लक्ष्यभन्दा बढी राजस्व असुली

धरान÷आन्तरिक राजस्व कार्यालय धरानले आर्थिक बर्ष २०७७÷०७८ मा लक्ष्य भन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ ।
आर्थिक बर्ष २०७७÷०७८ को असार मसान्त सम्ममा करका विविध शिर्षकमा गरी २ अर्ब २८ करोड ८६ लाख राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा लक्ष्य भन्दा २५ प्रतिशत ज्यादा २ अर्ब ८६ करोड १३ लाख संकलन गरेको छ ।


आन्तरिक राजस्व कार्यालय धरानका प्रमुख तीर्थराज बरालले दिनुभएको जानकारी अनुसार लक्ष्य भन्दा २५ प्रतिशत बढी राजस्व संकलन भएको छ । प्रमुख बरालका अनुसार आयकरतर्फ ८४ करोड ७६ लाख संकलन गर्ने लक्ष्य राखिएकोमा ९६ करोड ६० लाख संकलन भएको छ । भिएपी अर्थात मूल्य अभिवृद्धि करतर्फ ६६ करोड ९७ लाख संकलनको लक्ष्य राखिएकोमा ९२ करोेड ३७ लाख संकलन भएको छ । यसैगरी अन्तशुल्कतर्फ ६८ करोड ८५ लाख लक्ष्य राखेकोमा ८९ करोड ६८ लाख असुली भएको छ ।
प्रमुख बरालले भन्नुभयो राजस्व संकलनका मुख्य शीर्षक आयकर, मूल्य अभिवृद्धि कर, अन्तशुल्क हुन् । अन्य पनि शीर्षकहरु रहेका छन् तर मुख्य शीर्षकमा २५ देखि ३७ प्रतिशतसम्म लक्ष्यभन्दा बढी राजस्व संकलन भएको छ । उहाँले भन्नुभयो अन्य शीर्षमा लक्ष्य अनुरुपको राजस्व संकलन हुन सकेन । बहाल करमा आर्थिक बर्ष ०७७÷०७८ का लागि ४ करोड ४७ लाख राजस्व संकलन गर्ने लक्ष्य राखिए पनि ४ करोड २७ लाख मात्र राजस्व संकलन भएको छ । यसैगरी व्याज करमा ४ करोड २५ लाख संकलनको लक्ष्य राखिए तापनि ३ करोड २४ लाख असुली भएको छ ।
आन्तरिक राजस्व कायालय धरानले विगतका बर्षहरुमा धरान, इटहरी, दुहवी, इनरुवा, पहाडी जिल्लाहरुमा धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरका व्यापारिक प्रतिष्ठान तथा व्यवसायीहरुबाट कर संकलन गर्दै आएकोमा हाल धरान, बराहक्षेत्र नगरपालिकको वडा नं १ देखि ७ वडा सम्म पहाडका ४ वटा जिल्लाहरुबाट मात्र राजस्व संकलन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया