धरान÷नेपाली काँग्रेसका युवा नेता, आसन्न १४ औं महाधिवेशन अन्तर्गत साउन १६ गते (क्रियाशील सदस्यताका कारण महाधिवेशन एक हप्ता सर्न सक्ने नेका केन्द्रीय कार्यसमितिले जनाएका छ ) सम्पन्न हुने नेपाली कँग्रेस धरान उपमहानगर समितिको सभापतिका सशक्त प्रत्यासी किशोर राईले काँग्रेसको आगामी नगर नेतृत्व कामको मुल्यांकनका आधारमा चयन गर्न आग्रह गर्नुभएको छ ।
शुक्रबार आफ्नै निवासमा नेपाल प्रेस युनियनसँग आबद्ध सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा राईले उक्त कुरा बताउनु भएको हो । उहाँले भन्नुभयो विगतका परम्परागत मान्यताले अब धरानमा काँग्रेसको संगठन मजबुत बन्न नसक्ने भएकोले नवितम सोच लिएर अगाडि बढ्नुपर्ने खाँचो औँल्याउनु भयो ।

उहाँले भन्नुभयो, अब धरानमा हरेक वडा, टोल, चौकहरुमा काँग्रेसको संगठन मजबुत बनाउनुपर्छ । यसका लागि निरन्तर कार्याकर्ताहरुलाइ प्रशिक्षण, कार्यशाला, अन्तरक्रियासँगै आर्थिक सदृढीकरणका लागि आय आर्जनमूलक तालिमको समेत व्यवस्था गर्न आवश्यक छ । उहाँले पटक पटक भन्नुभयो आर्थिक उपार्जनका स्रोतहरु धरानमा प्रशस्त छन् त्यसको समुचित व्यवस्थापन हुन मात्र नसकेको हो । आफूले उमेद्वारी घोषणा गर्नुको प्रमुख कारण आगामी दिनमा काँगेसलाई तीनै तहको निर्वाचन जिताउन चुस्त र मजबुत संगठन बनाउनु पनि हो ।
एक पटक नगरको नेतृत्व सम्हाली सक्नु भएको छ पुनः नगरमै किन त भन्ने सञ्चारकर्मीको जिज्ञासामा राईले भन्नुभयो यस पटक नगरमै बसेर संगठन मतबुत बनाउन नै हो ।
धरानको संगठनमा धेरै काम गर्न बाँकी छ । भोलिका दिनमा धरानको संगठनको चर्चा मुलुकैभरि होस् भन्ने चाहना आफ्नो रहेको प्रष्ट पार्दै राईले आफ्नो कसैप्रति आग्रह पूर्वाग्रह नभएको समेत बताउनुभयो । भोलि साथीहरुले आफूलाई जिम्मेवारी सुम्पनु भएमा एक्लो किशोर राईले नभएर जिम्मेवारीपूर्वक सिंगो टिमले काम गर्ने कुरामा जोड दिनुभयो ।
