धरान/एक बर्ष अगाडि आफूलाई पार्टीले उचित मुल्यांकन नगरेको भन्दै नेपाली कााग्रेस परित्याग गरी अशोक
राईको नव गठित संघीय समाजवादी पार्टीमा प्रवेश गर्नुभएका युवा नेता विनोदकुमार राई पुन: पार्टीमा प्रवेश गर्नुभएको छ ।
नेपाली कााग्रेसका सभापति एवम् प्रधानमन्त्री शुशिल कोइराला सागको छलफल पश्चात राई फागुन २९ गते नेपाली कााग्रेसको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा पुन: पार्टी प्रवेश गर्नुभएको हो ।
वि.सं. २०४६ सालको जनआन्दोलनपश्चात नेपाली कााग्रेसमा सक्रिय रहनु भएका राईले सुनसरी क्षेत्र नं. १ मा पार्टीलाई गति दिनुभएको थियो । खासगरी धरानमा बामपन्थी पकड
रहेको अवस्थामा कुनै पनि कााग्रेसका कार्यकर्ताहरु छाती खोलेर आफूलाई कााग्रेस भन्न सक्ने अवस्थामा थिएनन । उहााको सक्रियताले सुनसरी क्षेत्र नं. १मा नेपाली कााग्रेसको संगठन मतबुत बन्दै गएको हो । दुई पटक प्रत्यक्ष रुपमा सांसदमा निर्वाचन समेत लड्नु भएका राई पूर्व क्षेत्रीय अध्यक्ष समेत रहनु हुन्छ । निर्वाचित महासमिति सदस्य समेत
रहनु भएका राई पुन : पार्टीमा प्रवेश
गरे तापनि उहााको महासमिति सदस्य र सक्रिय सदस्य कायमै रहने एक केन्द्रीय सदस्यले जानकारी दिए । संघीय समाजवादी पार्टी किन छोड्नु भयो त भन्ने सवालमा राईले भन्नुभयो उक्त पार्टीले जनाकांक्षा अनुरुप काम गर्न नसक्ने मात्र हैन पार्टीको भविष्य समेत नदेखेकाले म आफ्नो पुरानो घरमा फर्किएको हुा ।
