पर्यटकीय गन्तव्य स्थल ओझेलमा

धरान÷सरकारले पर्यटकीय सम्भावना बोकेको स्थलको प्रचारप्रसार गर्दै पर्यटकीय गन्तव्य बनाउने लक्ष्य लिए पनि धेरै यस्ता गन्तव्य छन् जहा सरकारको आखा सम्म पुग्न सकेको छैन । यसको प्रत्यक्ष उदाहरणे रुपमा लिने हो भने मोरङ जिल्लाको केराबारी गाउँपलिकामा पर्ने आसपासका पर्यटकीय क्षेत्र भने अझै ओझलमा छन् ।
मोरङ जिल्ला केराबारी गाउँपालिका भए पनि सुनसरीको धरानबाट नजिकमा पर्ने याङशिला र चिउरी भन्ज्याङ पर्यटकीय गन्तव्य बन्न सकेको छैन । यस क्षेत्रका आसपासका क्षेत्रहरु मौसम अनुकुलसँगै रमणीय स्थल भएपनि यी क्षेत्रमा सरकारी आँखा नपुग्दा रमणीय स्थल भएपनि ओझेलमा परेका छन् । यो क्षेत्रमा सडक सञ्जालले छोए पनि कच्ची सडकका कारण बर्षाद्को समयमा त्यहाँ पुग्न नै कठिन हुन्छ । छिनछिनमा मौसम बदली भइरहने चिउरीबासको विशेषता नै हो ।
तराईबाट नजिक यो क्षेत्र समुन्द्र सतहबाट ८ सय ५० मिटरको उचाईमा रहेको यो चिउरी भन्ज्याङ सरकारी वेवास्ता कारण ओझेलमा परेको स्थानीयहरु बताउँछन् । विगतमा चिउरीका बोटहहरु धेरे हुने गरेका कारण चिउरी भन्ज्याङ नाम राखिएको त्यहाँका स्थानीयहरु बताउछन् । तराइको भूमिबाट ४ किमी दूरीको यात्रा गर्ने वित्तिकै आइपुग्ने यो स्थान कच्ची सडकका कारण पुग्न कठिन हुने गरेको छ ।
चिउरीभन्ज्याङ वरिपरि थुम्का, टाकुरे, सप्तकन्या गुफा, सिद्धथुम डाडा र तामाझर्ना यस क्षेत्र रमणीय पर्यटकीय स्थल हुन् । यो ठाउँको सुन्दरता अनुसार यसलाई पर्यटकीय गन्तव्य बनाउन
सरकारी लगानी नभएको स्थानीय रमेश कट्टेल बताउनुहुन्छ ।
यस्तै भनाई याङशिलाबासीको समेत रहेको छ । समुन्द्र सतहबाट १ हजार २ सय ४० मिटर उचाईमा रहेको पहाडी क्षेत्र पनि अत्यन्तै रमणीय रहेको छ । यस क्षेत्रमा समेत लगानी कम भएको स्थानीय बताउँछन् । यस क्षेत्रम पर्ने जगरे डाडा, दुम्से डाडा लगायतका स्थान पर्यटकीय सम्भावना बोेकेको भएपनि स्थानीय सरकारले समेत वेवास्ता गरेको स्थानीय धनबहादुर राई बताउँछन् । सरकारले पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न भ्रमण बर्ष २०२० घोषणा ग¥यो, घोषणा हुने वित्तिकै कोरोना भाइरसका कारण लकडाउन भएपनि घोषणापत्र घोषणापत्रमै सीमित रहयो । त्यसपछि अझ पर्यटकीय क्षेत्रमा सरकारले लगानी नै गरेको छैन । विगतमा पनि भ्रमणबर्ष घोषणा गर्दा याङशिला र चिउरी भन्ज्याङजस्ता क्षेत्र ओझेलमै थिए । अब भने सरकारी स्तरबाट यस्ता पर्यटकीय क्षेत्रको लगानी बढाउन आवश्यक छ ।

तपाईको प्रतिक्रिया