जारी निषेधाज्ञाका कारण माछाको भुराको माग नहुँदा कृषि अनुसन्धाननिर्देशनालय तरहराले लक्ष्यअनुसार भुरा उत्पादन गर्न सकेको छैन ।
माछ उत्पादनमा अग्रणी वन्दै गएको पुर्वी नेपालको किसानको मागकै आधारमानिर्देशनालयले यस वर्ष दुई करोड भुरा विक्रीगर्ने लक्ष्य राखेकोमा हाल लक्ष्य पुरा गर्न नसकेको हो ।
विगतमा भुराको मागधान्ननसकिने अवस्थाहुने गरेकोमा यस वर्ष भुरा विक्रीगर्ने समयमा कोरोनाका कारण निशेधाज्ञा जारी हुँदा किसानहरु सहज रुपमा आएर भुरा लान सक्ने अवस्था नभएकाले लक्ष्य अनुसार भुरा विक्री गर्न नसकिएको कृषि अनुसन्धान निर्देशनालयका निर्देशक केशवप्रसाद श्रेष्ठले बताउनु भएको छ ।
निर्देशनालयले किसानहरुका माग आए एक महिनामा तीन करोड भुराहरु उत्पादन गर्न सकिने जनाएको छ । नेपालमा माछाका माग अधिक हुने गरे पनि हाल २० प्रतिसतमात्र नेपाली माछाले धानेको छ भने ८० प्रतिसत अन्य मुलुकमा भर पर्नु परिरहेको छ ।
