राजधानी÷ज्येष्ठ ७ गते प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको कदमप्रति सर्वोच्च अदालतमा पुनस्थापना सम्बन्धी वहस चलिरहेको अवस्थामा निर्वाचन आयोगले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।
तत्कालीन नेकपाभित्रको आन्तरिक कलहका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले पौष ५ गते पहिलो पटक प्रतिनिधिसभा भंग गर्नु भएपनि सर्वोच्च अदालतले त्यसलाई फागुन ११ गते पुनस्र्थापना गरिदिएको थियो । फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा पूर्ववत अवस्थामा फर्किएपछि पनि एमालेका माधव झलनाथ खनाल आफ्नै सरकारका विरुद्धमा खनिएपछि प्रधानमन्त्री ओलीले दोस्रो पटक प्रतिनिधिसभा भंग गरी कातिक २६गते पहिलो चरण र मंसिर ३ गते दोसो चरणको निर्वाचनको घोषणा गर्नुभएको थियो ।
सरकारले घोषणा गरे अनुरुप निर्वाचन आयोगले कार्तिक २६ गतेको निर्वाचनका लागि असोज २० गते उमेद्वारी मनोनयन र २५ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका सार्वजनिक गरेको हो । यसैगरी मंसिर ३ गते हुने दोस्रो चरणको निर्वाचनका लगि असोज ३१ गते मनोनयन र कार्तिक ५ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका सार्वजनिक गरेको हो ।
