धरान÷ अहिले हरेक खानेकुरामा विषादीको प्रयोग बढ्न थालेको छ । यसैलाई मध्यनजर गरी धरानको कृषि उपज बजारले चाडै नै विषादी मापन प्रयोगशाला निर्माण गरी विषादीमुक्त फलफूल तरकारी बजारमा ल्याउने तयारीमा रहेको भएको छ ।
बजारमा छ्यास्छ्यास्ती विषादिरहित सागसब्जी तथा फलफूल विक्री वितरण हुदा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकोले अर्गानिक सब्जी तथा फलफूल
बजारबाट विक्री गर्ने उद्देश्यले विषादी मापन प्रयोगशाला बजारमा ल्याउन लागिएको कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टरा्ई बताउनुहुन्छ् ।
प्रदेश सरकार र स्थानीय सरकारको सहयोगमा यो बजारा विषादीषक तथा व्यापारीले ल्याएको सागसब्जी तथा फलफूल समयमै विक्री नहुदा कुहिएर जाने, लामो समयसम्म राख्न नसकिने, सामान विग्रिन थालेपछि सस्तोमै बेच्नुपर्ने लगायतका समस्या कृषि बजारले चिस्यान केन्द्र निर्माण गरेपछि हटेर गएको छ । अहिले कृषि बजारले प्रदेश सरकार र आफ्नै साझेदारीमा २ सय मेट्रिक टन क्षमताको कोल्डरुम निर्माण गरेको व्यवस्थापक भट्टराई बताउनुहुन्छ ।

यस्तै विगतमा कृषि बजारमा आउने व्यापारी तथा कृषकका लागि बस्ने, सुत्ने, शौचालय तथा विक्री नभएको सामाग्री स्टक राख्ने ठाउ नहुदा व्यापारी तथा कृषकलाई समस्या थियो । अहिले उनीहरु निर्धक्कसंग यो बजारमा १५ दिनसम्म आफ्नो सामान राखेर बेच्न सक्ने उहा बताउनुहुन्छ ।
पूर्वकैमात्र हैन नेपालकै उत्ृकृष्ट कृषि बजारको रुपमा परिचित धरान १३ मा रहेको कृषि बजारमा स्थापना भएदेखि व्यापारी तथा कृषकका लाग नै नया नया सेवा सुविधा थपिदै गएको छ । जसले गर्दा यो बजार सातौ पटकसम्म नेपालकै उत्कृष्ट बजार समेत बनिसकेको छ । विशेषत कृषकको सुविधालाई लक्षित गरी सञ्चालन भएको यो बजारमा दिनहु सब्जी तथा फलफूलको कारोबार हुन गरेको छ भने साप्ताहिक रुपमा पशुहाट समेत लाग्ने गरेको छ ।
यो बजारमा पूर्वी पहाडी जिल्ला सखुवासभा, ताप्लेजुङm तेह्रथुम, धनकुटा, भोजपुर लगायत स्थानका कृषकहरुले आफूले उत्पादन गरेको कृषि सामाग्री विक्रीका लागि किसानले ल्याउने गरेका छन् भने यहाबाट नेपाल लगायत भारत, बंगलादेशसम्म कृषि समाग्री निर्यात हुने गरेको छ ।
