धरान÷कोरोना भाइरसका कारण सरकारले गरेको लकडानको सदुपयोग गर्दै धरानका युवाहरु सामाजिक कार्यमा लागेका छन् ।
लकडाउनको अवधिभरि सडकमा जथाभावि हिड्ने पशुहरुसको संरक्षणमा जुटेका उनीहरु गरिब तथा अससहायहरुलाई खाना खुवाएर पुण्य काम गरेका छन् ।
काठमाण्डौमा प्रमुख कार्यालय रहेको र धरानमा शाखा रहेको आत्मोत्सर्ग धरान नामक संस्थामा आवद्ध युवाहरुले पशु संरक्षका लागिएक महिनाको क्याम्पियन नै चलाएर धरान १ मा रहेको अपांग तथा असहाय केन्द्रमा रहेका अपांगता भएका पुरुष, महिला तथा बालबालिकालाई खाना समेत खुवाएका छन् ।
आत्मोत्सर्ग धरानका संयाजक रुसल श्रेष्ठले युवाहरु पनि सत्कर्ममा लाग्दै सकारात्मक सोचको विकास गर्न लकडाउनको सदुपयोग गदै समाजसेवामा जुटेको बताउनुभयो । शुरुमा साथीहरुसंग रकम जुटाएर आफै सडकमा रहेका कुकुर तथा सडक मानवलाई खाना खुवाएका उनीहरुको काम देखेर आत्मोत्सवर्ग काठमाण्डौले धरानमा शाखा खोलेर युवाहरुलाई सामाजिक कार्यमा प्रोत्साहन गरेको संयोजक श्रेष्ठ बताउनुहुन्छ । उहाले सडकमा रहेका कुकुरलाई घामपानीबाट बचाउन भविष्यमा केम्पियन खोल्ने तयारीमा रहेको बताउनुभयो । उहाले दिनमा १ सय २० भन्दा कुकुर, बादर, बजारमा छोडिएका गाइ बस्तुलाई एक महिना लगातार खाना खुवाउनुका साथै सडक मानव तथा अनाथाश्रममा समेत खाना खुवाएको बताउनुभयो ।
धरानलाई केन्द्रित गरेर शुरु गरेको यो अभियानलाई विस्तारै अन्यत्र पनि गर्ने सोच राखेको संयोजक श्रेष्ठ बताउनुहुन्छ । उहाले यो अभियानलाई विस्तार गर्दै पशुसंरक्षणमा जुट्ने अभियान लिएको बताउनुभयो ।
पछिल्लो समय इलाका प्रहरी कार्यालय धरानको तथ्यांक हेर्ने हो भने पनि ३० बर्ष भन्दा मुनिका युवाहरु बढी कुलतमा फसेको पाइन्छ । आत्मोत्सवर्गका युवाहरु झै अन्य युवाहरुलाई सामाजिक कार्यमा उत्प्रेरित गर्ने वातावरण तयार गर्ने हो भने युवा पुस्ता पक्कै पनि सकारात्मक सोचप्रति आकर्षित हुने थिए । यसतर्फ अभिभावक, विद्यालयका शिक्षक, तथा देशका ज्म्मिेवार निकाय लाग्न सके पक्कै पनि युवा वर्ग सकारात्मक सोचतर्फ आकर्षि हुने थिए ।
