एडिवीको १० करोडको ऋणमा बनेको बक्लौरी–पकली सडकमा एक बर्षमै मान्छे डुब्ने खाल्डा ऋणको आधाभन्दा बढी हिस्सा केन्द्रदेखि स्थानीय स्तरमा दलालको पोल्टामा, स्थानीय आक्रोसित

इटहरी/एसियाली विकास बैंकको ऋणप्रति सुनसरीको पकली–बक्लौरी २६ किमी सडकका स्थानीय बासिन्दा घृणा गर्छन् । उक्त सडक खण्डका स्थानीय बासिन्दामात्र हैन पूर्वको झापा, धनकुटा, मोरङ्ग लगायतका स्थानमा एडिवीको ऋणमा बनेका संरचनाप्रति स्थानीय बासिन्दाको घृणा र आक्रोस दुवै छ ।
यसको पछाडिको एउटै कारण हो एडिवीको ऋणमा बनेको कुनै पनि
संरचना सफल नहुनु, भएको भौतिक संरचनालाई झन लथालिंग बनाउनु र ऋणको आधाभन्दा बढी हिस्सा केन्द्रदेखि स्थानीय स्तरका दलालको खल्तीमा पुग्नु । तीन बर्ष अगाडिसम्म धुले सडक भएपनि सुनसरीको महेन्द्र राजमार्गको पकली–बक्लौरी सडक खण्डका स्थानीय बासिन्दिाको दैनिकी सहज थियो । तर एसियाली विकास बैंकको १० करोडको लागतमा २०६८/०६९ सालमा उक्त पुरानको हाइवे ग्राभेलिङ्गसागै नाममात्रको कालोपत्रे भयो त्यसले स्थानीय बासिन्दाको दैनिकी कष्टप्रद बन्दै गएको छ ।
सडक कालोपत्रे भएको एक बर्ष नपुग्दै उक्त सडकमा मान्छे डुब्ने खाल्डाहरु बनेका छन्, कालोपत्रेको नामेनिसाना हराउार्दै गउको छ । कुनै पनि सवारी साधन उक्त सडक भएर चल्न मान्दैनन् । २६ किमी सडक छिचोल्न बढीमा १५ मिनेट लानुपर्नेमा ३ घण्टा भन्दा बढी समय खर्च गर्नुपर्छ । जिल्ला प्राविधिक कार्यालय सुनसरीका प्राविधिक रामकुमार यादव भन्नुहुन्छ, केन्द्रदेखि स्थानीय स्तरका दलालहरुको कमिशन मोहकै कारण उक्त सडक निर्माण लथालिंग भएको हो । झण्डै ८० फिट चौडाको उक्त सडक ३ मिटर भन्दा बढी कालोपत्रे गर्न मिल्दैन भनेर एडिवीका एजेन्टहरुले भने । १५ सेन्टीमिटर ग्राभेल इस्टिमेट भएपनि इस्टिमेट अनुसार काम भएन । एक बर्ष नपुग्दै पिच गरिएको बाटोमा माटो पुरेर खाल्डा छोप्नु पर्ने अवस्था आएको छ , यादवले भन्नुभयो । उहााका अनुसार डब्लुबीएम गरिसकेपछि तुरुन्तै पिच गरिदिएको भए पनि यतिचााडै सडकको त्यो दुर्दशा हुने थिएन । वेश हालेर ट्यागकोट गरी पिच गर्नुपर्नेमा त्यो पनि गरिएन ।
एडिवीको १० करोडको ऋणमा मुस्किलले ५ करोड पनि उक्त सडकमा खर्च भएको छैन, यादवले भन्नुभयो । यति महत्को सडक निर्माण गर्दा जिल्ला प्राविधिक कार्यालयमा कहिल्यै सम्पर्क नराखेको पनि उहााले सुनाउनुभयो । डिष्ट, इन्डिभिज्युल र डिपिओ एसियाली विकास बैंककै निर्देशनमा अस्थायी रुपमा राखिएको थियो । डिपिओ डिष्ट्रिक प्रोजेक्ट इन्जियरमा प्रमोद साहलाई नियुक्ति
गरिएको थियो । उनले जे सिफारिस गर्थे त्यही पास हुन्थ्यो, यादवले भन्नुभयो । एडिवीले सञ्चालन गरेका सडकमात्र हैन अन्य योजनामा पनि यस्तै लापारबाही हुने गरेको हामीले सुनेका छौं उहााले भन्नुभयो । यादवका अनुसार पकली–बक्लौरी सडकको काम चार प्याकेजमा भएको थियो । जसको चारवटा कस्ट्रक्सन कम्पनी थिए । सडकमा मात्र १० करोड लगानी भएको थियो भने ३ वटा पुल, केही कल्भर्ट निर्माण गरेर झmण्डै १६
करोड जति खर्च भएको थियो, पकली–बक्लौरी सडक खडमा । तर कुनै पनि काम सन्तोष मान्न सकिने ठाउाचाहिा छैन । चारवटा प्याकेज मध्ये रोशन कस्ट्रक्सनले गरेको निर्माण यतिबेला नामोनिसान देखिदैन । अर्थात रोशन कष्ट्रक्सनले
गरेको काम सबैभन्दा बढी बिग्रेको छ ।
सडकको स्तर देखेर पकली–बक्लौरी सडक खण्डका स्थानीय बासिन्दा जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति र जिल्ला प्राविधिक कार्यालयमा गुनासो गर्दै डेलिगेशन आएको यादवले सुनाउनुभयो । यति मात्र हैन निर्माण व्यवसायी संघका पदाधिकारीहरु समेत यी निकायमा डेलिगेशन आएर गुनासो गरेका थिए । यसरी देखादेखी असफल भएको योजनामा संलग्न हुनेमाथि किन कारबाही हुादैन स्थानीय धनुक चौधरी गुनासो गर्छन् । विदेशीले जति ऋण दिएपनि थप थप थाप्ने अनि अस्वभाविक अनियमितता गरेर झन संरचना ध्वस्त गर्दा सम्बन्धित निकाय कानमा तेल हाल्नु अत्यन्तै लज्जास्पद हो । यसमा अख्तियारले किन छानबिन बढाउदैन अर्का स्थानीय सरोज वाग्लेको टिप्पणी थियो ।

तपाईको प्रतिक्रिया