बीपीको आन्दोलन फेरिदै : सोमबारदेखि अनसन शुरु

धरान÷बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सा तथा दन्त चिकित्सा कल्याण समाजका अध्यक्ष डा. विष्णु पोख्रेललाई प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले स्पस्टीकरण सोधसंगै त्यहाँ कार्यरत कर्मचारी, चिकित्सक, फेकल्टी, विद्यार्थी, नर्स लगायतको संयुक्त आन्दोलन झन झन चर्किदै गएको छ ।
प्रतिष्ठानको उपकुलपति गिरीको कार्यकक्षमा घेराबन्दी, नारा जुलुससहित प्रतिष्ठान परिषर र बजार परिक्रममा गरेका उनीहरुले पछिल्लो समय आन्दोलनको स्वरुप फेर्दै रिले अनसन शुरु गरेका छन् ।
विगतमा डा. विष्णु कोइरालालाई सोधेको स्पटस्टीकरणसहित अन्य तलब, सेवा सुविधामा केन्द्रित रहेको आन्दोलन पछिल्लो समय उपकुलपति गिरीको प्राज्ञिकमा नै प्रश्नचिन्ह उठाउदै आन्दोलन चर्काएका छन् । उनीहरुले गिरी लगायत अन्य पदाधिकारीले प्रतिष्ठानलाई भ्रष्टाचार, अनियमिताको दलदलमा फसाएर प्रतिष्ठान नै धारासायी बनाएको आरोपसंगै उपकुलपति गिरीको प्राज्ञिकतासम्बन्धी स्पष्ट पार्न माग गर्दै आन्दोलनमा उत्रिएका हुन् ।
आन्दोलन शुरु भएपछि उपकुलपति गिरी माग सम्बोधन गर्नुको सट्टा काठमाण्डौमा गएर लुकेर बसेको आरोप संयुक्त संघर्ष समितिको छ ।

तपाईको प्रतिक्रिया