धरान÷गायन क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल श्रीकृष्ण लुइटेल (बोकेदारी) पुन ः विगतकै जस्तो रामान्टिक गीत बजारमा ल्याएका छन् ।

उनले जति जति गीतहरु सार्वजनिक गर्छन त्यति त्यति दर्शक तथा स्रोताहरु उयनको गीतबाट मनोरञ्जन लिने गर्छन् । उनले पछिल्लो समयमा ‘केराको थम्बा’ गीत समेत बजारमा ल्याएका छन् । यो गीत उनको आधिकारिक युट्युब च्यानलमार्फत गीत सार्वजनिक भइसकेको छ । उनले गीतमार्फत मनोरञ्जनका साथै सन्देश दिन खोजेको गायक लुइटेल बताउछन् । प्रतीक श्रेष्ठको छायाङ्कनमा बनेको सो गीतको भिडियोमा गायक बोकेदाह्रीका साथै केशव रायमाझी, कल्पना पाण्डे, प्रतीक श्रेष्ठ, सङ्गीता यादव, कृष्ण सुवेदी, रुविना गहतराज, भरत पोद्दारलगायतको अभिनय छ । गीतको भिडियो केशव
रायमाझीले निर्देशन तयार भएको हो ।
