एजेन्सी÷शताब्दीयौदेखि चीनमा बस्दै आएका उइगुर मुसलमानहरुको नरसंहारलाई लिएर यतिबेला विश्वका अन्य राष्ट्रहरुको ध्यानाकर्षण भएको छ ।
चीनको शिनजियाग प्रान्तमा भएको उइगुर मुसलमानको नरसंहारलाई लिएर अन्तर्राष्ट्रिय क्रिमिनल अदालतमा समेत उजुरी परेको थियो । तर आइसीसीले जुरिडिक्सन नभएको भन्दै त्यसबाट हात झिकेको थियो । त्यसबेला चीनले अन्तर्राष्ट्रिय क्रिमिनल कोर्टमा हस्ताक्षर गरेको थिएन ।
उइगुर मुसललमानहरुको नरसंहारमा चिनियाँ राज्यसत्ताको सन्त्रासले यसमा उइगुर मुसलमानहरुले आवाज उठाउन सकेका थिएनन् । तर हाल प्रत्यक्षदर्शीहरु अगाडि आएका छन् विशेषज्ञहरुले पनि नरसंहारको रिपोर्ट दिएका छन् । अब लण्डनमा उइगुर ट्रिन्यूनलले यो मुद्दालाई सुनुवाई गरेको छ । यसमा साक्षी र विशेषज्ञको रिपोर्ट पनि समावेश गरेको छ ।
विश्व समुदायमा उइगुर सुलमानको नरसंहारलाई लिएर चीनको चौतर्फी आलोचना र भत्र्सना हुँदै आएको थियो । यो मामलाबाट चीन हालसम्म बच्नुको प्रमुख कारण चीन संयुक्त राष्ट्रको स्थायी प्रतिनिधि हुनु पनि हो । जसका कारण चीनको विरुद्धमा उइगुर मुसलमानको मानव अधिकारको मुद्दा उठाउन अवरोध हुँदै आएका थियो । यस्तो अवस्थामा अन्य देशले यो मुद्दालाई उठाएको भएपनि चीनले आफ्नो भिटो पावर प्रयोग गर्न सक्थ्यो । ट्रिइव्युल गठन वल्र्ड उइगुर काँग्रेसको आग्रहमा भएको हो । गठन पश्चात यसले कामलाई तिब्र रुपमा अगाडि बढायो । आठ सदस्य रहेको ट्रिइव्युनलले चारदिनको वहसमा ३० भन्दा बढी प्रत्यक्षदर्शीले बयान दिइसकेका छन् । मुख्य कुरा के छ भने यो ट्रिाइव्युनलका कारण दुनियाका सबैलाई उइगुर मुसलमानको नरसंहारमा चीनले कतिसम्म ज्यादति गरेको रहेछ भन्ने उजागर हुने भएपछि यतिबेला चीन नराम्रोसँग झस्किएको छ ।

हाल चीनले ट्रिइव्युनलका विरुद्धमा अनर्गल प्रचार गर्न शुरु गरेको छ । चीनका विदेश मन्त्रालयका प्रवक्ता वांग वेनविनले यसलाई एन्टी चाइनाको संज्ञा दिएका छन् । अर्का प्रवक्ता झाओ लिजिअनले यसलाई झुठो फैल्याउने मेसिनको संज्ञा दिएका छन् । यतिबेला ट्रिइव्युनलका अगाडि कैयौ सनसनी खेज प्रत्यक्षदर्शीले बयान दिएका छन् । शिनजियांग प्रान्तको कुचाबाट भागेका एक कैदीले आफ्ना वेदना बडो मामिक ढंगले सुनाएका थिए । उनले बयानमा भनेका छन् साना साना नानीहरुलाई पनि एउटै चिहान बनाए । रोइकराई गर्दा पनि बाहिर निस्कन दिएनन् । अर्का एक कैदीले चीनको खतरनाक कैम्पका बारेमा जानकारी दिएका थिए । एकजना उजवेक महिला एवम् पूर्व अध्यापिकाले पनि नरसंहारको भयानक वर्णन गरेकी थिइन् । उनको इच्छाविपरीत उनको नसबन्दी पनि गरिदिएको थियो । उनलाई सिलिङ्गबाट लट्काएर यातना दिइएको थियो ।
ट्रिइब्युनलको सक्रियताको उद्देश्य चीनले यसमा कस्तो प्रमाण पेश गर्छ भन्ने रहेको छ । चीन पनि सुनुवाइमा सामेल हुने अपेक्षा उसले गरेको छ । ट्रिइव्युनले सबै पक्षको बयान सुनेपछि आफ्नो निर्णय दिने पक्षमा रहेको छ । यद्यपि ट्रिइव्युनललाई चिनका विरुद्ध भयानक हत्याकण्डको प्रमाण प्राप्त
भइरहेको छ । ह्युमन राइट वाचले पनि अप्रिलमा जारी गरेको आफ्नो
रिपोर्टमा मानवताको विरुद्ध चीनले
अपराध गरेको ठहर गरिसकेको छ ।
