भारतको पश्चिम बंगालमा टिएमसीको गुण्डागर्दी : विजेपीका विद्यायक र कार्यकर्ता घाइते

पश्चिम बंगाल (भारत)÷गएको विधानसभाको निर्वाचनसँगै भारतको पश्चिम बंगाल राज्यमा भारतीय जनता पार्टी र पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता वनर्जी नेतृत्वको त्रिणमुल कँग्रेस
(टिएमसी) बीचको झडपका घट्ना अहिले पनि जारी छ ।
आषाढ २० गते आइतबार दुवै पक्षबीच लगातार विभिन्न स्थानमा ठूला ठूला झडपका घट्नाहरु भएको समाचार प्राप्त भएको छ । निर्वाचन भन्दा अगाडि र निर्वाचन पश्चात भएका झडपबाट घाइतेहरुको घाउ सुक्न नपाउँदै त्यस्ता हिँसात्मक झडपहरु हुन थालेका हुन् ।
पश्चिम बंगालको वांकुरा भन्ने स्थानमा भएको झडपले एकपटक पश्चिम बंगालको ममता वनर्जीको राजनीतिलाई सबैका सामू नराम्रोसँग बाहिर ल्याइदिएको छ । वाँकुरामा आइतबार साँझ दुवै पार्टीका कार्यकर्ताबीच भएको झडपमा सत्तारुढ भारतीय जनता पार्टीका ६ जना र त्रिणमुल कँग्रेसका चार जना कार्यकर्ताहरु गम्भीर रुपमा घाइते भएका छन् ।


आइतबार पश्चिम बंगालको सोनामुंखी भन्ने स्थानमा भारतीय जनता पार्टीको कार्यक्रम सञ्चालन भइरहेको थियो । भाजपाको कार्यक्रम रोक्न त्रिणमुल कंग्रेसका सैयौ कार्यकर्ता हातमा लाठी र हतियार लिएर कार्यक्रम स्थल पुगेका थिए । उनीहरुले कार्यक्रम रोक्न आयोजकलाई धम्की दिए पनि कार्यक्रम निरन्तर सञ्चालन भएपछि आक्रोशित उनीहरुले अन्धाधुन्ध कार्यक्रम स्थलमा आक्रमण गरेका थिए । भाजपाका कार्यक्रम स्थलमा सहभागी एक कार्यकर्ताका अनुसार सोनामुखीमा भारतीय जनता पार्टीका विधायक दिवाकर घरामी माथि समेत त्रिणमुल काँग्रेसका कार्यकर्ताले आक्रमण गरेका थिए तर त्रिणमुल काँग्रसले विद्यायक माथिको आक्रमण निराधार भएको जनाएको छ ।
यसैबीच घट्ना पश्चात भाजपाका विद्यायक शुभेन्दु अधिकारीले मध्यराती एक ट्वीट गर्दै उक्त घट्नालाई लिएर त्रिणमुल कँग्रेसको त्यस प्रकारको गतिविधिको निन्दा गर्नुभएको छ । उहाँले आफ्नो ट्विटमा लेख्नुभएको छ आइतबार मानिक बजार पंचायत क्षेत्रमा टिएमसीका गुण्डाहरुद्वारा भाजापाका विद्यायक दिवाकर घरामीमाथि भएको हमलाको जति निन्दा गरे पनि कम हुन्छ । हमलामा ७ जना भाजपाका कार्यकर्ता घाइते भएको र हाल उनीहरुलाइ वांकुरा मेडिकल कलेज अस्पतालमा उपरार्थ भर्ना गरिएको छ ।
दुवैपक्षबीच भएको उक्त घट्नालाई लिएर अतिरिक्त प्रहरी अधिक्षक गणेश विश्वासले भने आफूलाई त्यस्तो घट्नाको कुनै जानकारी छैन । अर्कोतर्फ सोही घट्नालाई लिएर भाजापाको विष्णुपुरका आयोजन जिल्ला अध्यक्ष सुजित अगस्तीले भने सांसद घरामी माथि शारीरिक हमला भएको थिएन उनले ठोकुवाका साथ भने मानिक बजार पंचायत क्षेत्रमा आइतबार साँझको एक बैठकमा भाजापाका कार्यकर्ताहरुमाथि सांघातिक हमलाचाहिँ भएको हो ।

तपाईको प्रतिक्रिया