कोरोना खोपप्रति सर्वसाधारणको आकर्षण

धरान÷ कोभिड विरुद्धको खोपमा सर्वसाधारणको यति विश्वास बढ्दै गएको छ । कोराना संक्रमणबाट ग्रसितसंगै मृत्यु हुनेको संख्यामा समेत बृद्धि हुन थालेपछि यसबाट बच्नकै लागि भएपनि खोप लगाउन तछाडमछाड हुने गरेको छ ।
धरानको विभिन्न ७ वटा खोप केन्द्रमा ५५ बर्ष वा सो भन्दा माथिको उमेर समुहका नागरिकहरुले खोप लगाएका छन्् । यस्तै विभिन्न लक्षित समुहका व्यक्तिहरुले पनि खोपको पहिलो मात्रा लगाएका छन् । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार १ हजार ३ सय ८९ जना पुरुष र १ हजार ५ सय १६ महिला गरि २ हजार ९ सय ५ जनाले सोमबार धरानमा खोप लगाएका छन् ।
धरानका लागि मात्र चाइनाले उत्पादन गरेको भेरोसेल ५ हजार र अमेरिकाबाट उत्पादन भएको जोनसोन ५ हजार गरी १० हजार डोज कोरोना विरुद्धको खोप आएको छ । भारतबाट उत्पादन भएको कोभिशिल्ड र चाइनाबाट उत्पादन भएको भेरोसेल खोप सर्वसाधारणले लगाइसके पनि अमेरिकाबाट आएको जोनसोन काठमाण्डौ उपत्यका लगायत मुलुकका विभिन्न स्थानामा लगाइसकेपनि पूर्वका लागि नौलो खोप रहेको छ ।


असार १४ गतेदेखि सञ्चालन हुन लागेको सो खोपका बारेमा धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले अन्य खोप पूर्ण हुनलाई दुई पटक लगाए पनि जोनसोन भने एक डोजले नै मात्रा पुग्ने बताउनुहुन्छ । उपमहानगरपालिकाकी स्वास्थ्य महाशाखाकै नर्सिङ अधिकृत दीपा अधिकारीले विश्व स्वास्थ्य संगठनको मान्यता प्राप्त जोनसोन कोभिशिल्ड र भेरोशिल जस्तै कोरोनाको विरुद्ध लड्न सक्ने खोप भएको बताउनुहुन्छ । उहाले यो खोप अझ अन्य खोपभन्दा पृथक रहेको र एक पटक लगाएपछि पूर्ण मात्रा पुग्ने भएकोले अझ सहज भएको बताउनुहुन्छ ।
कोरोना संक्रमण दरसंगै मृत्यु दर बढ्न थालेपछि यसबाट बच्नकै लागि सर्वसाधारणले स्वास्थ्य मापदण्डलाई ख्याल गर्नुका साथै कोरोना विरुद्धको खोप लगाउन समेत उत्साहित छन् । ५ हजार खोपमध्ये २ हजार ९ खोप एकै दिनमा लगाउनुले पनि यस कुरालाई प््रमाणित गरेको छ ।
खोप लगाउन धरान १ पुरानो अस्पताल पुग्नु भएकी धरान १२ की शुभेच्छा अधिकारी श्रेष्ठले खोप लगाउनेलाई कोरोना संक्रमण भइहाले पनि जटिल अवस्थामा पुग्ने नगरेको पाइएकोले पनि कोरोना विरुद्ध लड्नको लागि खोप अत्यावश्यक भएको बताउनुभयो । उहाले कोरोना विरुद्धको खोप लगाउदा सुरक्षित हुने विश्वासका साथ खोप लगाएको बताउनुभयो ।
कोरोना संक्रमण तीब्र गतिमा फैलिरहेको समयमा छोटो समयमा भएपनि विकसित देशहरुले कोरोना विरुद्धको खोप उत्पादन गरिरहेका छन् । जति पनि खोप उत्पादन हुदै गएको छ त्यति त्यति सर्वसाधारणमा खोपप्रति आकर्षण समेत बढ्दैगएको छ ।

 

तपाईको प्रतिक्रिया