खप्रओको हैसियत चाहियो रे
आँची गर्नेलाई भन्दा देख्नेलाई लाज भनेझैँ ती पुतलीजुँगे विगडल नेता माकुनेले त्यस्तो के भन्या हँ ? प्रचण्डाउको गर्भाधारण गरेर घरजम गर्न नसकी पूरानै घरमा फर्कन फर्कन लाग्या माकुन्याउलाई पर्धानमन्तरी खप्रओकै हैसियत चाहियो रे । सित्तिैमा पार्टीको अध्येक्षे बनाइ दिनुपर्ने रे । हुन त माकुन्याउको सित्तैमा खाने र लिने बानी जो प¥या छ । पहिला पनि दुई ठामबाट चनाउ हा¥या बेला नि पर्धानमन्तरी पड्काएको विचरालाई झल्झल्ती याद आएर होला महाधिवेशनमा पराजित भए नि उन्लाई अध्येक्षे चािहयो रे । हामी यता छम भनेर कुखुरे छातीमा बोर्ड झुण्ड्याएर सुटबुट लगाएर सडकमा बस्दा खुबै विधि र प्रक्रियाको रटान दिन्थे । भित्री गाँठी कुरा त बल्ल बुझिदै छ । विचरालाई मुÏतको अध्येक्षे चाहिया रैछ । विधि र प्रक्रिया मारो गोली कि कसो हौ माकुन्याउ ?
माउवादी दल चैट हुदै
छविलाल, पुष्पकमल आच्या प्रचण्डाउको माउवादी पार्टी निर्वाचन आयोगबाट खारेज हुनुपर्छ भन्दै पूर्व माउवादीहरुले उजुरी दे’छन् । आजीवन अध्येक्षे भएर कुम मर्काउँदै खुट्टो हल्लाउँदै आएका प्रचण्डाउलाई यतिबेला कम्ता पीर प¥या छैन । विचराले तोरीकै फूल देख्या छन् । अशतिहरुले आजीवन अध्येक्षे खान नदिने भए । नौ बर्षदेखि महाधिवेशन नगराएकोले माउवादी पार्टीलाई खारेज गर्न आफ्नै कोखबाट जन्मिएकाहरु हात धोएर लागेसी विचराको दिनको चैन र रातको निन्द्रा दुवै गायव भा’छ । आखिरी १७ हजार किडा मकौडाजस्तै मारेर आएका प्रचण्डाउ न ठहरिए । उन्ले ती अस्तिका दिन निर्वाचन आयोगलाई दह«ै धम्की दिएछन् । आफ्नो पार्टीसँग कुनै सरोेकार नराख्नेहरुले खारेजीको माग ग¥या हुन् । खबरदार आफ्नो दलको दर्ता खारेज गर्लाउ रे । प्रचण्डाउले अलि बुद्धिचाहिँ नपु¥याएकै हो बरु पार्टीको विधान परिवर्तन रगेर आफू आजीवन अधयेक्षे हुने प्रावधान राखिदिए त लन्ठै साफ हुने थियो । त्यसपछि त जो सुकैले उजुर गरुन कि बाजुर गरुन् ।
पेट्रोल पम्प र ट्यांकर बन्द गर्ने रे
पेट्रोलियम पदार्थमा बढेको मूल्य घटा भनेर आठ हो कि ६ वटा विद्यार्थी संगठन आन्दोलनमा उत्रिएको देख्दा घण्टाघरलाई ताजुब लाग्या छ । अर्थ न बर्थ गोविन्द गई टाउको दुखेको औषधि नाइटोमा लाई भन्या यही हो । विद्यार्थीहरुले त स्कुल कलेजबाट फि बढायो, पुस्तकहरुको मूल्य बढायो भने पो आनदोलन गर्ने हो त, यातायात व्यवसयीहरुले गर्नुपर्ने आन्दोलन विद्यार्थीहरुले गर्दा अलि हजम भए जस्तो लागेन । अर्काको कार्यक्षेत्रमाथि हस्तक्षेप गर्नु त मरिगए नि सोभनीय कुरा हैन, पेट्रोलको मूल्य नघटाए पेट्रोल पम्प र पेट्रोल बोक्ने ट्यांकरहरु बन्द गर्ने । हुदा खाँदाको माग पो राख्नुपर्छ त । हुन त यहाँ सबै कुरा उल्र्टै चल्या छन् विद्यार्थीले नि त्यही गर्ने होलान ।
राम राम सत्तरीवटा घर
प्रचण्डाउलाई सबैले कम्ता हेप्या थेनन् । तीन कट्ठा जग्गा र एक तोला सुन भन्दा केही छैन विचराको भन्थे । तर प्रचण्डाउको त काठमाण्डौमै ७० वटा घर रै’छन् । एक तोला सुन र तीन कट्ठे भनेर अब पनि हेप्नी । धन्न बालकृष्ण वकिल साहेवले बेलैमा यो कुरा बाहिर ल्याइदिए । हुन त प्रचण्डाउ एउटा नाटककार नै हुन् । द्वन्द्वकालमा पनि बरु चमडी जाओस दमडी नजाओस भन्थे । त्यसबेला लुटको सम्पत्तिको विचराले राम्रै व्यवस्थापन ग¥या रै’छन् । ७० वटा घर भएका प्रचण्डाउचाहिँ आफू भैसीपार्टीतिर भाडाको घरमा बसस्या छन् । हात्तीको देखाउने र लुकाउने दाँत त्यसैै भन्या हैन नि । टाँगाको घोडाको जस्तो बुद्धि भा’का कार्जेकर्ताहरुले ७० वटा घरको कुरा ज्यान गए पनि पत्याउदैनन् । ७० वटा घरको भाडा थप थप उठायो बातै खलास । जे होस् प्रचण्डाउले बुद्धिचाहिँ बेलैमा पु¥याएका हुन, मान्नैपर्छ वा
काङ माङको चुनाव चिन्ह खारेज
निर्वाचन आयोग पनि यतिबेला सानो भुर्न हत्तेमा प¥या छैन । कहिले माउवादी पार्टीको दर्ता खारेज गर भनेर कोही पाखुरा सुर्कदै निर्वाचन आयोगमा पुग्छन्, कोही हामी अधिकारिक पार्टी हौ भन्दै धोती उचालेर निर्वाचन आयोगमा पुग्छन् । अब त हुँदा हुँदा नेप्लिज लाँग्रेसको र झालेमाले माने काङ्ग र माङ्गको चुनाव चिन्ह खारेज हुनुपर्छ भन्दै भर्खरै जन्मेको नयाँ पार्टीले उजुरी गरेछ । रुख, सूर्य प्रकृतिमा हुँदा प्रकृति कुनै दलको चुनाव चिन्ह हुनुहुँदैन रे । यसो गमेर ल्याउँदा कुरो ठीकै पनि हो कि क्या हो ? अरु राजनैतिक दलालाई चाहि बिर्खे टोपी, ज्वारीकोट, फुटेको चश्मा, लौरी, केराको कोसो, चर्खा, बालक,पानीको गिलास, गाग्री, अंखरा, लोटा, जाँतो, सिलौटा, घडी, झोलेंगे पुल, मान्छे, आइमाइ, चुरा, टोपी द्या छ कसैलाई प्राकृतिक कुराहरु पहाड, हिमाल, जंगल, खोला ,झरना, ताल दिएको छैन । रुख र सूर्य पनि प्राकृतिक हुन यो कसैको चुनाव चिन्ह हुनै सक्दैन रे नयाँ पार्टीले भन्या । अबचाहिँ निर्वाचन आयोग फन्दामै परेजस्तो छ ।
कति ईष्र्या ग¥या होला
गनतन्त्र भन्या एउटाले ल्वामकी ल्वाम डकोर्न अनि त्यसरी डकार्न नसक्नेले आकाशै झारुम्ला गरेर सडकमा उफ्रने व्यवस्था हो कि क्या हो ? अब हेरम न पर्देश नं. १ का मुखमन्तरीले तीन करोड १९ लाखको गाडी चढे, ९० लाखको गाडी श्रीमतिलाई सब्जी किन्न राखिदिए, काठमाण्डौमा महिनाको ३ लाख घर भाडामा लिएका छन्, करोडौको सेवा सुविधा लिएका छन् भनेर एकथरिले चिच्याएका आजदेखि हैन । तर मुखमन्तरीलाई चिच्याउनेहरुसँग बाल मतलब छैन । हुन त खानलाई पनि खप्पराँ लेखेर आउनुपर्छ । विचरा मुखमन्तरीले भर्खरैं विवाह गरेका छन् । मुखमन्तरी भएको रवाफ पनि देखाउनै प¥यो । एक्लै खाए, एक्लै मस्ती लुटे भनेर किन ईष्र्या गर्नु ? मौका पर्दा यहाँ कस्लेचाहिँ बजाएको छैन ? सबै मुख, पेट भाकै छन् क्यारे । बात कराता है ।
सर्पनाथले उपचार खर्च नलिने रे
शरीरका दानादुनी सुन्निने, हप्याक हप्याक हुने विरामीले छोपेपछि सर्पनाथ खनाललाई उपचार गर्न दिल्लीतिर लगिएको छ । सत्ताको आडमा अकूत आर्जेका, सर्व पाल्न राज्यको ढुकुटीबाट ७२ करोड झयाम्मै लिएका सर्पनाथको उपचार खर्च राज्यले व्यहोर्न व्यहोर्न लाग्या थियो । चौतर्फी विरोध भएपछि सर्पनाथले वडो आदर्श छाँटेर भनेछने राज्यको खर्च लिन्न । विचराको मन कति कटकटी खाएको होला पैसा लिन्न भन्दा । हल्ला नगरिकन सट्याकसुटुक दिएको भए नि त हुन्थ्यो । राज्येले व्यहोर्छ भनेर डंगा नपिट्या भएपनि त हुन्थ्यो । पर्धानमन्तरी भएका बेला अरबौ लुटेर दुई चार वटा उद्योग समेत खोलेका खनाल बालाई केचाहिँ नपुग्दो छ र ? जे होस् लोकलाजले लिन्नसम्म भन्देछन् । तर सुटुक्क लिएरै छाडेछन् ।
अन्तेमा
नेप्लिज लाँग्रेसका भकभके काजी अच्या स्यालबहादुले पार्टी नै सिध्याउलान जस्तो पो देखियो त गाँठे । सत्ताका लागि कँग्रेसका कुनै पनि नेताहरुले कमनिष्ठा भएका कम्युनिस्टहरुसँग हातेमालो गरेनन् । तर स्यालबहादुर पार्टी जाओस भाँडमा तर पर्धानमन्तरीको कुर्सीमा थचक्क बस्न पाए पग्यो भन्दै प्रचण्डाउ, माकुनेसँग नारिएर हिडेपछि यसपटक ५० हजार काँग्रेसका कार्जेकर्ताले क्रियाशील सदस्ता नै नवीकरण गराएनन् छन् । अघिल्लो बर्ष ४ लाख ७० हजारले नवीकरण ग¥या थिए । यसपटक ४ लाख २० हजारले मात्र नवीकरण गरेछन् । काँग्रसलाई नयाँ उचाइ दिन्छु भन्दै फेरि सभापतिमा उठ्न खोज्या स्यालबहादुरले उचाई त होइन धसाइ पो देलान् जस्तो छ ।
