धरान÷परिवर्तनशील समाज धरानले नेपाली काँग्रेसका सस्थापक, प्रथम जननिर्वाचित प्रधानमन्त्री, समाजवादका प्रवद्र्धक महामानव बीपी कोइरालाको ३९ औ स्मृति दिवस मनाएको छ ।
बीपीको विचारलाई जनस्तरसम्म पु¥याउने उद्देश्यले धरानका अग्रज काँग्रेस र युवाहरुको सहभागितामा गत बर्ष परिवर्तनशील समाजको गठन गरिएको थियो ।

समाजकै पहलमा धरान उपमहानगरपालिका वडा नं. १३ र २० को सीमामा निर्माण भएको बीपी पार्कमा बीपी कोइरालाको पूर्ण कदको शालिक समाले नै निर्माण गरेको थियो । धरानमा पहिलो पटक निर्माण भएको कोइरालाको पूर्ण कदको शालिकमा माल्यापण गरी ३९ औ स्मृति दिवस मनाइएको थियो । समाजका अध्यक्ष विशराज शर्मा भण्डारीले ३९ औ स्मृति दिवसमा माल्यार्पणकालागि नेपाली काँग्रेसको क्षेत्रीय समिति, नगर समिति, भातृ संघ संगठनहरुलाई उपपस्थितिका लागि आग्रह गर्नुभएको थियो ।
