कर्मचारीमा कोरोना : सेवा बन्द

धरान÷इटहरी उपहानगरपालिका र वडामा कार्यरत अधिकांश कर्मचारीहरुमा कोरोना संक्रमण पोजेटिव देखिएपछि उपमहानगरपालिकाले अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरु बन्द गरेको छ ।
उपमहानगरपालिकाले सोमबार एक सूचना प्रकाशित गरी साउन १८ गते सम्म नगरपालिकाको कार्यालय, वडा कार्यालयहरुबाट आन्तरिक कार्य तथा अत्यावश्यक सेवाहरु, अस्पताल तथा स्वास्थ्य सेवाहरु, एम्बुलेन्स सेवा, सरसफाई तथा फोहोर मैला व्यवस्थापन सेवा, दमकल सेवा, भेटनरी सेवा बाहेकका अन्य सेवाहरु बन्द रहने जनाइएको हो ।


इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद सुवेदीले हस्ताक्षर गरेको सूचनामा भनिएको छ देशैभरि महामारीका रुपमा फैलिएको नयाँ भेरिएन्ट सहित कोभिड १९ को संक्रमण पछिल्ला दिनमा इटहरी उपमहानगर क्षेत्रभित्र फैलिएको र जोखिम कायमै रहेकोले पनि अत्यावश्यक सेवाहरु बाहेक अन्य सेवाहरु बन्द गर्नुपरेको हो ।

तपाईको प्रतिक्रिया