रोजगारीका लागि भारतको लद्धाख स्थित लेहको थाम्सेमा रहेका नेपाली मजदुरलाई भारत सरकारले राहत उपलब्ध गराएको छ ।
भारतको केन्द्र शासित प्राकृतिक सुन्दरताले भरिएको लद्धाखमा हाल ठूलो संख्यामा नेपाली मजदुर रहँदै आएका छन । नेपालको सुदुर पश्चिमका जिल्लाहरु हुम्ला, जुम्ला, कालिकोट, दार्चुला, वैतडी लगायतका स्थानबाट कामको खोजीमा लद्धाख पुगेका उनीहरु कोरोना भाइरस संक्रमणका कारण कामविहीन भएर बस्नु पर्दा समस्यामा परेका थिए ।
नेपाली मजदुरहरु समस्यामा परेपछि केन्द्र सरकारको निर्देशनमा स्थानीय अधिकारीहरुले नेपाली मजदुरलाई दैनिक उपभोग्य वस्तु खाद्यान्न लत्ता कपडा र आर्थिक सहयोग समेत उपलब्ध गराएका थिए । लद्धाखमा केही नेपाली परिवारहरु बर्षौदेखि परिवारका साथमा बस्दै आएका छन् भने केहीको दुई तीन पुस्ता समेत वितिसकेको जनाइएको छ ।
