धरान÷धरानको चारकोशे जंगलका बाँदर लगायत अन्य जीवजन्तुको संरक्षण हेतु प्राकृतिक संरक्षण समितिको पहलमा विभिन्न जाजातका फलफूल विउ छरिएको छ ।
समितिका संयोजक एवम् यातायात व्यवसायी धु्रवराज घिमिरेको नेतृत्वमा असार १० गते देखि आँपका कोया, कटहरका दाना, लिच्चीका दाना, जामुनका दाना छरिएको हो ।
समितिका संयोजक घिमिरे भन्नुहुन्छ, बर्षाको समयमा छरिएका त्यस्ता फलफूलका दाना चाडै उम्रने र बढ्ने भएकोले अभियान सञ्चालन गरिएको हो । उहाँ भन्नुहुन्छ चारकोशे जंगलमा भएका बाँदर लगायत जीवजन्तु आहारको अभावमा धरान बजार, तरहरा लगायतका स्थानमा आउन थालेका छन् । जगलमा आहार भएमा ती जिवजन्तुहरु त्यसरी गाउँ सहर पस्ने थिएनन् । हालसम्म दुई हजार फलफूलका विउ छरिसकेको समेत उहाँले बताउनुभयो । हजार फलफूलका दाना छर्दा ५ सय मात्र उम्रियो भने ५ बर्षपछि यहाँका जीवजन्तुका लागि आहारको कमी हुने थिएन ।
वन्यजन्तु संरक्षणका लागि राज्यले हालसम्म कुनै पहल नगरकोमा उहाँले खिन्नता समेत प्रकट गर्नुभयो । वन्यजन्तुका लागि प्रसस्त आहार र तिनीहरुका लागि जंगल क्षेत्रमा स–साना तलाउ बनाउन आवश्यक रहेको उहाँको कथन छ । यसै सम्बन्धमा प्रदेश नं. १ का वन तथा वातावरण मन्त्री जगदिश कुस्यैतले घिमिरेको अभियानको प्रशंसा समेत गर्नुभएको छ । यसै सम्बन्धमा संजायेजक घिमिरे र मन्त्री कुस्यैतबीचमा छलफल समेत भएको छ । छलफलका क्रममा प्रदेश सरकारकातर्फबाट यस अभियानम बजेटको व्यवस्था समेत गर्ने आश्वासन दिइएको थियो । तर संयोजक घिमिरेले यस कामकालागि हामी अभियन्ताहरुकै तर्फबाट काम भइरुहेको र बजेटको आवश्यकना नपर्ने तर चारकोशे जंगलको कोशी राजमार्ग भन्दा पूर्व र पश्चिम दुई पानीका ताल निर्माण गर्न मन्त्री कुस्यैतलाई आग्रह गर्नुभएको थियो ।
खासगरी सुख्खा याममा पानीको अभाव हुने गरेकोले वन्यजन्तु पशुपंक्षी मर्ने गरेको मन्त्री कुस्यैतलाई संयोजक घिमिरेले सुनाउनु भएको थियो । यसमा मन्त्री कुस्यैतले बजेटको बजेटको व्यवस्था गरेर कामलाई अगाडि बढाउने बताउनु भएको थियो । समितिले हाल सेउतीपुल दक्षिणमात्र यो अभियानलाई जारी राखेके छ । उत्तरी क्षेत्र वनैपिच्छे डँढेलोको चपेटामा पर्नेै र सेती उत्तर धरानको सीमा क्षेत्र भएकोले पनि हाल सेउती दक्षिणमात्र अभियान सञ्चालन गरेको घिमिरेको कथन छ ।
