‘बापु’ अर्थात महात्मा गान्धीको शालिक बेलायतमा अनावरण

दुईसय बर्षभन्दा अधिक भारतमा गुलामी शासन चलाएका आग्रेजका विरुद्धमा स्वतन्त्रताको आन्दोलन गरी
भारतलाई आग्रेजको चंगुलबाट आजात गराउनु भएका शिखर पुरुष महात्मा गान्धीको शालिक शनिवार बेलायतको राजधानी लन्डनमा अनावरण गरिएको छ ।
महात्मा गान्धीको शालिक बेलायतको राजधानी लण्डनस्थित विख्यात घडी विगवेन र हाउस अफ कमन्स अगाडि पार्लियामेन्ट स्क्वायरमा दोस्रो विश्वयद्धताका प्रधानमन्त्री रहनु भएका क्विटन चर्चिलको शालिकसागै स्थापना गरिएको छ । उक्त स्थानमा बेलायत बाहिरका कुनैपनि शिखर पुरुषको शालिक स्थापना गरिएको यो नै पहिलो हो ।
‘बापु’ अर्थात महात्मा गान्धीको शालिक भारतका अर्थमन्त्री अरुण जेट्लीले एक भव्य समारोहबीच अनावरण गर्नुभएको थियो । अनावरण समारोहमा बलायतका प्रधानमन्त्री डेभिट क्यामरुन, बेलायतका सभासदहरु, बेलायतमा बसोबास गर्ने भारतीय नागरिक, महात्मा गान्धीका नाति गोपालकृष्ण गान्धी, भारतीय चलचित्रका सुपरस्टार अमिताभ बच्चन लगायतको उपस्थिति रहेको थियो ।
अनवरण समारोहमा भारतको शास्त्रीय धुनसागै देशभक्तिका गीतहरु बजाइएको थियो । अनवरण स्थल वरपर भारतीय झण्डाहरु सैयौको संख्यामा
फहराइएको थियो । एकताका अर्थात चालीसको दशकमा महात्मा गान्धीलाई बेलायतले सर्वाधिक घृणा गथ्र्यो । यसको एउटै कारण थियो गान्धीको आग्रेज विरुद्धको सफल आन्दोलनकै कारण बेलायतीहरुले भारत छोड्नु । झण्डै ९ फिट अग्लो गान्धीको शालिक ख्यातिप्राप्त मूर्तिकार फिलिप ज्याक्सनले बनाएका हुन् । गान्धीको उक्त शालिक गान्धीले सन् १९३१ मा बेलायत भ्रमणताका खिचिएको फोटोको आधारमा बनाइएको हो । सो अवसरमा बोल्दै बेलायती प्रधानमन्त्री डेविड क्यामरुनले गान्धीको शालिक बेलायतको चर्चित स्थानमा अनावरण हुनुुले बेलायतमा एक शास्वत घर पाएको उल्लेख गरेका थिए । बेलायती प्रधानमन्त्री क्यामरुनले सन् २०१३ मा भारतको भ्रमण गर्दा सन् १९१९ मा बेलायती सेनाले स्वतन्त्रता आन्दोलनमा उत्रिएका सैयौ निहत्था भारतीय नागरिकको अमृत सहरको जलिया वागमा गरेको हत्या स्थलमा पुगेका थिए । यसभन्दा अगाडि बेलायतका कुनैपनि प्रधानमन्त्री अमृत सहरका जलियावाग गएका थिएनन् । त्यसबेला उनले संक्षिप्त प्रतिक्रिया दिादै भनेका थिए सन् १९१९ मा जलयावागमा भएको नरसंहार इतिहासमै लज्जास्पद हो ।
बेलायतमा हाल १५ लाख भारतीय नागरिक बसोबास गर्छन् । सन् २०१० देखि सत्तामा आएका डेविड क्यामरुनले भारतसागको व्यापारलाई उच्च प्राथमिकतामा राख्दै आएका छन् । बेलायतमा गान्धीको शालिक अनावरण त्यस समयमा गरिएको छ जुन समय गान्धी दक्षिण अफ्रिकाबाट फर्केको एक शताब्दी भएको थियो । दक्षिण अफ्रिकामा रहादा स्वेत जातिहरुले काला जातिमाथि गर्ने दुव्र्यवहारको प्रतिकार गर्दा गान्धी कैयौ पटक थुनामा परेका थिए । यहाा स्मरणीय कुरा के छ भने गान्धीको शालिक र्रगभेद विरोधी नेल्सन मण्डेला र अमेरिकी राष्ट्रपति अव्राहम लिंकनको बीचमा राखिएको छ । गान्धीको शालिक निर्माणका लागि शालिक स्मारक कोषले १० लाख पाउण्ड संकलन गरेको थियो भने बेलायतमै बस्ने भारतीय मुलका अर्बपति व्यापारी लक्ष्मी मित्तलले एक लाख पाउन्ड उपलब्ध गराएका थिए ।

तपाईको प्रतिक्रिया