धरान÷ कोरोना सक्रमणको जोखिम दिनदिनै बढ्दै गएको छ । तर पनि प्रशासनले बजार पसल, सवारी साधन, उद्योग
कलकारखाना निर्वाध रुपमा सञ्चालन दिइरहेको छ । जति जति खुला हुदैछ त्यति त्यति समुदायस्तरमै कोरोना संक्रमण बढ्दै गएको छ । यसलाई मध्यनजर गरी धरान उपमहानगरपालिकाको अगुवाईमा सुनसरी उद्योग वाणिज्य संघ, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरीको टोलीले अनुगमजसंगै समुदायमै गएर कोरोना टेष्ट शुरु गरिएको छ ।
धरानमा एक साताको अवधिमा दैनिक ३० देखि ३५ जनाको दरले कोरोना संक्रमणबाट ग्रस्त हुने गरेपछि धरान उपमहानगरपालिकाले संक्रमण न्यूनकरणका लागि अनुगमनसंगै धरानमा बढी भिडभाड हुने क्षेत्र तथा कोरोना संक्रमण जोखिम क्षेत्रमा गएर कोरोना टेष्ट शुरु गरिएको छ ।
उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीले निेषधाज्ञा खुकुलो भएसंगै कोरोनाको जोखिम पनि उच्च रहेकोले धरानका भीडभाड हुने क्षेत्रमा त्यहा रहेका व्यापारी, उपभोक्ता तथा सर्वसाधारणको एनटिजेन कोरोना टेष्ट शुरु गरिएको बताउनुभयो ।

पहिलो दिन धरानको अत्यन्तै भीडभाड हुन क्षेत्र धरान २ भानुचौकको सब्जी बजार र धरान ३ को माछा भौडीमा एन्टिेजन टेष्ट गरिएको थियो मास्क नलाई बाटोमा हिड्नेलाई मास्क लाउन अनुरोध गरिएको थियो ।
बिहीबार उपमहानगरपालिकामा सरोकारवालाहरुसँग बसेको छलफलले कोभिड १९ संक्रमण तिब्र गतिमा फैलिएको भन्दै यसलाई रोकथाम तथा नियन्त्रण गर्न भीडभाड हुने स्थान र कोरोना संक्रमणबाट बढी प्रभावित हुने क्षेत्रमा अनुगमनसंगै चेकजाच गर्ने निर्णय गरेसंगै उपमहानगरपालकाले यो कामलाई तिब्रता दिएको थियो ।
उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले धरानका सवेदनशील क्षेत्रमा चेकजाचसगै अनुगमनलाई तिब्रता बनाइएको बताउनुभयो । उहोल पहिलो दिन गरिएको अनुगमनको क्रममा ७१ जनाको एन्टिेजन परीक्षण गर्दा तीन जनामा पोजेटिव देखिएको बताउनुभयो । उहाका अनुसार सब्जीमण्डीमा २६ पुरुष र ११ जना महिला गरि ३७ जनाको परिक्षण गर्दा १ जना महिलामा पोजेटिव देखिएको जानकारी दिनुभयो । यस्तै, माछाभौडीमा २८ पुरुष र ६ जना महिला गरि ३४ जनाको एन्टिजेन परिक्षण गर्दा २ जना पुरुषमा पोजेटिभ देखिएको बताउनुभयो । उहाले यसले कोरोनाको जोखिम क्षेत्र पहिचान गरी त्यस क्षेत्रमा भीडभाडलाई कम गर्न उपायको अवलम्बन गर्न सहज हुन् बताउनुभयो ।
सुनसरी उद्योग वाणिज्य संघ धरानका अध्यक्ष गिरिधारी सापकोटाले निषेधाज्ञा खुकुलो पारेसंगै सर्वसाधारणको लार्पाबाही बढेको पाइएको बताउनुभयो । उहाले बाटो धेरैजसो सर्वसाधारणले मास्क नलाई बजार आउने गरेको पाइएको बताउदै अब लकडाउन गरेर अर्थतन्त्र धरासायी बनाउनुभन्दा आफै सजग भएर कोरोनाबाट बच्ने समय आएको बताउनुभयो । पछिल्लो समय निषेधाज्ञा खुकुलो भएपछि सर्वसाधारणहरुले लापार्बाही गरेको पाइएको छ । बजारमा रहेका व्यापारी व्यवसायीसंगै सर्वसाधारण बजारमा जादा भौतिक दूरी पालना नगर्ने, मास्क नलाउने समेत पाइएको अनुगमनका क्रममा पाइएको थियो । निषेधाज्ञा खुकुलो भएसंगै संक्रमण दरमात्र हैन कोरोनाबाट मृत्यु हुनेको मृत्युदर समेत बढ्दै गएको छ ।
