बधाई दिएनन् रे
विस्ट्याएको भन्दा विस्ट्याएको देख्नेलाई लाज भनेर हाम्रा बुढापाकाहरुले त्यसै भन्दा रै’नछन् । बुढानिलकण्ठे काजी माने आरजु खसम स्यालबहादुर पर्धानमन्तरी भएको यतिका दिन बितिसिक्दा नि उत्तर र दक्षिणकाले बधाई दिएनन् भनेर एकथरिले रोइलो मच्चाएका छन् । बधाई दिएन् भनेर रोइलो किन मच्चाएका होलान् ? बधाई पनि जबरजस्तीदिने कुरा हो र ? मन लागेन दिएनन् । दिनैपर्छ भन्ने के छ र ? अबका १५ महिना कतिवटा पर्धानमन्तरी हुन्छन् हुन्छन् । उनेरको काम छैन ? खाली यताको पर्धानमन्तरी हुन्छन अनि बधाइ देलाम भनेर बस्या त हुँदैनन् । फेरि स्यालबहादुर न उत्तरका परे न दक्षिणका । जनताका प¥या थिए तिन्का कारिन्दा माने अम्रिकी राजदूतले बधाई दिइसक्या छन् । बधाई दिएनन. भनेर गर्धन फुलाएर बस्ने कि काम गर्ने ?
भाग्येमानीको भुतै कमारो
ओलीको अपुताली खान पवित्र जस्तोसुकै गठबन्धन बनाएर भएपनि अन्तेमा नेप्लिज लाँग्रेसका स्यालबहादुर सफल भाका छन । नेपालाँ पहिलो पटक जनताप्रति जवाफदेही नभएका पर्धानमन्त्री बन्या छन् । जनताप्रति जवाफदेही हुन त संसदबाट आउनु प¥यो । तर स्यालबहादुर जनादेशबाट नआएर अदालतको परमादेशबाट सिंहदरबार र वाल्वाटार छि¥या छन् । जे होस् स्यालबहादुर भाग्यमानी रै’छन् । जनादेशबाट आएको भए कम्ता टाउको दुखाई हुन्थ्यो ? पर्धानमन्तरीले यसो गरेनन्, उसो गरेनन् भनेर जनताको कम्ता टोकोसो हुँदैन थियो । स्यालबहादुर यस्ता सबै टोकोसोबाट मुक्त भएका छन् । उनी अदालतप्रति वफादार भए पुग्छ । भाग्येमानीको भुतै कमारो भन्या यही हो ।
जनता हास्याहास्यै
जेहोस नेप्लिज जन्ताचाहिँ भाग्यमानी त भाग्यमानी हुन गाँठे । खप्रओले तीन बर्ष चार महिना उखान टुक्का भनेर हँसाएको हँसाइ गरे । अब अर्का पर्धानमन्तरी भा’छन् बोली नै बुझिदैन । जस्तोसुकै आपत्तविपत्त पर्दापनि तीन बर्ष ४ महिना नेपाली जन्ताले कहिल्यै रुनु परेन । खप्रओले मुख वाए कि हँसाइ शुरु भइहाल्थ्यो । तिन्का बाजेलाई उखान टुक्का पनि कति साह«ो आएको हो ? वाल्वाटार छाड्ने बेलामा नि एक पोज हँसाउलान् भन्ने थियो । नबोली चल्दिए । यसैमा नेप्लिज जनतालाई खल्लो लाग्या छन् । अब अदालतका पर्धानमन्तरीले के हँसाउलान् ? बहिराले गीत गाउँदा आफैले सुन्दैनन् भनेझै आफूले बोलेको बोली आफैले नबुझ्नेले अरुले के बुझ्लान् ? क्यार्नु नेपालीको दुर्भाग्य ।
उच्च ओहोदामा पुगेको देख्नै नहुने
थुतुनोले भट्याउने बेलामा महिला अधिकारको कुरा गर्ने, महिला समानताको कुरा गर्ने तर व्यवहारमा ताक परे तिवारी नत्र गोतामेको व्यहोरा देखाउने भएसी फुइøयाँको महिलाको उत्थान हुन्छ । अब हेरम न सुशिला कार्की प्रधान न्यायाधीश हुँदा भकभके काजी अर्काको घर भत्काउन चण्डाल प्रचण्डाउले आफनो अनुकूल फैसला नगरेको भन्दै महाअभियोगको प्रस्ताव संसदमा दर्ता गराए । कमसेकम भकभके काजीले त सोच्नु पथ्र्येा, चण्डाल प्रचण्डाउलाई त बाल मतलब थियो र ? अब अहिले नेपालको सर्वोच्च पदमा बसेकी विद्या भण्डारीलाई अविश्वासको प्रस्ताव माने महाअभियोग लगाएर हँटाउने खेलको शुरु भएको छ । यी दुईले महिलाहरुले उच्च पदमा पुगेको त देख्नै पो नहुने रै’छ । यिन्का कन्पारोमा कति साह«ो ईष्र्या हो । घण्टाघर पनि अलमल्लमा पर्न थाल्या छ ।
कानुनमन्त्रीको च्याखे दाउ
भोजपुर छाडेर सुनसरीका काँग्रेसको भाग खान खाएका ज्ञानेन्द्रबहादुर कार्की यतिबेला खप्रओले नियुक्ति गरेका बीपीका उपकुलपति ज्ञानेन्द्र गिरीलाई जोगाउने च्याँखे दाउमा लाग्या छन् । यदाकदा आफना नन्दीभृंगीहरुसँग आएर बीपीको गेष्ट हाउसमा गिरीबाट आतिथ्य सत्कारपाउने, खर्चबर्चको जोहो हुने भएसी कार्की यतिबेला लगौटी कसेर गिरीलाई जोगाउन लागिपरेका छन् । बीपीको नामको प्रतिष्ठान जोगाउन डाक्टर नर्स, कर्मचारीहरु ३७ दिनदेखि आन्दोलन गरिरा’छन् । तर कार्की भने गिरीलाई पिँठ्यमा बोकेर हिँड्न थाल्या छन् । भ्रष्टलाई बोकेर हिँड्ने पनि भ्रष्टै हुन्छ भन्ने कुरा कार्कीले बुझेर बुझ पचाएका हुन् । आन्दोलनको रापले गिरी त बढारिन लाग्या छन् । संगसँगै कार्की पनि सुनसरीबाट बढारिएलान् जस्तो पो छ । स्यालबहादुरको आडमा तिन्ले कुन फुइँ देखाएको होला ?
पागल कुत्ताले टोक्या छ र ?
अदालतले पर्धानमन्तरी बनाइद्या स्यालबहादुर यतिबेला विश्वासको मत माग्दै चिहानबाट व्युँतिएका सांसदहरुको घर घरमा धाए । आखिरी उनले विश्वासको मत पु¥याएरै छाडे । ३० दिनभित्र विश्वासको मत नपाएको भए गन्हाउने थुतुनो लिएर बुढानिलकण्ठ फकनु पर्ने बाध्यता थिये । जसपाका सांसदहरुले विश्वासको मत नदिने, स्यालबहादुरलाई विश्वास मत दिन आफूहरुलाई बहुला कुकुरले धरेके छ भन्दै हिडेका थिए । तर अहिले भकभके काजीको यो चिन्ता हटेर गएको छ । यदि विश्वासको मत नपाएको भए अदालत जो थियो । विश्वास मत नपाएको भए खरक्क आफू नियुक्त गरेको महान्यायाधिवक्ता मार्फत विश्वासको मत दिलाई पाम भनेर रिट हाल्ने तयारीमा स्यालबहादुर पुगेका थिए । विश्वासको मत नपाए पनि रिट हालेपछि त उनको आकांक्षा अवस्य पूरा हुने थियो । अहिले सबै ठीकठाक भयो, लन्टै साफ भयो कि कसो हौ ?
महाकुलंघकार नेतालाई के गर्ला
वाल्वाटारको ललिता निवास जग्गा प्रकरणमा मुख्य नाइके माकुने आच्या महाकुलंघार नेतालाई विशेष अदालतले, अख्तियारले साँढलाई डामेर छोडेझै छोड्या हो कि क्या हो ? अस्तिका दिन नेप्जिल काँग्रेसका उपभसभापति विजयकुमार गच्छदारले जग्गा अपचलनको सम्पूर्ण ग्रायन डिजाइन माकुने भएको बयान दिइसकेका छन् । माकुनेले ललित निवास प्रकरणमा गतिलै व्यवस्थ ग¥या थिए । उन्ले आफ्ना विरुद्धमा मुद्धा नचलाउन अख्तियारका तत्कालीन प्रमुन नविन घिमिरेलाई चेतावनी द्या थिए । वाल्वाटार जग्गा काण्डमा मुछिएको कैयौ फरार छन्, कैयौले अदालतमा धरौटी बुझाएर छुटेका छन् । अनि माकुनजस्ता नेताचाहिँ कानून भन्दा माथि हुन् ? होला पनि स्यालबहादुलाई पर्धानमन्तरी बनाउने प्रमुख खलपात्र तिनै हुन क्यारे ।
अन्तेमा
यसपटकको साउन १ गते नेपाली जन्ताले भुुसुक्कै बिर्सिएछन् । साउन १ गते के गर्नुपर्छ भनेर विर्सिएको देख्दा घण्टाघरलाई आश्चर्य लाग्या छ । साउन १ गते माने लुतो फाल्ने दिन । वितेको बर्षहरु जस्तै धुरी कटाएर लुतो फाले । यो नै महाभूल भयो । यसपटक आफ्ना छरछिमेकमा भएका दलाल नेताहरुको, स्थानीय नेताहरुको, स्थानीय नेताहरुको, स्थानीय जनप्रतिनिधिहरुको, प्रदेशसभा सदस्ये,संघीय सांसदका सदस्येहरुको घरैभित्र छिर्ने गरी लुतो फाल्नु पथ्र्यो । क्या गल्ति गरे गरे । यसको गर्दिएको भए उनीहरुले कन्याइको मजा त लिन्थे ।
