कोरोनाले मुसलमानको बकर इद प्रभावित

धरान÷मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) पनि कोरोनाकै कारण प्रभावित बनेको छ । गत बर्ष पनि कोरोनाकै कारण खुलेर पर्व मनाउन नपाएका मुुसलमानहरुले यस बर्ष पनि कोरोना संक्रमणको त्रासका कारण भौतिक दूरी पालना गर्दै खुम्चिएर पर्व मनाउन बाध्य भए ।
मुसलमान समुदायले हर्षोल्लासका साथ मनाइने यो चाड कोरोना संक्रमणका कारण समुदायमा मनाउन नपाइएको नेपाल मुस्लिक संगठन एक नं प्रदेशका इन्चार्ज तैयव हुसैनले बताए । उनले भने (‘बकर इद मुुसलमान समुदायको ठूलो पर्व हो, मुसलमानहरुले यस पर्वलाई महत्वका साथ मनाउने गर्छन, परम्परागत ढंगले सामुहिक रुपमा मनाउने गरिन्छ, तर तर गतबर्षदेखि खुलेर मनाउन पाइएको छैन ।’
यस बर्ष देशभरका मुसलमानहरुले सामुहिक रुपमा यो पर्व मनाएनन् भने सुनसरीमा समेत यो अवस्था आएको थियो ।
सरकारले समेत यो पर्वलाई राष्ट्रिय पर्वको मान्यता दिएपछि सार्वजनिक विदा समेत दिने गरेको छ । जिल्लाको भुटाहा, हरिनगरा, दुहवी ,खनार, वसन्तपुरलगायतका स्थानमा रहेका मुस्लिम वस्तीहरुमा यस पटक कोरोनाका कारण औपचारिक रुपमा मात्र इद मनाएको एक नं. प्रदेशका इन्चार्ज तैयव बताउछन् । उनका अनुसार इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक परम्परा रहिआएको छ । यो पनि कोरोनाले खुलेर मनाउन नपाइने हो कि भन्ने चिन्ता उनीहरुमा छ ।
इस्लामिक पात्रोअनुसार १२ औँ महिनाअर्थात् दिल हिज्जाको १० औँ दिन यो पर्व मनाउने गरिएको हो । पर्वका दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा अंकमाल गर्दै शुभकामना आदान प्रदान गर्छन । धार्मिक परम्परामा यो मुख्य पर्व भएको हुँदा नयाँ लुगा लगाउने, सेवइ (गहुँको पिठोबाट बनाइएको खाद्यवस्तु) को खिर र मिष्ठान्न परिकार खाने (खुवाउने चलन छ । पर्वमा बस्तीभित्रको मस्जिदमा सबै पुरुष भेला भएर सामूहिक नमाज पढ्ने परम्परा भए पनि यसपाली कोरोना भाइरस संक्रमणको जोखिमका कारण घरमै बसेर ईद मनाएको नेपाल मुस्लिम सगंठन १ नम्बर प्रदेशका इन्चार्ज तैयव हुसेनले बताए ।

 

 

तपाईको प्रतिक्रिया