वि.सं २०४६ सालको प्रजातान्त्रिक आन्दोलनसँगै नेपाली काँग्रेसको राजनीतिमा सक्रिय रहनु भएका किशोर राईले समयक्रमसँगै खुलकुद, राजनीति र समाजसेवालाई एक साथ अगाडि बढाउनु भएको छ ।
उहाँको सक्रियता,पार्टी संगठनमा पु¥याएको योगदान, कठीन अवस्थामा पनि समन्वयकारी भूमिका निर्वाह गर्न सक्ने सामथ्र्य राख्नु हुने राईलाई २०५४ सालमा नेपाली काँग्रेसले धरान नगर पालिकाको १२ नंं वडाको वडा अध्यक्षको प्रत्यासी बनायो । त्यसबेला उहाँ अत्याधिक वहुमतले विजयी हुनुभयो । आफू वडा अध्यक्षमा निर्वाचत भएपछि राईले धरानको खेलकुदको विकास, धरानका अव्यवस्थित भूमिहीन सुकुम्बासीहरुको पहिलो पटक लगत संकलन गरी स्थयी बसोबासको व्यवस्था, वडा नं. १२ का बालबालिकाहरुका लागि निःशुल्क शिक्षाको व्यवस्था, राष्ट्रिय एन्फा एकाडेमी धरानमा ल्याउने जस्तो महत्वपूर्ण कार्य गर्नुभएको थियो ।
पार्टीमा उहाँको सक्रियताकै कारण पाँच बर्ष अगाडि उहाँलाई नगर सभापतिको जिम्मेवारी समेत दिइएको थियो । त्यसलाई उहाँले इमान्दारिता पूर्वक निर्वाह गर्ने र संगठन सुदृढ गर्ने काम गर्नुभयो । तेह«ो महाधिवेशनमा नगर सभातिमा झिनो मतले पराजय भागेपनि उहाँ पार्टीको गतिविधि र जिम्मेवारीबाट निस्कृय बन्नु भएन । पाँच बर्षको अवधिलाई उहाँले संगठन सुदृढीकरणकै लागि खर्च गर्नुभयो । यो अवधिमा उहाँले धरानका विभिन्न सडकहरुको योजना ल्याई कार्यान्वयन गराउने, कार्यकर्ताहरुका लागि प्रशिक्षण तथा सीपमूलक कार्यक्रम सञ्चालन गर्ने, धरानको रंगशाला निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने लगायतका दर्जनौ कामहरु गर्नुभएको छ । नेपाली काँग्रेसको आगामी १४ औ महाधिवेशन अन्तर्गत धरान उपमहानगर समितिको सभापतिको उमेद्वारी घोषणा गर्नुभएका राईसँग यसपटक हामीले यही पेरिफेरीमा केन्द्रित भएर वार्ता गरेका छौं ।
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हुन लागेको धरान उपमहानगर समितिको सभापतिमा तपाइले आफनो उमेद्वारी घोषणा गरिसक्नु भएको छ । कस्तो छ त यहाँको तयारी ?
–तयारी मैले भन्दा पनि साथीहरुले जोडतोडले गरिरहनु भएको छ । हिजोको दिनमा पनि म र नेपाली काँग्रेसका साथीहरु सदैव संगठन विस्तारकै लागि लागेको सबैलाई थाहै छ । अहिले यो १४ औं महाधिवेशन अहिलेसम्मको विचार, संगठन, परिवर्तन लगायतका कुराले भिन्न छ । हाम्रो काम गर्ने शैली, प्रक्रिया सबैलाई महत्व दिएर यसपालि र भावि दिनका लागि समेत सोच बनाएर एकताको र सबैको अधिवेशन बनाउन खोजिरहेको छु । बलियो, मजबुत संगठनको रुपमा समुहिक नेतृत्वलाई पहिलो प्राथमिकतामा राखेको छु । पारदर्शिता, पार्टीभित्रको शुशासनलाई प्राथमिकतामा राखेको छु । नेपाली काँग्रेसलाई धरानबाट बलियो संगठन बनाउने मेरो लक्ष्य छ । अहिले म पार्टीभित्रको सबै तह र तप्काका साथीहरु, अग्रजहरुसँग छलफल गरिरहेको छु । यो अधिवेशनलाई ऐतिहासिक रुपले सफल बनाउने तयारीमा म लागेको छु ।
१३ औं महाधिवेशनमा पनि तपाई नगर सभापतिको एउटा बलियो प्रत्याशी हुनुहुन्थ्यो तर झिनो मतले पराजित हुनुभएको थियो । झण्डै ५÷६ बर्षको अवधिमा तपाईले पार्टी संगठनका लागि के के गर्नुभयो ?
–त्यसबेला मेरो टिम सामान्य मतले पराजित भएपछि हामीले त्यो अवधिमा कुनै बलियो भूमिका पाएनौं । यद्यपि, हामी बाहिर रहँदा पनि विभिन्न खेलजगतको कुरादेखि लिएर, विभिन्न प्रकारका समस्यामा रहनु भएका काँग्रेसका कार्यकर्ताहरुलाई परेका कुरामा सक्रिय भइरहे । चाहे त्यो आन्तरिक समस्या हुनसक्छ, विकासका कुरा हुन सक्छ । त्यसमा मैले दत्तचित्त भएर सबैलाई सबैको आवश्यकता अनुसार मैले भ्याएसम्म सहयोग गर्दै आएको छु । सबैले मलाई किशोर राई कुनै जिम्मेवारीमा नभएपनि गएर भनिसकेपछि उहाँले सहयोग गर्नुभएको छ भन्छन् । मलाई पनि त्यसरी काम गर्दा पदमा नभए पनि आत्म सन्तुष्टि प्राप्त भइरहयो । जसले गर्दा म पार्टीमा सक्रिय भइरहे । नेतृत्वमा नहुँदा पनि मैले पार्टीको काम गरिरहेँ । त्यसबेला मैले धेरै वडामा विकास निर्माण, नगरपालिकालाई दबाब दिएर बजेट विनियोजन गर्न, पार्टीका धेरै क्रियाकलापमा मैले सहयोग गरिरहेको छु ।
धरान उपमहानगरपालिकाको उप निर्वाचनमा तिलक राई (जसले पहिलो निर्वाचनमा हारीसकेपछि मैले शुरुमै विवाद नगरी म लड्दिन है तपाइहरु लड्नुस भनेर बाटो क्लियर गरिदिएँ । त्यसपछि चुनावको बेलामा शायद नेपालमै भएन होला मैले त्यस्तो उदाहरणीय काम गरे जस्तो लाग्छ मलाई । उमेद्वार तिलक राईको घरमा बरु टेन्ट थिएन तर मैले मेरो घरमा टेन्ट टाँगेर एक महिनासम्म, हरेक मान्छेलाई दिउँसो, राति जसले चुनावमा खटे उनीहरुलाई आवश्यकता अनुसारको सहयोग गरे । विभिन्न पार्टी, सार्वजनिक संघ संस्थामा बसेका भिन्न विचार भएकाहरुलाई लभिङ गरेँ । उमेद्वारलाई जिताउने मात्र होइन पार्टीमा कर्यकर्ता यसरी लाग्नु पर्छ भन्ने सन्देश दिएँ । यो पाँच बर्षमा मैले पार्र्टीमा क्रियाशीलता देखाएँ । पार्टी भनेको, राजनीति भनेको खहरे जस्तो होइन । एउटा समयमा आएर बग्ने र एउटा समयमा सुक्ने जस्तो हुनु हुँदैन । राजनीति भनेको सप्तकोशी जस्तो निरन्तर बगिरहने हुनुपर्छ । हामी पार्र्टीमा आवद्ध कार्यकर्ता निरन्तर लागि रहनुपर्छ । यो पाँच बर्ष म त्यसै बसिनँ निरन्तर आवश्यकता अनुसार लागि रहेँ ।
यो पाँच बर्षमा तपाईले उदाहरण दिँदा कस्ता कामलाई उदाहरण दिनुहुन्छ ?

–मैले गरेका कामहरु विभिन्न टोल, सुकुम्बासी बस्तीमा गएर हेर्दा पनि देखिन्छ । मैले भौतिक पूर्वाधारमा, अप्ठेरो पर्दा आर्थिक सहयोग, भौतिक पूर्वाधारको सहयोग गरेको छु । बरुण टोलमा रेलिङ्गको काम आफनै खर्चले बनाइदिएँ । बरुण टोलमा जाने बाटो अत्यन्तै अप्ठेरो छ । बाल बालिका बृद्धबृद्धा लड्ने अवस्था थियो अहिले सहज भएको छ । त्यस्तै वडा नं. १६ को सुकुम्बासी बस्तीमा जालीहरु प्रदान गरेको छु, त्यस्तै मजदुर संघलाई कोभिडले अप्ठेरो परेको महसुस गरेर २० हजार राहतको लागि दिएँ, त्यसैगरी नगरपलिकाबाट पनि सहयोग उपलब्ध गराइदिएँ । चार पाच सय मजदुरले राहत पाएका छन् । धरान उपमहानगरपालिकाका वडा न. ८ का एक नेपाली काँग्रेसका कार्यकर्तालाई उपचारका लागि आफैले आर्थिक सहयोग गरे । त्यस्ता दर्जनौ काम मैले पाँच बर्षको अवधिमा गरेको छु । त्यसको मूल्यांकन साथीहरुले गर्नुभएको छ । यतिमात्र होइन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धेरै मानिसको उपचारमा व्यक्तिगत सहयोग, अस्पताललाई भनसुन गरेर सहयोग पु¥याएको छु । त्यहाँ मेरो मान्छे पनि भएकोले मलाई सहयोग गर्न सहज भएको छ । मैले पहिलेदेखि नै सामाजिक ढंगले, सेवामुखी ढंगले काम गर्द आएको छु । मैले एकदमै हाइलेवल र ग्राउण्ड लेवलमा काम गर्दे आएको छु । हाइलेवल र ग्राउण्ड लेवलको काम गर्दे आएको हुँदा सोही अनुसारको काम गर्न सहज भएको छ । पार्टीमा दैनिक समस्या भएका कार्यकर्ता धेरै छन् ।
यसभन्दा अगाडि तपाईले नगर सभापतिको जिम्मेवारी सम्हालिसक्नु भएको छ । फेरि पनि सभापतिमै उमेद्वारी दिनुको कारण के होला ?
–आज किशोर राईले धरान उपमहानगर समितिमा सभापतिको उमेद्वार दिनुको प्रमुख कारण धराने जनताको माग हो । अधिकांश कार्यकर्ताहरु मकहाँ आएर वर्तमान नेतृत्वले पार्टीलाई चलायमान बनाउन सकेन, पार्टी सकियो, पार्टीलाई एकांकी ढंगले चलाए, स्वार्थको टकराव भयो, व्यक्ति व्यक्तिको स्वार्थ भयो भनेर गुनासो गर्दे आउनु भयो । किन स्वार्थ भयो ? त्यसपछि मैले सबैलाई मिलाउन सबैका लागि सोच्ने, समन्वयकारी नेतृत्व चाहिन्छ भन्ने मलाई पनि लाग्यो । आम कार्यकर्ताले गरेको बारम्बारको आग्रह पश्चात नै मैले उमेद्वारी दिने निर्णय गरेको हुँ । धरानका काँग्रेसका कार्यकर्ताको मात्र नभएर अन्य पार्र्टीका सार्थीहले पनि किशोर राई जस्तो समन्वयकारी भूमिका निर्वाह गर्न सक्ने मान्छे आगामी नेतृत्वमा आउनुपर्छ भनेर आग्रह गर्नुभयो । समाजसँग समर्पित भएर हेन्ड टु हेन्ड काम गर्न सक्ने मान्छे नै किशोर राई हो भनेर सबैबाट अनुरोध आएपछि अहिले मैले उमेद्वारी दिएको हुँ । अब नेपाली काँग्रेसलाई उचाइमा पु¥याउनुपर्छ भन्ने लाग्यो । धेरै बर्षपछि धरान उपमहानगरपालिकाको जिम्मेवारी पाएका छौं त्यसलाई आगामी दिनमा निरन्तरता दिन आवश्यक छ । तिलक राई एक पटक आयो अब सकियो भन्ने हैन । तिलक राईले केही राम्रो काम पनि गरेको होला, केही कमी कमजोरी पनि भएको होला । त्यो सबै कुरालाई चिरेर अब नेपाली काँग्रेसले धरानलाई देशकै उत्कृष्ट सहर, उत्कृष्ट उपनगरपालिका बनाउने अठोट मैले लिएको छु । त्यसका लागि नेपाली काँग्रेसको संगठनले धरानभरि नै आफ्नो कार्यक्रमहरु लैजान्छ । चाहेँ त्यो वैचारिक होस्, चाहे अन्य कुनै ढंगबाट सञ्चालन गरेर विकासको नयाँ मोडालिटीमा लैजानुपर्छ भन्ने सोच मैले बनाएको छृुु । त्यसकालागि म सँग ठोस योजनाहरु छन् । चाहे त्यो अल्पकालीन होस् चाहे दीर्घकालीन विकासका कामहरुलाई अगााडि बढाउनुपर्छ । कस्ता खालका योजनाले धरानको शाख बढ्छ त्यो काम म गर्छु । मैले धेरै देशहरु घुमेका छु । धरानमा धेरै देश घुम्ने मध्ये मपनि एक हुँ मैले अहिलेसम्म १४÷१५ वटा देश घुमेको छु, एक महिना भन्दा बढी समय त्यहाँ बसेको छु । त्यसबेला त्यहाँको विकासको मोडालिटीको राम्ररी अध्ययन गरेको छु । खासगरी फुटबलको माध्यमबाट विश्व वल्र्डकप हेर्ने मौका पाएको छु । त्यहाँको सहर, समुदाय हेरेको छु । मैले बुढासुब्बा गोल्डकपलाई एउटा ड्रिम (सपना) बनाएर २२ बर्षदेखि निरन्तर हाक्न सकेँ । त्यसैगरी धरानको विकासमा कसरी योजनाबद्ध ढंगले बढाउन सकिन्छ भन्ने योजना मैले बनाइसकेको छु । त्यसैले नगर सभापति बनेर मैले समन्वयकारी भूमिका निर्वाह गर्दे यी यावत काम गर्न सक्छु भन्ने मलाई लागेको छ ।
तपाइले उमेद्वारी घोषणा गरेसँगै धरानका काँग्रेसका साथीहरुमा कस्तो सोच पाउनु भएको छ ?
–वास्तवमा भन्ने हो भने सम्पूर्ण धरानका काँग्रेसहरुमा नयाँ ऊर्जा थपिएकाृे महसुस गरेको छु । उहाँहरु आफै भेला भएर वडावडामा मलाई बोलाउनु हुन्छ । दैनिकजसो सैयौ साथीहरु घरैमा आएर अब नेपाली काँग्रेसले धरानमा नयाँ ऊर्जा प्राप्त गर्ने भयो भन्नुहुन्छ । यसबाटै मेरो उमेद्वारी घोषणाले सबै खुशी भएको पाएको छु । सबैले मैले पेपर मार्फत उमेदवारी घोषणा गर्दा समय सापेक्ष, वैधानिक ढंगले गर्नुभयो भन्नुभयो । अर्को कुरा अब मेरो आगामी कार्यक्रम लिएर आउँछु ।
तपाईका कार्यक्रम के के रहन्छन् ?
–पहिलो कुरा त पार्टीभित्रको आन्तरिक पदीय जिम्मेवारी हाँसिल गर्ने र पदीय जिम्मेवारीमा बसेर पार्टी चलाउने त्यस्तो अधिवेशन हो । यो आम चुनाव हैन । हामी भिन्न विचार भएकाहरुसँग प्रतिष्पर्धा गरिने होइन । काँग्रेस काँग्रेसभित्र पदीय जिम्मेवारी लिएर आउने कुरा भएकोले स्पेशल्ली मेरो कार्यक्रममा के हुन्छ भने मैत्रीपूर्ण रुपमा यसपटकको अधिवेशन हुन्छ । जसले पद पाए पनि पद नपाउने साथीहरुलाई पनि त्यतिकै सम्मान तरिकाले सबैलाई जोडेर, सबैसँग सहकार्य गरेर अगाडि बढ्ने योजना हुन्छ । त्यसमा विशेष गरेर संगठनलाई प्राथमिकतामा राखिन्छ । हिजो जस्तो रेन्डम्ली ढंगले वा मौका पर्दा वा अपरझट ढंगले गर्ने कार्यक्रमहरु वा अपरझट तरिकाले संगठन चलाउने कुरा हुँदैन । अब संगठनलाई स्थायी रुपले चलाउनुपर्छ, बलियो मजबुत ढंगले चलाउने काम हुन्छ । त्यसका लागि बार्षिक सम्मेलन, अर्ध बार्षिक सम्मेलन, वडा वडामा विकासका कार्यक्रमसँगै लिएर जाने गछौै । सांगठनिक कार्यक्रम हामी तय गर्र्छौ । अनिवार्य रुपमा कार्यकर्ताहरुलाई उपस्थित गराई प्रशिक्षणका कार्यक्रम चलाउने काम गर्छौै । कार्यकर्ता माझ मूल्यांकनको कार्य गर्ने, उनीहको प्रोफाइल तयार गर्ने काम गर्छौ । जसले संगठनमा राम्रो काम गर्नु भएको उहाँहरुलाई राजनीतिक सिफरिस गर्ने काम गर्छौै । राजनीतिक सिफरिस राजनैतिक नियुक्ति पनि हुन्छ । सो हुन सकेमा उनीहरुमा थप ऊर्जा प्राप्त हुन्छ । काम गर्नेको मूल्याकन हुँदा काम नगर्नेहरु पनि कामको पाइप लाइनमा आउन बाध्य हुन्छन् । त्यसैले पार्टीको संगठनलाई वैज्ञानिक ढंगले अगाडि बढाउनुपर्छ । अबको राजनीति पार्टी संगठन सुदृढ नै एक मात्र विकल्प हो । मैले भनिसकेको छु सामुहिक नेतृत्व जुन निर्वाचित टिम आउँछ त्यसले गर्ने हो । पारदर्शिता अर्थात हामीले कस्तो काम गरिरहेका छौ त्यो जनतमा प्रष्टसँग आउनुपर्छ । हामीले गर्ने आर्थिक कारोबार बैंक स्टिमबाट गर्नुपर्छ । यसका लागि प्रत्येक वडामा खाता खोल्नुपर्छ । वडामा कार्यक्रम गर्दा खर्चको पारर्दिर्शता देखाउन नेपाल सरकारको पान वा भ्याटमा समेत जानुपर्ने हुन्छ । अब पार्टीले धरानमा अर्थतन्त्रको जगमा बसेर संगठन विस्तार गर्छ । जसले वडाका कार्यकर्ता पनि आर्थिक रुपमा कमजोर नहोउन् । आर्थिकले नै हामीलाई अगाडि बढाउँछ ।
यसका लागि स्रोत साधनको समुचित व्यवस्था हुनुपर्छ । त्यो कहाँबाट सम्भव हुन्छ ?
–धेरै धेरै छन् । हामीले हिजोकै परम्परा धानिरहेका छौं । अब काँग्रेस यथास्थितिमा रहनु हुँदैन । काँग्रेसले धेरै नयाँ कुरालाई अंगीकार गर्नुपर्छ । काँग्रेस भनेको विश्वलाई आश्वस्त पार्न सक्ने पार्टी हो । तर हामीचाहिँ हिजोकै मान्यतामा चलेका छौं । लेवी उठाउने, चन्दा संकलन गर्ने परम्परा अब छोड्नपर्छ । हिजो हामीसँग अपार काम थिएन, धेरै काम गर्नुपर्ने थिएन । त्यतिखेर विचारलाई मात्र अगाडि बढाउनुपर्ने थियो ।
अहिलेसम्म पार्टीैको पद भँजाएर आफ्नो घर व्यवहार चलाउने ट्रेन देखिएको छ, यसलाई मान्नु हुन्छ कि हुन्न ?
–त्यो त छ अब त्यस्ता विकृति विसंगतिलाई हँटाउनुपर्छ । यसलाई एकैपटक समाप्त पार्न नसकिए पनि क्रमिक रुपमा हामी त्यस्ता विकृति हँटाउन सक्छौं । केही समय लाग्ला तर यो विकृति हँट्छ । हरेक हाम्रा कार्यकर्ता बलियो हुनुपर्छ । कार्यकर्ता बलियो भए देश बलियो हुन्छ । यो किसिमको सोच बनाएर अब बढीमा बढी प्रशिक्षणको कार्यक्रम गर्नैपर्छ । राजनैतिक जिम्मेवारी वहन गर्ने बनाउनुपर्छ । यसो हुँदा वा बुझाउन, बुझ्न जरुरी छ । प्रशिक्षण, गोष्ठी, सेमिनार, कार्यशालाहरु सञ्चालन गर्नुपर्छ । हाम्रो मान्छे, हाम्रो कार्यकर्तालाई त्यस्ता कार्यशालामा राजनैतिक प्रशिक्षण मात्र नदिएर वौद्धिक, आयआर्जनका प्रशिक्षण दिन जरुरी छ । रोजगारीका प्रशिक्षण हुन्छ । अव संसार ग्लोबलाइजेशनमा गइसकेको छ । संसार गाउँ जस्तो भएको छ । धरानमा एउटा मात्र राम्रो मान्छे भएर भएन । औसतमा सबै राम्रो हुनुपर्छ । अब पार्टीले एउटा किशोर राईलाई मात्र राम्रो बनाएर हुँदैन किशोर राईजस्तो हजारौ मान्छे बनाउन सक्नुप¥यो । तिलक राई मात्र राम्रो बनाएर हुँदैन । अरु पनि जन्माउनु पर्छ । काँग्रेसमा एउटा बीपी हुनुहुन्थ्यो अब अरु पनि बीपी भएर निस्कनु पर्छ । हिजोको दुनियाँ बेग्लै थियो । हिजो एक जनाको कमाइबाट १० जनाको परिवार पालिन्थ्यो । अब एक व्यक्ति एक रोजगारको कुरा आइसकेको
छ । यो अधिकार राजनीतिले दिन्छ । शिक्षा, स्वासथ्य संसारका सबै देशमा निःशुल्क छ । त्यसैले अब वैधानिक ढंगबाट अगाडि बढ्नुपर्छ । अब नेपाली काँग्रेसलाई मासवेश पार्टी भनेर मात्र पुग्दैन । समयले परिवर्तनको मार्गमा बढ भनिसकेको छ । अब क्याडर्स वेशमा जानैपर्छ ।
तपाईले नगर सभापतिमा निर्वाचित भएपछि गर्ने कार्यको खाका बताइदिनुस् न ?
–त्यो अहिले मैले सर्वजनिक गरिहाल्न मिल्दैन । किनकि अहिले म प्रतिष्पर्धामा छु । तर म यतिचाहिँ भन्छु त्यो मेरो एउटा सिंगो टिमको काम हुन्छ । नेपाली काँग्रेसको मात्र नभएर नगरबासीकालागि हित हुने काम गर्छु । गैर काँग्रेसीकालागि पनि त्यो आहा हुन्छ । केही दिन पर्खनुस् । पर्खाइको प्रतिफल पनि मीठो हुन्छ ।
यो चौधौ महाधिवेशनमा तपाइसँगै अरु पनि नगर सभातिको आकांक्षी देखिएका छन् । यसमा तपाई के भन्नुहुन्छ ?
–म त दुई तीन जना आकांक्षीमात्र नभएर कमसेकम १० जना आकांक्षीहरु नगर हाक्छु भनेर आउनु पथ्र्यो । दश जना आकांक्षी भए सबैले धरानको बारेमा त सोच्ने भए । जे जति आउनु भएको छ प्रतिष्पर्धामा सबैलाई स्वागत । कुनै पनि छलफलमा उहाँहरुको उपस्थितिले बल पुग्छ । हामी आन्तरिक स्वच्छ प्रतिष्पर्धामा छौं । जसले जिते पनि नारा जुलुस हुँदैन । जो आएपनि पार्टी संगठन बलियो बनाउनु भनेर आएको हुनुपर्छ ।
अन्त्यमा लागेका केही कुरा छन् कि ?
–मलाई सही कार्य गर्न सदैव साथीहरुले साथ दिनुहोला । मैले गलत काम गरे मलाई साथ नदिनु होला । पार्टीको संगठन, बलियो बनाउँछु र धरानको काँग्रेसलाई सक्षम बनाउछु भनेर आएको छु त्यसैले मलाई आगामी पँच बर्षका लागि यो अवसर प्रदान गर्नुहुने छ भन्ने करामा मलाई सबै साथीहरुले सहयोग गर्नु हुनेछ भन्ने विश्वास लिएको छु ।
