सभापति गुरुङको भोक विरुद्धको अभियान जारी

तरहरा÷कोरोना भाइरस कोभिड १९ सक्रमण नियन्त्रणका लागि सरकारले झण्डै तीन महिनादेखि गरेको लकडाउनका कारण समस्यामा परेका गरिब, विपन्न, दैनिक ज्यालादारी गर्ने मजदुलाई लक्षित गरी सञ्चालनमा ल्याइएको भोक विरुद्धको अभियानले एक महिना पूरा गरेको छ ।
नेपाली काँग्रेस भातृ संगठन नेपाल तरुण दल सुनसरीका सभापति तथा युवा नेता सिजन गुरुङको पहलमा भोक विरुद्धको अभियान सञ्चालनमा आएको हो ।
समाजसेवी गुरुङले यो अभियानलाई जेष्ठ २ गतेबाट सञ्चालनमा ल्याउनु भएको थियो । उहाँले सञ्चालनमा ल्याएको अभियानले हालसम्म सुनसरीका १५ सय भन्दा बढी परिवारलाई खाद्यान्न लगायतका सामाग्री वितरण गरिसकिएको छ भने अभियान अझ पनि सञ्चालनमै रहेको छ ।
यसै सम्बन्धमा सभापति गुरुङ्गसँग सम्पर्क गर्दा उहाँले भन्नुभयो हाम्रो अभियान जारी छ । मानवीय संकटको यो समयमा राज्यका निकायहरु सुस्त देखिँदा गरिब, असहाय तथा ज्यालादारी मजदुरी गरेर जिविकोपार्जन गर्नेहरु ठूलो संकटमा परेका थिए । कोही भोको बस्न नपरोस् भन्ने हेतुले आफूले भोक विरुद्धको अभियान सञ्चालन गरेको उहाँले बताउनुभयो । सभापति गुरुङले तरहरास्थित आफ्नो घरको गेटमा तपाई खाद्यान्न संकटमा हुनुहुन्छ ? खाद्यान्न संकटमा हुनुहुन्छ भने आउनुस हामी सबै बाँडेर
खाउ † भन्ने नारा समेत लेख्नु भएको छ । उहाँले विपन्न वर्गलाई खाद्यान्न लिन आउन आग्रह पनि गर्नुभएको छ । सभापति गुरुङले खाद्यान्नसँगै स्वास्थ्य सामाग्री समेत वितरण गर्दै आउनु भएको छ ।

तपाईको प्रतिक्रिया