जबरजस्ती योजना लाद्न खोज्नुको उद्देश्य के ?

नेपाल सरकारको मातहतमा रहेको नेपाल खानेपानी संस्थानलाई कथित बोर्डमा परिणत गरी धरान उपमहानगरपालिका र एसियाली विकास बैंकका माफियाहरुको मिलमतोमा धरानबासीको चाहनाविपरीत कब्जा गर्ने दुस्साहस गरिए त्यो कुनै पनि हालतमा धराने जनतालाई मान्य मात्र हैन सशक्त आन्दोलनको विकल्पै रहादैन ।
जनप्रतिविहिन अवस्थामा कर्मचारीको भरमा चलेको धरान उपमहानगरापालिकाले धराने जनताको राय सल्लाह र अभिमत नलिई एसियाली विकास बैंकसाग दुई अर्ब १६ करोड ४ लाख ऋण लिएर सन् २०३१ सम्मको अल्पकालीन खानेपानी सञ्चालन गर्ने प्रयासको धरानका ९५ प्रतिशत जनतालाई आक्रोसित बनाएको छ । २०३७ सालमा धरान उपमहानगरपालिकाले धराने जनतालाई पानी खुवाउन नसकेपछि खानेपानी संस्थानलाई जिम्मा दिइएको थियो ।
तर अहिले खानेपानी संस्थानले अरबौको भौतिक संरचना निर्माण गरेको छ भने ८३ प्रतिशत धराने जनतालाई पानी उपलब्ध गराएको छ । धराने जनताको टाउकोमा ऋणको भार थोपरी संस्थान कब्जा गर्ने दुस्नियतले अल्पकालीन र महागो योजना जुन धरान नगरपालिकाले लागू गर्न खोज्दैछ त्यसले धरानमा अप्रिय स्थिति सिर्जना गर्ने प्रष्ट छ । खानेपानी संस्थानका संरचना बृद्धि गरेर अगाडि बढ्नुको सट्टा कथित कोठामा बसेर बनाइएको बोर्डको नाममा संस्थान कब्जा गरिए त्यसको विरुद्धमा धराने जनताले प्रतिकारमात्र हैन आन्दोलन नै गर्छन् । खानेपानी संस्थानको सर्भे डिजाइन र रिपोर्ट अनुसार ९३
करोडमै सप्तकोशीको पानी धरानमा ल्याउन सकिन्छ । जुन सस्तो, सुलभ र दीर्घकालीन हुन्छ । २०३१ सममको अल्पकालीन योजना नेपाल खानेपानी संस्थानले ३१ करोड ६० लाखमै पूरा गर्ने स्पष्ट पारेकै कारण एडिवीका धरान उपमहानगरपालिकाका दलाल, सशरी विकास मन्त्रालयका सचिव अर्जुनबहादुर थापा, सह सचिव महेन्द्र सुब्बा, एडिवीका दलाल कौशलनाथ भट्टराई, लक्ष्मी शर्मा, मनिराम गेलाल, खेमनाथ डल्लाकोटी, अनिल नेपाल, पराग कायस्थहरुको बदनियतपूर्ण सोचले एउटा इमान्दार, कर्तव्यनिष्ट कर्मचारी दिपक श्रेष्ठको सरुवा गरियो । यतिमात्र हैन कुनै पनि हालतमा धरान खानेपानी संस्थान नीजि क्षेत्रलाई जिम्मा दिनुहुादैन भन्दै आउनु भएका खानेपानी संस्थान धरानका प्रशाकीय अधिकृत उमेश बस्नेतलाई सरुवा गरेर यतिबेला
वीरगञ्ज पुर्‍याइएको छ ।
मुलुक राजनीतिक तरलताका बीचबाट गुज्रिरहेको छ । मुलुकमा संविधान छैन, स्थानीय निकायमा जन प्रतिनिधि छैनन् । यही संकटको अवस्थालाई एडिवीका माफियाहरुले कमाउने सुवर्ण अवसर बनाएका छन् । आज एसियाली विकास बैंक एडिवीको धरानको खानेपानीमा हुने हस्तक्षेपको समर्थनमा धरानमा कहिल्यै नबस्ने मानिसले समर्थन गर्ने गरेका छन् । काठमाण्डौ, संखुवासभा, भोजपुरमा बस्नेले एडिवीको समर्थन गर्नुको रहस्य के हो ? धरानको वास्तविकता धराने जनतालाई थाहा हुन्छ । बाहिर बसेर बोल्नेहरु दलाल शिवाय अरु केही हुनै सक्दैन । धराने जनताले प्रारम्भदेखि नै भनिरहेका छन् एडिवीको ऋणमा धरान उपमहानगरपालिकाले पानीको व्यवस्था गर्ने हो भने छुट्टै संरचना बनाओस् । आफ्नै संरचनाबाट खुवाओस् । जसको पानी धराने जनतालाई मन पर्छ धराने जनता त्यसैको खान्छन् । एनसेल र एनटिसीले जस्तो । तर उनीहरु यसो गर्ने तयार छैनन् । खानेपानी संस्थान कब्जा गर्न सकिए ऋणको रकम बााडफाड गरेर तलदेखि माथिसम्मकाले खाने ध्याउन्नमा रहेका छन् । अब यसमा अख्तियारले चासो राखी छानबिन गर्नुपर्ने आवश्यकता भइसकेको छ । साथै धराने जनताले पनि न्याउरी मारी पछुतोको अवस्था आउन दिनु हुादैन ।
मानविर लङ्वा (लिम्बु)
सदस्य
गोरखा भूतपूर्व सैनिक संघ, सुनसरी

तपाईको प्रतिक्रिया