मोरङ÷मोरङ मिक्लाजुङ गाउँपालिका ३ स्थित सुन्दरी चौक स्थितबाट प्रतिबन्धित औषधी सहित दुई जनालाई पक्राउ
गरिएको छ ।

पक्राउ पर्नेमा मिक्लाजुङ गाउ“पालिका ४ का २१ बर्षीय बिदुर राई र उर्लाबारी नगरपालिका ३ का २२ बर्षीय विक्रान्त अधिकारी रहेका छन् । हिजो बेलुका ७ बजे ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई प्रतिबन्धित औषधी त्चबmबमय िऋबउकगभि –२८८२ र क्उबक उबष्ल त्बदभित – २९२० सहित पक्राउ गरेको हो । पक्राउ परेका उपर थप अनुसन्धान भइरहेको छ ।
