धरान÷ चिकित्सकको अभावमा सुनसरीको रामधुनीको कोभिड अस्पताल सञ्चालनमा आउन सकेको छैन । सुनसरीको रामधुनीनगरपालिकाले निर्माण गरेको कोभिड अस्पताल अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन ।
नगरपालिकाले पहिलो चरणको कोरोना फैलिएकै समयमा निर्माण सुरु गरेको अस्थायी कोभिड अस्पताल चिकित्सक नभएकै कारण अझै सञ्चालनमा आउन नसकेको हो ।

प्रदेश सरकारको १० लाख रुपैयाँको लागतमा एक एम.बी.बी.एस डाक्टरको सुविधासहितको सेवा सञ्चालन गर्ने भन्दै निर्माण गरिएको १० बेडको अस्थायी कोभिड अस्पताल सञ्चालनमा आउन नसकेको हो । केही समयअगाडि धुमधामका साथ उदघाटन गरिएको सो अस्थायी अस्पतालमा अन्यकर्मचारी भएपनि डाक्टर नआएकाले अस्पताल सञ्चालन हुन नसकेकोे नगरपालिकाकी उपप्रमुख विनाकुमारी चौधरीले बताउनुभयो । उहाले महामारीका समयमा यस भेगमा रहेका सर्वसाधारणलाई सहज रुपमा उपचार होस् भनेर अस्पताल सञ्चालन ल्याउने भनिए पनि अस्पतालमा चिकित्सक नआएकोले सञ्चालन गर्न नसकेको बताउनुभयो ।
प्रदेशबाट आएको बजेटबाट नगरपालिकाले १० वडा बेडखरिद गरेको छ । उपचारमाविरामीआएपनिउपचार हुन नसकेपछि बेड समेत प्रयोगमा आउन सकेको छैन । त्यहा रहेका केही बेडमा भने स्वास्थ्यकर्मीका औजार तथा अन्य सामग्री राखिएका छन् । कोरोना सक्रमणको उच्चजोखिम क्षेत्रको रुपमा हेरिएको रामधुनी क्षेत्रमा कोभिड अस्पताल वेलामानै सुचारु नहुदासक्रिमितविरामीहरु धरान,विराटनगरलागयतका स्थानमा रहेको अस्पतालनमा महगो रकम खर्चिएर उपचार गर्न बाध्य छन् ।
