खेलकुदका विकासका लागि दुहवीका रंगशाला धमाधम निर्माण हुदै

धरान÷ आफ्नै क्षेत्रबाट खेलकुदको विकास गर्न अहिले प्रत्येक स्थानीय तहले खेलकुदका गतिविधिलाई प्राथमिकतामा राखेका छन् । खेलकुदका गतिविधिलाई चलायमान बनाउदै राष्ट्रिय तथा
अन्तर्राष्टिूय खेलाडी उत्पादन गर्ने ती स्थानीय तहको उद्देश्य नै रहेको छ । स्थानीय तहहरुले खेलकुद कार्यक्रमलाई चलायमान बनाउन योजनामै राखेर काम समेत गर्न थालेका छन् । यसमा सुनसरीको दुहवी पनि अग्रसर बनेको छ ।
दुहवी नगरपालिकाले खेलकुदका गतिविधिलाई चलयमान बनाउकै लागि सुविधा सम्पन्न रंगशाला बनाउने कामलाई तिब्रता दिएको छ । कोरोना कहरका कारण निर्माण कार्यमा चुस्त बनेको भवन केही सहज भएपछि भने निर्माण कार्यले गति लिएको हो ।
वर्षेैभरी खेलकुदका हरेक गतिविधि भइरहने दुहवीमा व्यवस्थित रंगशाला नहुदा खेलाडीहरुले राम्रो प्रदर्शन गर्न सकेका थिएनन् भने समय समयमा हुने प्रतियोगितामा खेलप्रति रुचि राख्ने दर्शकले अत्यन्तै कष्ट गरेर खेलको मजा लिने गरेका थिए । तर अब रंगशाला निर्माणले गति लिएपछि दुहवीका खेलाडी तथा खेलप्रेमीहरु खेलकुदका गतिविधिले विकास गर्ने अपेक्षा समेत लिएका छन् । दुहवी नगरपालिकाले महत्वकाक्षीं योजनाको रुपमा रगंशाला निर्माणको काम अगाडि बढाएको नगरपालिकाले जनाएको छ ।
सघिंय सरकार, प्रदेश सरकार र स्थानीय तहको सयुक्त लागनीमा निर्माण काम धमाधम भइरहेको छ । व्यवस्थित प्याराफिट , खेलाडीहरुकालागी कोठाहरु र रगंशालाको पर्खालकालागी झण्डै वीस करोड रुपैया वरावरको डिपिआर तयार गरिएको हो । रगंशाला निर्माण कामकालागी प्रदेश सरकारले प्राथमिताका साथ यस वर्ष ५० लाख रुपैया दिएपछि निर्माण कार्यले तिब्रता पाएकोे दुहवी नगरपाकिालकाका इन्जिनियर रामकुमार यादवले बताउनुभयो ।
सघिंय सरकारले प्रतिवद्धा जनाए अनुसारको रकम नदिएपछि आर्थिक अभावका कारण सुस्त देखिएको रगंशाला निर्माण काम पछिल्लो समय प्रदेश सरकारको सहयोग पछि कामले तिव्रता पाएको हो ।
अहिले प्याराफिट र सड्क तर्फ कोठा निर्माणको काम अन्तिम चरणमा पुगेको निर्माण कम्पनीका प्राविधिक भोजविक्रम चौधरीले जानकारी दिनुभयो । झण्डै २ हजार दशर्क अटाउने क्षमता भएको दुहवी रगंशालाको निर्माण पछि खेलकुद विकाससगैं यस क्षेत्रको आर्थिक गतिविधिमा समेत सकरात्मक प्रभाव पर्ने स्थानीयहरुले विस्वास लिएका छन् । रंगशाला निर्माण सम्पन्न पछि विगतको भन्दा धेरै खेलकुदका कार्यक्रम हुने र स्थानीय स्तरबाट नै खेलाडी उत्पादन हुनेमा खेलप्रेमीहरुले समेत विश्वास लिएका छन् ।

तपाईको प्रतिक्रिया