एमाले बस्नुको औचित्य छैन रे
झालेमालेका महाकुलंगार नेताले अबचाहिँ हरेस खाएछन् । जोरीपारिको खेतालो बन्ने अनि घरको अंश चाहियो भन्दै डुक्रने माकुनेले अस्तिका दिन भन्या अब एमालेमा बस्नुको औचित्य छैन रे । तिनको बुद्धि भ्रष्टचाहिँ मुनको गहुँत नियमित रसपान गर्नुले नै भा’ हो । होचा होचा गाँठीका पुतली जुँगे माकुनेलाई घरभित्र हुल्न खप्रओले ठूलै प्रयास गरे । कति गर्दा नि पार लागेन । जति फकायो त्यति नै तिनमा सनक बढ्दै गयो । अलिकति कुरा मिल्ला मिल्ला जस्तो हुन्छ खरानी दलका आजीवन अध्येक्षे प्रचण्डाउ कोटेश्वर पुगेर माकुनेलाई तेल लगाउँदै कानमा फुसुर फुसुर गरिहाल्छन् । प्रचण्डाउको फुसुर फुसुर सुनेपछि माकुन्याउ जरोकिलो भाँचुला झै गरेर उफ्रिहाल्छन् । खपओले नि हिजो आज तिन्लाई वाल मतलब गर्न थालेछन् ।
भीरबाट लडने गोरुलाई राम राम पो भन्न सकिन्छ त काँधै थाप्न त सकिँदैन । हम तो डुबे सनम तेरेको भी साथ लेकर । माकुने आफू त सिद्धिए सिद्धिए आफ्नो पछि लाग्नेहरुलई पनि डुबाउने भए ।
दिउ“सै सपना देख्न थालेछन्
आँची गर्ने भन्नेलाई भन्दा पनि देख्नेलाई लाज । अब हेरक न माउवादी केन्द्रका अध्येक्षे प्रचण्डाउले भन्या आगामी चुनाउमा माउवादी प्रमुख शक्ति बन्छ रे । विचराले दिउँसै सपना देख्न थालेछन् । यस भन्दा अघिको निर्वाचनमा विचरालाई रातारात मतगणना रोकेर बाकस साटेर जिताएको कति चाँडो बिसिए होला ? अरुलाई भिडाउने, लडाउने, अरुका घर खरानी बनाउने प्रचण्डाउले सपना देख्नु
राम्रै हो । अब तिन्ले सपनै मात्र देख्ने हुन । न संगठन छ न कार्जेकर्ता छन् जे छन् सबै नेतैमात्र छन । संगठन बिना प्रमुख शक्ति कसरी बन्ला ? हुन त ठग उपवास बस्दैन भन्छन् । निर्वाचनमा माकुने, काँग्रेसको बुई चढम्ला भनेर त्यस्तो सपना देख्या होलान् । कि कसो हौ ?
सरकारले सु गर्न थालेछ

सरकारमा भेला भएकाहरुले कुलमानलाई विद्युत प्राधिकरणमा ल्याएर पुण्य काम ग¥यो । यसले सरकालाई वैतरणी तर्न अलिकति सघाएको छ । कुलमानले प्राधिकरणलाई सुपर उपर बनाए । चुहावट रोके, नाफामा पु¥याए । झ्याप्प झ्याप्प आँखा झिक्याइरहने विजुलीको आँखा सिधा बनाए । जन्ताले नि कुलमामान कि कुलमान भनेर चिच्याए । यसलाई त राम्रै मान्नुपर्छ तर त्यो अख्तियारमा प्रेम सञ्जेललाई ल्याउन चाहिँ सरकारले किन काप्दै सु ग¥या होला ? प्रेम सञ्जेललाइ थपक्क अख्तियारमा लैजानु पर्दैन ? सञ्जेल अख्तियार छिरे भने भ्रष्टहरुका, माफियाहरुका अपानवायु बन्द हुने भएकैले सञ्जेललाई अख्तियारमा लैजान सरकार चाहँदैन । वात करता है ।
ढा“डमा टेकेर टाउकोमा बजाए रे
सत्ताबाट खुस्किएर सडकमा आइपुगेका पर्देश न. ५ का मुखन्तरी शंकर पोखरेलले अस्तिका दिन खास्साको कुरा गरेछन् । कहिलेकाहीँ त दंगाली बाजे रामै गफ गर्छन् केन्द्रमा खप्रओ बाल्वाटारबाट बाल्कोटको बार्दलीमा पुग्नु र पोख्रेल बाजे सडकमा आउनु सामान्ये कुरा हुँदै होइन । प्रचण्डाउलाई िवचराहरुले भर्खरै चिनेछन् । उन्ले त पहिलादेखि नै भन्दै आका हुने ढाँडमा टेकेर टाउकामा हान्छम् भनेर । अहिले पचण्डाउले माकुनेको ढाँडमा टेकेर शंकर पोख्रेल, पृथ्वी सुब्बा गुरुङ हुदै खप्रओलाई नि बजाए । अब फेरि माकुन्यउको टाउकोमा टेकेर पर्देश नं. १ का के जति धन राई, वागमति पर्देशका के जति पौड्याललाई बजाउने तानावान बुन्दैछन् । आखिरी माकुन्याउको ढाँडको प्रचण्डाउले राम्रै सदुपयोग गरेछन् ।
मनिषा इन्ट्री गर्ने रे
बलिउडमा कम्मर मर्काउँदा मर्काउँदा गलेर लखतरान परेकी मनिषा कोइला राजनीतमा इन्ट्री गर्ने रे । धर्म निरपेक्षता र हिन्दु राष्ट्रको माग गर्दै उनी राजनीतमा आउने रे । नेपालको राजनीति विचरी नटुलाई के थाहा ? यहाँ त हिन्दु धर्म बेचेर नेता भा’छन्, आफ्ना आसेपासेलाई भाग शान्ति गर्न संघीयता लादेका छन् । यस कुराको विरोध त गर्नु हुँदैन ।
अरिंगाल झै खनिएपछि तिन्ले बल्ल मेलो पाउँछिन् । यहाँ त धर्म निरपेक्षताले, संघीयताले कैयौलाई रोजगारी दया छ, घरबार जोड्या छन्, गाडी घोडाको बन्दोबस्त ग¥या छन् । सानो शान छ त धर्म निरपेक्षता र संघीयताका ठकेदारहरुको ? यस्तो वैभव कसैले त्यसै चटक्क छोड्न होला त ? बरु अरु अरु नै नारा लिएर आए वेश है । हुन त घण्टाघरको सुझाउ मात्र हो माने तिम्रै भलाई होला । नमाने घण्टघरलाई लुतो न कन्याई ।
चुनावसम्मै गठबन्धन बनाउ“ है
अर्काको घरमा आगो लगाएर सकडमा छमछम्ती नाच्ने प्रचण्डाउले अस्तिका दिन भन्या सरकारमा मात्र गठनबन्धन होइन चुनाउँमा पनि गठबन्धन गर्नु पर्छ भनेर नेप्लिज लाँग्रेससँग प्रस्ताव गरेछन् । यस भन्दा अगाडि वल्खुबाट भगाएर पेरिस डाँडामा पु¥याएर सिन्दुर पोते गरेका महाकुलंघकार नेता माकुन्याउ, उपिन्द्र जादवसँग तामझामका साथ गठबन्धन गरिसक्या प्रचण्डाउले काँग्रेसलाई पनि मुर्गा बनाउन खोज्दैछन् । सडेका,, सिद्धिएकाहरुसँग गठबन्धन बनाए नि प्रचण्डाउ ढुक्क हुन सक्या छैनन् । काँग्रेससँग गबन्धन गर्न पाए आरामसँग उत्तानो परेर सुतुम्ला भन्ने सोच्या होलान् । तर उनको योजना मनको डलडु घ्यूसँग खानु मात्र हुने छ ।
कुलमान घिसिङ फटाहा
बिजुलीका विज्ञ कुलमान घिसिङलाई आजसम्म कसैले फटाहा भन्न सक्या थिएनन् । तर रेलै नचलाई बसी बसी डकारेर बस्ने साइबर सेनाका मुखियाले कुलमानलाई फटाहा भनेछन् । मूर्खहरुलाई बेकुब बनाएर हिरो भन्ने फटाहा हुन रे कुलमान । जसलाई जेसुकै हिरो बनाएर भएपनि हिरो त बनेकै हुन् । त्यसै हिसो बनिन्छ ? तिन्ले नि कुमानलेझै मूर्खहरुलाई बेकुव बनाएर रेल चलाइद्या भए हिरो भन्ने थिए । खप्रओले द्या माया गरेर रेल विभागका महार्निेशका बनेका यतिका दिन तिन्ले के चाहिँ लछारपाटो लगाए त ? थुनुतो छ भन्दैमा प्वाक्क प्वाक्क बोल्नु त भएन नि †
अन्तेमा
नेपालले उत्पादन गरेको मास्क हिजोआज विक्नै छाड्या छ । विकोस पनि कसरी ? अरु देशबाट ल्याइएका माक्स भन्दा अचाक्ली महँगो भएपछि । त्यत्रो ढुवानी गरेर बारिबाट ल्याइएका मास्कहरुचाहिँ सस्तो हुने यही बनाइएका मास्कहरुचाहिँ महँगो हुने ? हैन हौ नेपालका व्यापारीले सर्वाधारणको ढाड पनि किन यति साह«ो सेकेको हँ ? त्यसै रातारता करोडपति बन्या हैन रै’छन् । खाँदा पनि यसो पच्ने गरी खानु नि । हांग्राले पाँग्रा खाएजस्तै खाएपछि पखाला त लागि हाल्छ । अहिले नेपली मास्क बनाउनेहरु आयात बन्द गर्दिनु प¥यो भनेर सरकारलाई गुहार्दै छन् । वेसरम गतिछाडाहरु ।
