भेडेटार अझै तंग्रिन सकेन

धरान÷ विश्वलाई नै प्रभाव पारेको कोरोना भाइरस (कोडिभ १९) ले सबै क्षेत्र प्रभावित बनाएको छ । नेपालमा पनि यसले हेरक क्षेत्रमा प्रभावित बनायो । सरकारले लकडाउनलाई केही खुकुलो बनाए पनि फेरि अर्को विपत्ति शुरु भएको छ । त्यो हो बाढी र पहिरोले पु¥याएको जनधनको क्षति । लकडाउन खुकुला होला र आफ्नो व्यवसायलाई निरन्तता दिउला भन्ने आशा व्यवसायीहरुको आशा आशमै सीमित भएको छ ।
दैनिक जसो आन्तरिक तथा बाह्य पर्यटकहरुले भरिभराउ हुने भेडेटार लकडाउन शुरु भएसंगै सुनसान छ । सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० मा बढी भन्दा बढी आन्तरिक तथा वा्ह्य पर्यटक भित्र्याउने लक्ष्यका साथ करोडौंको लगानी गरेर व्यवसाय गरेका होटल व्यवसायीहरुलाई अहिले भने ऋण कसरी तिर्ने भन्ने चिन्ताले सताएको छ ।
प्रदेश नं. १ कै पर्यटकीय स्थल मध्येको धनुटाको भेडेटार लकडाउन खुकुलो बन्दा समेत सुनसान नै छ । विगतमा आन्तरिक पर्यटक मात्र होइन छिमेकी देश भारतका विहार, सिक्किम, दार्जिलिङ, उत्तर प्रदेशलगायत विभिन्न क्षेत्रबाट दैनिक हजारौं संख्यामा आउने गर्दथे् । तर, यतिबेला विश्व व्यापी रूपमा फैलिएको कोरोनाको सन्त्रासले भेडेटार सुनसान छ । लकडाउन घोषणा भए पछि भेडेटार बजारको व्यापार–व्यवसाय ठप्प भएको होटल व्यवसायी विष्णृ श्रेष्ठ बताउछन् । उनले भने(‘विगतमा गर्मी समयमा चहलपहल बढ्ने भेडेटार मध्य गर्मीको मौसम हुदा समेत भेडेटार घुम्न आउने शून्य प्रायः छ ।’ लगातारको बन्दले होटल व्यवसाय नै विस्थापित हुने अवस्था आएको उनको भनाई छ ।
भेडेटारमा चैत्र देखि भदौ सम्मको समयलाई मुख्य सिजनको रुपमा लिने गरिन्छ । पर्यटकहरु आउने सिजन हुनै लाग्दा सरकारले पनि भ्रमण वर्ष २०२० घोषणा गरेको थियो । भ्रमण वर्षका लागि व्यवसायीहरुले ऋण काढेरै भए पनि थप लगानी गरेका थिए । भेडेटार सहित नाम्जे, थुम्की लगायत क्षेत्रमा साना(ठूला गरी डेढ सयभन्दा बढी होटल सञ्चालनमा छन् ।
ती होटलमा १ अर्बभन्दा बढी लगानी छ । लकडाउनका कारण व्यवसाय संचालन गर्न नसक्दा लगानी डुब्ने खतरामा पर्दै गएको होटल एसोसिएनि अफ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली बताउछन् । उनी भन्छन्–‘राम्रो कमाई हुने आशामा लगाइएको लगानी समेत डुबिसकेको छ, अब उक्सन धेरै कठिन छ ।’
लकडाउन खुकुलो भएपनि कोरोनाको सन्त्रास सर्वसाधारण उत्तिकै छ । जसका कारण सर्वसाधारण हिडडुल गर्न सकेका छैनन् । निजी सवारी साधन लिएर आउनेहरुको लर्को लाग्ने भेडेटार यदाकदा एउटा, दुईटा सवारी साधन दे्ख्न सकिन्छ । विगतमा व्यस्त रहने व्यवसायी अहिले फुर्सदिला छन् । व्यवसाय नहुदा व्यवसायीहरुले गरेको करोडौंको लगानी डुब्ने अवस्थामा पुगेको छ । राज्यले पनि यस्ता व्यवसायलाई पुन ः सञ्चालनमा ल्याउन नया“ नीति बनाउन आवश्यक छ

तपाईको प्रतिक्रिया