धरान÷ बर्षाद्को समयमा खोला किनारामा घर बनाउने सर्वसाधारण रातभर निदाउदैनन् । उर्लिएर आएको बाढीले घरबारमात्र हैन ज्यान नै लाने हो कि भन्ने पिरले अहिले धरानका सेउती तथा सर्दु खोलामा बस्ने सर्वसाधारण रातभरि नदिलाउने गरेका हुन् ।
केही दिनद्ेखि लगातार परेको बर्षाले सेउती र सर्दु खोलामो बाढी बढेसंगै विगतको जस्तै धनजनको क्षति नहोस् भनेर रातभर जाग्राम बस्ने गरेका छन् ।
धरान १५ देउरालीकी विमला लिम्बु गए राति आएको अविरल बर्षामा रातभर निदााउनु भएन । सेउती खोलाको किनारमा घर बनाउनु भएकी उहा रातभर आएको पानीले छेउमा भएको सेउती खोलामा पानीको वहाव बढेपछि आफ्नो जायजेथा मात्र हैन सानै रहेका बालबच्चालाई जोगाउन सकिने हो वा हैन भन्ने त्रासमा उहा रातभर जाग्राम बस्नु भएको हो । हिउदको समयमा आनन्दसंग निन्द्रा लाग्ने भएपनि बर्षाद्को समयमा प्रत्येक बर्ष त्रासमा बाच्नु परेको उहाको दुःखेसो छ ।
विगतमा समेत यो क्षेत्रका सर्वसाधारणले तटबन्दका लागि पटक पटक धरान उपमहा नगरपालिका धाए तर सामान्य तार जाली दिएर पठाउने बाहेक केही गरेन । जननिर्वाचित भएपछि अब दीर्घकालीन समस्या समाधान होला भन्ने विश्वास लिएका उनीहरु चुनाव जितिसकेपछि एक पटक पनि यो वस्तीमा हेर्न सम्म नआएको विमला बताउनुहुन्छ ।
सेउती किनारामा बस्ने सर्वसाधारणमात्र हैन सर्दु जलाधार क्षेत्र वरपर टहरा बनाएर बसेकाहरुको समेत उस्तै हविगत छ । उनीहरु समेत रातभर नदिनाउने बताउछन् । धरान १३ फुस्रे नजिक रहेको सर्दु खोला किनारामा बर्षौदेखि बस्दै आएकाहरुले मेत प्रत्येक बर्ष आएको बाढीले खोलाको धार परिवर्तन गर्दै कटान गर्दै लगेको बताउछन् । विगतमा धानबाली भएको सर्दु खोला अहिले विशाल भएको बताउदै खोला किनारामा मानव वस्तीको संख्यामा वृद्धि भएकै कारण दिनप्रतिदिन समस्या चुलिदै गएको उनीहरु बताउछन् ।
यस्ता खोला किनारमामा बस्ने अधिकांश सुकुमबासी बस्ती हुने गरेको छ । नगरपालिकाले विगतमा अव्यवस्थित रुपमा बसोबास गर्नेप्रति ध्यान दिन नसकेकै कारण अहिले विकराल समस्या उत्पन्न भएको हो । धरानमा सेउती र सर्दु खोलाको छेउमा बसोबास गर्ने सुकुम्बासीहरुको संख्या सुकुम्बासीहरुले निकालेको तथ्यांकमा धरान उपमहानगरपालिकाभित्र ६४ वटा वस्तीमा १५ हजार सुकुम्बासी रहेको र अहिले पाँचकन्या र विष्णुपादुकालाई समेत गाभिएपछि भने ७५ वटा सुकुम्बासी बस्ती १ सय वटा इकाई समिति रहेका छन् । जनसंख्याको हिसाबले २० हजार भन्दा बढी सुकुम्बासी बाढी पहिरोको जोखिममा रहेको नेपाल बसोबास बस्ती संरक्षण समितिका केन्द्रीय अध्यक्ष कुमार कार्की बताउनुहुन्छ । उहाले जोखिमपूर्ण बस्तीको दीर्घकालीन समस्या समाधानको लागि राजनीतिक पार्टीका ेनेता तथा स्मबन्धित निकायमा जानकारी गराएपनि सुनुवाई नहुदा बर्षेनी सुकु्मबासी बस्तीबाट नै रकम उठाएर नियन्त्रण भइरहेको बताउनुभयो । सुकुम्बासीहरुले पाचकन्यामा ५ वटा वस्ती, धरानमा सर्दु खोलाले भेट्ने लोकतान्त्रिक वस्ती, नौलो बस्ती, प्रगतिमार्ग, सुनौलो गैरी टोल, विष्णु टोल, यलम्बर हाङ्छा टोल, सेउती खोलाले भेट्ने धरान १५ को बगरकोट जोखिमपूर्ण स्थानको रुपमा रहेको बताउदै आएका छन् ।
