एटिएम तोडफोड गर्ने २ जना पक्राउ

मोरङ, ÷मोरङ बुढिगंगा गाउँपालिका २ टंकिसिनवारी स्थितमा सरस्वती खड्काको घरमा संचालनमा रहेको एनआइसी बैंकको एटिएम बुथमा तोडफोड गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरी दुहवी नगरपालिका ९ का २४ बर्षीय मो. ईम्तियाज र २५ बर्षीय मो. अनिष हुसेन रहेका छन् । सोमबार बिहानको पौने ३ बजे विभिन्न हाते औजारहरु प्रयोग गरेर तोडफोड गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई प्रक्राउ गरेको थियो । हाते औजार सहित पक्राउ परेका उनिहरुलाई चोरी उद्योग कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

तपाईको प्रतिक्रिया