भ्रष्टाचारमा शून्य सहनशीलता, सुशासन, दण्डहीनताको अन्त्य र समयमै संविधान जारी गर्ने ध्वाास पिटेर प्रधानमन्त्री भए लगत्तै नीति तथा कार्यक्रम सार्वजनिक गरेको सुशिल कोइराला यतिबेला मेडिकल माफियाको चंगुलमा नाच्न थालेका छन् ।
प्रा.डा. गोविन्द केसी जस्ता राष्ट्रभक्त, दुरदर्शी सोच, स्वार्थरहित सेवाभाव, कर्तव्य निष्ठा व्यक्ति नभइदिएको भए यतिबेलासम्म नेपालको मेडिकल क्षेत्र संसारमै निकृष्ट र बदनाम भइसक्ने थियो । मेडिकल माफयाहरुले सम्बन्धन लिन मात्र अरबौ खर्च गर्ने गरेका छन् । प्रधानमन्त्री (कुलपति) र शिक्षामन्त्री (सहकुलमन्त्री) ले चिकित्सा शास्त्र अध्ययन संस्थानलाई सम्बन्धन खुल्ला गर्नका लागि निर्देशन दिएपछि स्वच्छ छवि भएका भनिएका प्रधानमन्त्रीको अनुहारमा कालो दाग लागेको
छ ।
प्रधानमन्त्रीको निर्णय लगत्तै त्रिभुवन विश्वविद्यालयले १० दिन अगाडि आइओएमलाई पत्र लेखी Ïयाकल्टी बोर्डको पूर्ण वैठक बोलाउन निर्देशन दिएको थियो । तर आइओएमले त्रिविविको पत्रको बेवास्ता
गरेपछि पुन: दोस्रो पटक पत्र पठाएको छ । Ïयाकल्टी बोर्डले सम्बन्धन प्रस्ताव पास नगर्ने छााट देखिएपछि त्रिविवि आफैले बोर्डको अधिकार मिचेर सम्बन्धनको निर्णय गराउने घिनलाग्दो खेल खेलिरहेको छ । प्रधानमन्त्री कोइरालाले सपथ ग्रहण लगत्तै सार्वजनिक रुपमा गरेको पहिलो प्रतिवद्धता नै मेडिकल कलेजसम्बन्धी थियो । त्यसबेला प्रा.डा. गोविन्द केसी चौथो चरणको अनसनमा हुनुहुन्थ्यो । केसीसाग कोइरालाले नयाा नीति नबन्दासम्म सम्बन्धन नदिने प्रतिवद्धता गरेका थिए । एक बर्ष अगाडि गरेको प्रतिवद्धता कोइरालाले अहिले विर्सिएका छन् । त्रिभुवन विश्व विद्यालयका उपकुलपति, शिक्षाध्यक्ष, रजिष्टार शिक्षामन्त्री चित्रलेखा यादव, मेडिकल माफयाहरुलाई सम्बन्धन दिन हात धोएर लागेका थिए । यसको पछाडि करोडौको चलखेल नै हो ।
प्रधानमन्त्री कोइरालाले एमालेका मेडिकल माफिया सभासद, आफ्ना निकटका नातेदार, पार्टीभित्रैका केही माफिया नेताको प्रभावमा परेर सम्बन्धनको ढोका खोलिदिएका छन् । बनाउन नसक्नेलाई बिगार्ने नैतिक अधिकार रहादैन । मुलुकमा लागि केही गर्न नसक्ने कोइरालाले मडिकल क्षेत्र लथालिंग र पंगु बनाउदैछन् । मनमोहन मेडिकल कलेजको सम्बन्धन खुलाउन एमालेले सभासदको हस्ताक्षर संकलन गरेर प्रधानमन्त्रीलाई बुझायो । सम्बन्धन नदिए संसद नै अवरुद्ध गर्ने धम्की एमालेले दिए । यहााभन्दा निकृष्ट काम अर्को के हुन सक्छ ? के सभासदको काम सम्बन्धन दिलाउन चेतावनी दिादै हिाड्ने हो ? पहिला सम्बन्धन दिनु हुादैन भन्ने सभासद सशांक कोइराला पछिल्लो पटक सम्बन्धन दिलाउने लभिङ्ग गरिरहेका छन् । यसको पछाडि करोडौको चलखेल नै हो ।
मेडिकल कलेजलाई सम्बन्धन खुल्ला गर्ने पछिल्लो चलखेलपछि प्रा.डा. गोविन्द केसीले सरकारलाई १० दिने अल्टिमेटम दिएका छन् । उक्त अवधिभित्र सम्बन्धन प्रक्रिया बन्द नगरे अनसनमा बस्ने उनको चेतावनी छ । प्रा.डा. केसी मेडिकल कलेज सम्बन्धन लगायत चिकित्सा सुधार सम्बन्धी विभिन्न माग राखी चारपटक अनसनमा बसिसकेका छन । उनका चारैपटकको अनसनलाई मुलुकभरिका चिकित्सकले साथ दिएका थिए, एक्यवद्धता जनाउदै कैयौ दिन सेवा समेत बन्द
गरेका थिए । अब त्यो स्थिति फेरि दोहोरिने भएको छ । कोइराला स्वयम्ले यो अवस्था निम्त्याउदै छन् । प्रधानमन्त्री, त्रिभुवन विश्व विद्यालय, शिक्षा मन्त्रालय लगायत सबै निकाय यतिबेला माफियाको प्रभाव र दबाबमा परिसकेका छन् ।
