घण्टाघरबाट हेर्दा

माकुन्याउलाई ठूलो भाग चाहियो
लाल गद्धार, महाकुलंघार नेता, पुतलीजुँगे आच्या माकुनेलाई ठूलो भाग चाहियो रे । हुन त गणे नेताहलाई सित्तिमिति माने सानो भागले चित्त बुझ्ने कुरा पनि आउँदैन । त्यसमाथि माकुने र न परे । आफ्नै घरमा आगो झोसेर केही छाउरा छाउरी सहित प्रचण्डाउको पछि लागेर हिँडया माकुन्याउलाई आफ्नो घरमा फर्कन ठूलो भाग चाहिया रे । उनले आफ्ना छाउरा छउरीमार्फत खप्रओकै हैसियत दिए मात्र फर्कन चिठ्ठी पठाएछन् । कहाँ राजा राम कहाँ गंगुतेली । खप्रओको जस्तो हैसियत पनि त बनाउनु प¥यो नि † मलाई खप्रओ जतिकै हैसियतको अध्यक्षे दिए मात्र झालेमालेमा फर्कन्छु भनेर भुइँमा खुट्टा बजोर हुन्छ ? भोलि अरुले नि खुट्टा बजार्लान् । हुन त माकुन्याउको स्वाभावै सित्तीमा खाने हो । चुनाउबाट आउँ भने कसैले पनि पत्याउँदैनन्, पद नभै भा’छैन । दोस्रो दर्जाको अध्येक्षे खाउ न त भन्या मान्दैनन् । पहिलो अध्येक्षे नै चाहियो रे । मुखमा सोर्तादिनु जस्तो ।
बाउराम कामीको विदण्डता
बाउराम कामीको आइडियालाई चै सलाम गर्नुपर्छ । गुमनाम से अच्छा बद्नाम ठीक त्यसै भन्या होइन । कसैले नि पत्याउन छाडेपछि यिन्ले आजकल चर्चामा आउन नयाँ नयाँ आइडिया लगाउन थाल्या छन् । कहिले छोरीले बोकेको पेटको फोटो खिचेर फेसबुकमा पोष्ट्याउँछन्, कहिले हिन्दु धर्ममाथि ताइ त तुइँले खनिन्छन्, कहिले उपिन्दर जादवको धोती अँठ्याएर बुर्कुसी मारेर दौडन्छन् । आखिरी डाक्टर न परे । नयाँ नयाँ अनुसन्धान गरिरहन्छन् । आफनो एक सिट भँजाएर अरुमाथि घोडा चढ्न खोज्छन् । तिन्को उदण्डता देखेर अब त तिन्लाई गाली गर्नेहरु पनि थाकिसकेका छन् । गुहुलाई चलायो आफ्नै नाकमा गन्ध ।
लाज सरम भए पो
नेपालका गणे नेताहरुmे अब आफ्नो मुखमा आफै कालो पोतेर हिडे भयो । कमसेकम तिन्का अनुहार देखेर अरुलाई कुरीकुरी त लाग्दैन । अब हेरम न भुटानजस्तो सानो र ६ लाख जनसंख्या भएको देशले समेत नेपाललाई तीनलाख डोज कोरोना भ्याक्सिन अनुदानमा दिने घोषणा गरेछ । थुइक्क गणे पानी मरुवा नेताहरुको । देश बनामछम भनेर अब कुन थुतुनाले फलाक्छौं ? हुन त भिखारीलाई भीख लिन के को लाज ? जोसुकैले भीख देओस् तिन्को काम थाप्नु मात्र हो । आलिशान महलमा बस्ने, करोडौको गाडी चढ्ने, लंगडो शान देखाउन दर्जनौ सुरक्षाकर्मी अघि पछि लगाएर हिँड्ने, सपिङ्ग गर्न सिंगापुर पुग्ने, उपचार गर्न उल्फाको धन बोकेर अमेरिका पुग्ने तर भीख माग्न कुनै लाज नमान्ने । हाम्रा गणे नेताहरु जिन्दाबाद ।
उद्घाटन गर्न तयार छु
नेप्लिज लाँग्रेसका मुखिया स्यालबहादुरले अस्तिका दिन राम्रैसँग फुइँ हानेछन् । बोली प्रष्ट नबुझिए नि स्यालबहादुरले आफू भदौ १६ गते नै लाँग्रेसको १४ औं महाधिवशेन उद्घाटन गर्ने पक्षेमा रहेको भन्दिएछन् । मुखमे राम राम बगलीमे छुरा भन्या यही हो । फेरि अध्येक्षे पड्काउन पाइएला कि नपाइएला बरु घसार्दै घसार्दै लैजाने मनस्थितिमा भा’का स्यालबहादुरको कुरा कार्जेकर्ताले कत्तिको पत्याए कुन्नि † स्यालबहादुरलाई महाधिवेशन चाहिएकै छैन । चाहिनेहरु पनि अधिवेशनमा गए, पछारिने डरले शुरुवाल तुक्र्याएर बस्या छन् । बरु सित्तिमा स्यालबहादुरले पद दिए हुन्थ्यो भनेर उनेरु तानावाना बुन्न लाग्या छन् । जे होस् स्यालबहादुर उद्घाटन गर्नचाहिँ तयार छन् ।
माकुनेको भ्यागुते तस्बिर

यतिबेला माकुनेको भ्यागुते तस्विरले सामाजिक सञ्जालमा तहल्का मच्चाएको छ । सूर्य थापा भन्ने नटवरलालले माकुनकेो भ्यागुते फोटो पोष्ट्याएछन् । क्या गजबको भ्यगुते फोटो । मान्नैपर्छ सुई थापालाई । स्वभाव अनुसारको माकुनको फोटो । माकुने कहिले बुरुक्क कान्लामा उफ्रिएर प्रचण्डाउको काँधमा गएर बस्छन्, कहिले बरुक्क उफ्रिएर बुढानिलकण्ठ पुगेर स्यालबहादुरको काँधमा बस्छन् । कहिले बुरुक्क उफ्रिएर सडकमा गएर बस्छन् । उफ्रिएर जोरीपारिको काँधमा बस्दा माकुनेलाई ऐस्वर्य आनन्द आउछ । आफ्नो घरमा पुग्दाचाहिँ तिनले जहिल्यै बर्षा लागेझै ट्वार्रट्वार्र गरेर अरुलाई झर्कै लगाउँछन् । भ्यागुते फोटोमा थापाले अब माकुनेलाई देउवा प्रचण्डकै सहयोगी बन्न दिऔ, धेरै ल्याङ्गल्याङ्ग नगरौ भन्या रै’छन् । कुरो त सोह«ैआना जायज लाग्यो ।
झाक्रीको वेहाल
अरु विरामी हुँदा झारफुक गर्ने झाक्री यतिबेला आफै बर्बराउन थालेकी छन् । तिन्लाई असाध्यै रोग लागेछ कि क्या हो ? लाग्न पनि सक्छ । आखिरी झाँक्रीको पनि ज्यानै त हो नि । महा कुलंघार नेताको पछि लागेर मन्त्री पड्काउँला भनेर रातदिन सडक, गल्लि, चौक जताततै ढ्यांग्रो ठटाएर हिँड्या भए पनि खाने बेलामा उही गुएँलाको फूल । देउवाको सरकारमा जाम्ला, मन्त्री पड्काउला, दुवै हातले सोहोरसार गरमला भन्या त लास्टाँ माकुन्याउले नै छिर्के लग उने जोखना देखेपछि झाँक्रीको कन्पारो किन नतातियोस् त ? न वल्लो घाट न पल्लोतिरको ।
गनगने थापा चिल्लै
गनगने थापा आच्या गगन थापा अन्तत ः चिल्लै हुने भएका छन् । काँग्रेस नेतृत्वमा सरकार बनेसी मन्त्री पड्काउला, गोडापन्द्रेक महिनामा रामै्रै बन्दोबस्त गरौला भनेर ढुकेर बस्या गनगने थापाका भागाँ अन्तेमा हातालागी जीरो हुने भएको छ । झापाली कुमाईलाई आफ्नो अराध्येदेव मानेर काँग्रेसभिको राजनीति खेति गर्दै आएका गनगने अस्तिका दिनसम्म मन्तरी बन्ने पक्का जस्तै थियो । तर रात रहे अग्राठ पलाए भनेझै असत्ति सिटौलाले थापाको नाम च्वाट्टै उधिनेर उमाकान्त चौधरीलाई पठाउने निर्णय गरेछन् । हुन त सिटौलाको भागमा स्यालबहादुरले एउटामात्र मन्त्रीको कोटा द्या थे । गनगनेले अलि ज्यादै गनगन गरेपछि उन्ले नाम गायव पार्देछन् । यसपालि मन्त्री बन्ने लाइनमा गनगने थापाको नि चान्स ।
अन्तेमा
पाल्वाटारबाट उछिटिएर बालकोटको बार्दलीमा पुगेका झालेमाले अध्येक्षे खप्रओले अस्तिका दिन अलि कडै बोलेछन् । तित्राको थुतुनो जस्तो थुतुनो चल्ने तिन्लाई बोल्न त कस्ले भ्याउने ? तै बरु तै अस्तिका दिनचाहिँ वाले अलि कडै दिएछन् । माकुन्याउ जस्ता देशद्रोहीलाई पार्टीमा कुनै ठाम नै छैन भन्दिए । लौ ज्या अब माकुने के गर्लान् ? पुरानो घरमा फर्कन अनेकौ बहाना खजिरहेका माकुने अब चाउरिएरै सिद्धिने भए, काइला बाले भन्या ।

तपाईको प्रतिक्रिया