धरान÷नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८ औ जन्म जयन्ति धरानमा समेत एक विशेष कार्यक्रमका साथ मनाइएको छ ।
वि.ं १८७१ साल असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मनु भएका आदिकवि भानुक्त आचार्य नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कवि हुने । २०८ बर्ष अगाडि उदाएका नेपाली वाङ्मयका ज्योति भानुभक्त आचार्य राणाकालीन संकटपर्ण, अस्तिर वातावरणभित्र रामको अदर्श श्रृष्टी गर्ने एक महान मार्गदर्शक हुन् । मनुस्य जीवन र सम्पूर्ण संसारका प्रतीक रागीवन र मृत्युका प्रतीक रामको राजमहलबाट वनवास यात्रा लोकहितका लागि जस्तो पनि काम गर्नुपर्छ भन्ने आदर्श आचार्यले प्रचार गरे । हजारौ बर्षदेखि पूर्र्वीय जगतमा उपजीव्य बनेको प्रतिनिधि ग्रन्थ रामायणको नेपालीमा पुनर्जन्म गराउन भानुभक्त आचार्य सफल हुनु भएको थियो ।
नेपाली लेखक संघको आयोजनामा सम्पन्न भानु जयन्तिका अवसरमा धरानको भानुचौकमा रहेको भानुभक्तको प्रतिमामा धरान उपमहानगर पालिकाका प्रमुख तिलक राई लगायतका श्रष्टाहरुले , प्राध्यापक, बुद्धिजीविहरुले माल्यार्पण गरी भानुभक्तलाई सम्झदै उनले नेपाली साहित्यमा पु¥याएको योगदानको चर्चा गरेका थिए । नगर प्रमुख राईले भानुभक्तीय रामायणका केही श्लोकहरु पाठ गर्दै धरानमा आज बसोबास गर्नुुहुने सबै माइग्रेट भएर आउनु भएका भएपनि धरानको साहित्यिक क्षेत्रमा, शैक्षिक क्षेत्रमा योगदान पु¥याउनु भएको बताउनु भएको थियो । नेपाली लेखक संघ जिल्ला कार्यसमिति सुनसरीका अध्यक्ष प्रा.डा. गोपाल भण्डारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कवि सिद्धिचरण शर्मा, आनन्द आचार्य, प्रा.डा. गोविन्द सुब्बा लगायतले पनि भानुभक्तको नेपाली साहित्यमा उच्च स्थान रहेको बताउनु भएको थियो भने सञ्चालन प्रा.डा. महानन्द तिम्सिनाले गर्नुभएको थियो ।
