एमालेद्वारा नियुक्त भ्रष्ट पदाधिकारी जोगाउन कांगे्रसका मन्त्री सक्रिय

भ्रष्टाचार, वेथिति, अराजकताका कारण विघटनको सघारमा पुगेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सम्पूर्ण चिकित्सक, नर्स, प्राध्यापक, इमान्दार कर्मचारीहरुले सुद्धीकरणको माग राखी आषाढ १ गतेदेखि निरन्तर आन्दोलन गरिरहेका छन । उनीरुले प्राज्ञिक दक्षता समेत नभएका, प्रतिष्ठानको विधान विपरीत नियुक्ति भएका उपकुलपति लिएर आएदेखि नै उपकुलपति र रजिष्ट्रारले पदीय दुरुपयोग गरी चरम आर्थिक अनियमितता गरेको भन्दै यस भन्दा अगाडि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रधानमन्त्रीको कार्यालय अदालतको ढोका ढक्ढक्याएका थिए । तर कतैबाट कुनै प्रकारको सुनुवाही नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिएका हुन् ।
पूर्वाञ्चलको मात्र नभएर मुलुककै गहनाको रुपमा रहेको नेपाल भारत मैत्रीको प्रतीक प्रतिष्ठान सुधारसँगै भ्रष्ट पदाधिकारीको बर्खास्ती र कार्वाहीको मागप्रति विगतको सरकारले कुनै वास्तै गरेन । प्रधानमन्त्री केपीओली र उनका विश्वासपात्र भानुभक्त ढाकालको मिलिभगतमा करोडौ रुपैयाँ लिए, एमाले निकटको साइनो लगाएर नियुक्त भएका भ्रष्ट पदाधिकारी यतिबेला देउवा सरकारको शक्ति केन्द्रहरुमा धाउन थालेका छन् । भ्रष्टहरुलाई जोगाउन देउवा सरकारका कानून तथा न्यायमन्त्री नै लागेको पाइएके छ । कानून तथा न्यायमन्त्री ज्ञानेन्दबहादुर कार्की यतिबेला उपकुलपति ज्ञानेन्द्र गिरीलाई जोगाउन लाग्नु आश्चर्यको कुरा हो ।
उनले प्रतिष्ठानमा जारी सुद्धीकरण आन्दोलन तुहाउन स्थानीय नेपाली काँग्रेसक कार्यकर्ता, जिल्लाका प्रभावशाली नेताहरुलाई फोन सम्पर्क गरेरै उपकुलपति जोगाउन भूमिका खेल्ने निदेशन दिएको समाचारले यतिबेला मन्त्री कार्की र गिरीको कनेक्सनको कुरा उठ्न थालेको छ । एमालेले नियुक्त गरेका उपकुलपति गिरीप्रति कार्कीको यतिविघ्न मोह किन ? विगतमा कार्की सत्तामा नहुँदा उपकुलपति गिरीले गेष्ठ हाउसमा राखेर खातिरदारी गर्ने, आर्थिक बन्दाबस्त गरिदिने गरेकैले त्यसैको पैचो तिर्न उपकुलपति बँचाउ अभियानमा मन्त्री कार्की घुँडा धसेर लागेको चर्चा छ ।
अर्कातर्फ आफूलाई उपल्लो दर्जाको एमाले बताउँदै केही मेडिकल माफिया, सप्लायर्सहरुको लगानीबाट प्रतिष्ठानको नियमावली विपरीत रजिष्ट्रारको नियुक्ति लिएका मोहनचन्द्र रेग्मी पद जोगाउन यतिबेला कँगे्रेसको शक्ति केन्द्रहरुमा धाउन थालेका छन् । नेपाली काँग्रेसको नेतृत्वमा सरकार बन्ने बित्तकै उनी ससुरालीतर्फको नाता भँजाएर काठमाण्डौका काँग्रेस निकट शक्ति केन्द्रहरु धाइरहेका छन । अवसरवादी चरित्र भएका उनी दल बदलुमा पोख्त मानिन्छन् । उपेन्द्र यादव स्वास्थ्य मन्त्री हुँदा जनता समाजवादी पार्र्टीको सदस्यता लिने, गगन थापा स्वास्थ्य मन्त्री हुँदा नेपाली काँग्रेसको सदस्यता लिने, एमाले सत्तामा आएपछि एमालेको सदस्यता लिने मात्र होइन एमालेका मिटिङ्ग, आम सभाहरुमा समेत उपस्थिति जनाउँदै आएका छन् । गत माघ ८ गते निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको काठमाण्डौको दरबारमार्गस्थित आम सभामा समेत पुग्न भ्याएका रजिष्ट्रारले सुनसरी जिल्लाका केही विकाउ काँग्रेसका कार्यर्ताहरुसँग राम्रै सम्बन्ध स्थापित गर्न भ्याइसकेका छन् ।

तपाईको प्रतिक्रिया