भएका थिए । कोभिड महामारीले निम्त्याएको अनेकौ अवरोधका बाबजुद पनि पछिल्लो एक बर्षमा विभिन्न विकास परियोजनामा भएका प्रगतिहरुका बारेमा दुवै सह अध्यक्षले वैठकमा जानकारी गराउनु भएको थियो । यसले दुई राष्ट्रबीचको द्विपक्षीय साझेदारी शक्ति र प्रतिबद्धता, दुवै पक्षले एकअर्कालाई गर्ने सहयोग, सहजीकरण गर्न देखाएको तदारुकतालाई स्पष्ट रुपमा झल्काएको छ ।
विज्ञप्तीमा भनिएको छ बैठकमा विशेष गरी गोरखा र नुवाकोट जिल्लामा हाल निर्माणाधीन अवस्थामा रहेका तर छिट्टै निर्माण सम्पन्न हुन लागेका आवासको पुननिर्माण कार्यमा भइरहेको प्रगति, नेपालको तराई क्षेत्रमा निमाण सम्पन्न भएका १३ वटा सडकहरु, भारत सरकारको सहुलियतपूर्ण ऋण अन्तर्गत सञ्चालित सडक, प्रशारणलाइन परियोजनाहरु र अरुण तेस्रो परियोजनामा भइरेको सन्तोषजनक प्रगति, नेपालगञ्जमा शुरु भएको एकीकृत जाँच चौकीको निर्माणका सम्बन्धमा बैठकमा चर्चा गरिएको थियो । यसैगरी परियोजनाहरुसँग सम्बन्धित विविध समस्याहरुको निराकरण गर्न, परियोजना कार्यान्वयनलाई सहयोग पु¥याउन दुवै देशले नियमित समन्वय मार्फत ओभरसाइड मेकानिजमका निर्णयहरुमा अनुगमन गर्ने कुरामा सहमत भएका थिए । यसका अलावा भारतले नेपाललाई उपलब्ध
गराएको औषधि, चिकित्सकीय उपकरण, वेड, आइसियु, भेन्टिलेर र खोप लगायतका कोडिभ १९ सँग सम्बन्धित सहकार्यको दुवै पक्षले बैठकमा सह्राना गरेका थिए । दुवै सह अध्यक्षले ओभर साइड मेकानिजमको अर्काे बैठक दुवै पक्षलाई सहज हुने समयमा आयोजना गर्ने पनि सहमत भएका छन् ।

तपाईको प्रतिक्रिया