सप्तकोशीको क्षति न्यूनिकरणका लागि उच्च शतर्कता अपनाइदै

ः अविरल बर्षाका कारण देशका विभिन्न स्थानमा बाढी पहिरोले ठूलो धनजनको क्षति पु¥याइरहेको छ । सप्तकोशी नदीको तटबन्दे विगतका दिनहरुमा सुनसरी, सप्तरी लगायतका सर्वसाधारणको धनजनमा ठूलो क्षति पुग्यो । बर्षाद् लागेसंगै बर्षाद्ले विगतको जस्तो ठूलो धनजनको क्षति नपुगोस् भन्ने उद्देश्यले सुनसरी प्रशासनले यसतर्फ चासो देखाएको छ ।
सुनसरी प्रशासनले सप्तकोशी नदीमा आउन सक्ने बाढी र त्यसले पुर्याउन सक्ने क्षति रोक्ने उद्देश्यसाथ स्पर निरीक्षण तथा तटबन्ध सुरक्षाका सवालमा भैरहेको काममा चासो दिएको छ ।
कोशी क्षेत्रको निरीक्षण र स्थलगत अनुगमनसँगै सम्भावित जोखिमका बारे प्रजिअ सहितको टोलीले भारतीय प्राविधिक सहित तटिय क्षेत्रका बासिन्दासँग निरन्तर सम्वाद समेत अघि बढाएको छ ।
वर्षायामको समयमा जुनकुनै बेला नदीको जलस्तर बढ्न सक्ने भन्दै पूर्व शतर्ककता अपनाउन प्रशासनले बेलैमा चासो देखाएको हो । त्यसैगरी प्रशासनले भारतीय पक्षले नदीको वहाव एकत्रित गर्नेगरी जारी राखेको स्पर मर्मत तथा तटबन्ध सुरक्षाका सवालमा अपनाइएका उपायहरुको बारेमा समेत चासो बढाएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सप्तकोशी नदीमा आउने सक्ने बाढी र त्यसले पु¥्याउन सक्ने क्षति रोकथाम तथा नियन्त्रण गर्न हरसम्भव प्रयास भैरहेको बताउनु भएको छ ।
वहाँले नदीले जोखिम निम्त्याउन सक्ने सम्भावित क्षेत्रको पहिचान गरी क्षति रोकथाम तथा नियन्त्रणको कार्य अघि बढाइएको जानकारी दिनुभयो ।प्रजिअ सहित जिल्ला स्थित सुरक्षा निकायको टोलीले पछिल्ला दिन कोशी क्षेत्रको नियमित अनुगमन र निरीक्षणको काम गर्दै आएको छ ।
टोलिका सदस्यहरुले राजाबास, प्रकाशपुर, पुल्थेगौंडा र आसपास क्षेत्रको जोखिम र संवेदनशील मानिएका स्परहरुको निरीक्षण गर्दै आएको छ । सो क्रममा अनुगमन टोलीले भारतीय पक्षले गर्दै आएको स्पर मर्मत, नोजमा भर्दै गरिएका तारजाली र तटबन्ध जोगाउन बनाइएका संरचना बारे समेत जानकारी बटुल्ने गरेको छ । त्यसका साथै तटिय क्षेत्रका बासिन्दासँग समेत सम्भावित जोखिम र विपद् प्रतिकार्य योजना बारे बहस चलाउने गरेको छ ।
अनुगमनको क्रममा प्रजिअ सहित जिल्ला स्थित सुरक्षा निकायको टोलीले चतरा पुलमा जडान गरिएको बाढी मापन यन्त्रको समेत निरीक्षण गर्दै आएको छ ।
यसैबिच विपद् प्रतिकार्य योजना र पूर्व तयारीमा जुटेको सुनसरी प्रशासनले सम्भावित जोखिमलाई मध्यनजर गर्दै खोज तथा उद्दार कार्यको लागि सुरक्षाकर्मीको टोली समेत तयारी अवस्थामा राखेको छ ।
प्रशासन र सुरक्षा निकायले विपद् पूर्व तयारीमा जुटेको बताइ रहँदा स्थानीय भने बाढीताका मात्रै हुने अनुगमनले आफुहरुमा थप त्रास बढाउने बताउँछन् । स्थानीय रविन घिमिरे दिर्घकालिन र ठोस योजना साथ कोशीको वहाव नियन्त्रण गर्न लागिपर्नु पर्ने बताउँछन् । कोशी सम्झौता अनुसार सप्तकोशी नदी क्षेत्रमा भारतीय पक्षले स्पर मर्मत तथा तटबन्ध सुरक्षाका लागि बाँध निर्माण लगायतको काम गर्दै आएको छ ।
नेपाली पक्षले भने सो कार्यको अनुगमन, निरीक्षण तथा निर्माण कार्यका लागि सुरक्षा मात्र प्रदान गर्ने गरेको छ । सप्तकोशीको जलस्तरमा वृद्धि भई ब्यारेजका ढोका खोल्नु परेमा समेत नेपाली पक्षले भारतीय पक्षको मुख ताक्नु पर्ने बाध्यता रही आएको छ । कोशी फुटेर क्षति पु¥याउदा नेपाल र भारतका दुवै भूभागमा क्षति पग्ने गरेको छ । त्यसैले सम्भावित जोखिम न्यूनिकरण गर्न दुवै पक्ष गम्भीर भएर लाग्न जरुरी छ ।

तपाईको प्रतिक्रिया