पढेको पिधैमा गएछ
चारतिर चहारेर हाल जसपामा आएर थन्किएका बाउराम वास्तवमा स्वाँठै रै’छन् । कहिले आmप्नै छेरीको प्लात्त परेको भुडी पोष्ट गछन््, कहिले उट्पट्याङ बकबक गर्छन् । अस्तिका दिन त हिन्दु भन्या दूध Ïयालेर मुत पिउँछन् सम्म भन्न भ्याए । म मन्दिरमा दिने बली प्रथाको विरोध गछन् तर अरुले पशु काट्दा शुभकामना दिन्छन् । तिनलाई विद्वान भन्नेहरु यतिबेला स्वास्नीको मजेद्रोले मुख छेपेर हिँड्न थाल्या छन् । हो पनि तिनले के पढे कुन्नि । जे पढे पिँधमै गए छ । हुँदाहुँदा भारतको उत्तर प्रदेशका मुख्यमन्त्रीले दूध चढाएको फोटो राखेर टिप्पणी गर्दा भारतीय जनता पार्टीका प्रवक्ता विजय चौथाइवालाले तिन्को झाँको झारिदिए । हुन त बाउरामको मथिंगल पनि यतिबेला थान्कोमा छैन । या त बाउराम पूरै सडेका हुन या सड्न शुरु भा’ हुन् । आउने दिनमा नेपालीले तिनलाई तबला बजाउँदा थाहा हुन्छ ।
सबैलाई मन्तरी चाहियो
अर्काको घर भत्काउन, विगार्न, फुटाउन, बजाउन, लडाउन, भिडाउन दशबर्षसम्म प्राक्टिस गरेर निपुर्ण भा’का प्रचण्डाउ माने छविलाल दाहाल यतिबेला तनाउमा छन् रे । छविलाल पनि कही तनाउमा हुन्छन् । उन्ले त अरुलाई पो तनाउ दिने हो त । पहिला माकुनेलाई सिन्दु। हालेर गोडा २३ सेक भुराभुरी लिएर हिड्दा खप्रओका घरै भत्कियो । अब अहिले भकभके काजीसँगँ दह«ो बार्गेनिङ्ग गदैछन् । अस्तिका दिन उन्ले सुनाएका माउवादी केन्द्रका ४९ सै जना सांसदले मन्त्री खोज्या छन् । म बडो ताउनमा छु रे । अब यिन्ले भकभके काजीसँग दह«ो बार्गेनिङ्ग शुरु गरे जस्तो छ । १०देखि १५ मन्त्री खुस्काउने ध्याउन्नमा छविलाल कन्दनी कसेर लाग्या छन् । नदिनम भने छोडेर जालान । सरकार धरापमा पर्ला । आफ्नै विरुद्धमा सडक आन्दोलन गर्लान् । दिम भने अरुलाई नि बाँडीचुँडी गर्नुपर्ने छ । क्या फसाद । हुन त भकभके काजी पनि काजी नै हुने भए भरका सबैलाई मन्तरी बनाइ दिन बेर छैन । न आपका जान्छ न वापका जान्छ ।
केही लछारपाटो लाग्दैन रे

काँग्रेसको सभापतिमा उठ्छु उठ्छु भनेर खुट्टो उचालेर चिच्याइरहेका जनकपुरिया टाँटे नेता विमलेन्द्र नीधिले अस्तिका दिन साह«ै काइदाको कुरा गरे । देश खाएर सेश भएका नीधिले माउवादी केन्द्र, जसपा, माकुने लगायतले देउवालाई दिएको समर्थन फिर्ता लिए नि केही लछारपाटो लाग्दैन भन्दिए । साह«ै चोटिलो गफ हान्दिएर अरु सबैलाइ झस्काइ द्याछन् । हुन पनि हो यिन्ले सर्मन फिर्ता लिँदैमा देउवा काजीलाई केही फरक पर्दैन । देउलवालाई यिन्ले पर्धानमन्तरी बनाका हुन र ? संसदबाट देउवालाई समर्थन ग¥या हुन् र ? अदालतले बनाइद्या हो । यिनीहरु त पछि लाग्या मात्र हुन् । काजीलाई मन लागे यसो अलि अलि चारो छर्दिन्छन् । मन नलागे वाल मतलब । काजीका विरुद्धमा कसैले अविश्वासको प्रस्ताव दर्ता गर्न नि सक्दैन । हैन हौ काजीले खप्पराँ लिएर आ’रैछन् ।
झलुलाई तीस लाख
राजकानी बढेर यमानको भएसी उपचार गर्न दिल्ली पुग्या सर्पनाथ खनाल उर्फ झल्लाझलुलाई स्यालबहादुरको सरकारले तीस लाख दिने भएछ । भएछ मात्र किन हुन्थ्यो दिइसकेछ । सञ्चो हुँदा नि मुलुककै ढुकुटी लुट्ने विसञ्चो हुँदा नि मुलुकै ढुकुटी रित्याउने । नेपालका नेता, मन्तरी, पूर्व मन्तरी सबैको व्यहोरा चाहि अक्टेपसकै जस्तो हुँदै रै’छ । जन्तालेचाहिँ एक लाख सम्मको उपचार पाउन वीमा गर्नुपर्छ । नेता भनाउँदा भाइरसहरुलाई जनताले तिरेको करबाट करोडौ उपचार खर्च दिइन्छ । पूर्व पर्धानमन्तरी खप्रओले दिने भनेर निर्नयमात्र ग¥या थिए दिइ हालेका थिएनन् । तर स्यालबहादुर आएसी ब्वाङ्गै दिए । खप्रओले ग¥या निर्नय खारेज गर्लान् भन्या त अझ एक हात अगाडि पो सरे त वा
माकुनेको तुलनै हुदैन
मन्त्रीबाट खुस्किएसी’ डल्लो परेर घरमा बस्या प्रदीप ज्ञवालीले अस्तिका दिन भन्या खप्रओसँग माकुने आच्या महाकुलंगार नेताको तुलनै हुन सक्दैन रे । ज्ञवालीले सोह«ैआना ठीक कुरा गरे । माकुने प्रचण्डाउको पछि लागेर हिडे पनि विचरा खप्रओले बोलाइरहे । दोस्रो अध्येक्षे दिन्छु परपुरुषसँग नलाग भने । तर मात्तिएर, मैमत्त भएका माकुनेले खप्रओको कुरै सुनेनन् । कहिले प्रचण्डाउसँग चटारिएर सडकमा पुगेर बसे, कहिले मलाई अध्येक्षे नत्र पर्धानमन्तरी चाहियो भनेर चण्डी नाचे झै सडकमा नाँचे । मिल्दै नमिल्ने कुरा मागेर नि कहीँ पाइन्छ ? अध्येक्षे हु त अधिवेशनमा जित्नु प¥यो । पर्धानमन्तरी हुन संसदको सदस्यले चुन्नु प¥यो । अधिवेशनमा नि हार्ने, संसदले नि नपत्याउने अनि पदचाहिँ पाउनुपर्छ भन्ने । अनि यस्ता माकुनेको खप्रओसँग कसरी तुलना हुन्छ ?
कहिले जनादेश पायो रे
हैन हौ ती सुभाषचन्द्र नेम्बाङ्ग पनि खुस्केछन् कि क्या हो ? हिजो आज दायाँबाया बोल्न थालेका छन् । खप्रओको बहिर्गनसँगै नेम्बाङ्ग बा बर्बराउन थाल्या छन्, अस्तिका दिन तिन्ले नेपाली काँग्रेसले पर्धानमन्तरी हुन कहिले जनादेश पायो सम्म भन्न भ्याएछन् । विचरा नेम्बाङ्गलाई थाहै रै’नछ । अदालतले त्यत्रो जनादेश भन्दा नि ठूलो परमादेश दिएको । परमादेशका अगडि जनादेशको कुनै कामै छैन । जनादेशमा दुनियाँ धारा उपधाराको लफडा हुन्छ, करोडौ खर्च गरेर संसद खरिद गर्नुपर्छ, कसैलाई अपहरण गर्नुपर्छ, कसैलाई विदेश टुरमा पठाउनुपर्छ, कसैलाई सुरा सुन्दरीको समेत व्यवस्था गरेपछि बल्ल जनादेशबाट प्रधानमन्तरीका लागि कन्फर्म हुन्छ । परमादेशमा त यस्ता कुनै झन्झटै हुँदैन । अदालतले खत्रक आदेश दिन्छ, राष्ट्रपतिले स्वाट्टै सपथ गराउँछिन्, वातै खलास ।
भडवाहरुले भँड्ने भए
जनता समाजवादी पार्टीमा लुसुक्क छिरेका बाउराम भट्टराईको यतिबेला मुलुकभरि पुत्ला दहन भएको छ । छोरीको घैटो देखाउन लगाई दुनियाँलाई फोटो देखाएर विगौती खान बस्या भट्टराईले अब जसपा पनि तहसनहस पार्ने भए । प्रचण्डाउ र बाउराम जहाँ छिर्छन त्यहाँ प्वाल पार्न शुरु गरिहाल्छन् । पहिला सियो भएर छिर्छन पछि फाली बन्छन् । जसपामा बाउराम छिरेदेखि भाँडभैलो शुरु भैसक्या छ । अस्तिका दिन तिनको तित्राको जस्तो थतुनोबाट बोलेको बोली पछि जसपाकै नेता कार्यकर्ता संशकित भा’छन् । पर्सामा त भातृ संगठनका पाधिकारीहरुले धममधम राजीनामा दिएका मात्र छैनन् बाजेको सात पुस्तालाई पुग्ने गरी गाली बर्साएका छन् । अब उपिन्दर जादवले कतिञ्जेल बाजेलाई अँठ्याउलान् कुन्नि ?
अन्तेमा
जाम कि नजाम ? जाम कि नजाम ? झालेमालेका दुर्योधन माकुन्याउलाई यतिबेला कम्ता सकस प¥या छैन । देउवाको फेर समातेर खप्रओेको वैतरणी तरेका माकुन्याउ सत्तामा जाम कि नजाम भनेर
दोधारमा पुग्या छन् । जाम भने झालेमालेको हैसियतमा सहभागी हुन नपाइने कानूनी बाध्यता छ नजाम भने आफ्ना पछि लागेका सांसदहरुले टुटुल्को उठ्ने गरी बजाउलान् भने त्रास । खित्रिक्क केही पर्दा अदालत धाउने बानी प¥या माकुने पक्कै अदालत जान्छन । अदालतले उन्का पक्षेमा फैसला नगर्ने कुरै भएन । सहभागी हुन पाइन्छ भनेर अदालतले परमादेश जारी गर्दिहाल्छ । आखिरी परमादेशको ताकत अहिले जो छ ।
