नेपाली साहित्यमा वैरागी काइलाको उपनाले चर्चित (ओझङ्गहाङ्ग लिम्बु÷तिल विक्रम नेम्बाङ्ग) अस्वस्थ हनु भएको छ । ८१ बर्षीय काइँलाले नेपाली साहित्यमा थोरै कविता लेख्नु भए तापनि उहाँ सधै चर्चाको शिखरमा रहँदै आउनु भएको छ ।
खासगरी तेस्रो आयामेली कविताका प्रवर्तक भारत दार्जिलिङका इन्द्रबहादुर राई, नेपाली साहित्यका शिखर व्यक्तित्व ईश्वर वल्लभसँगै उदाउनु भएका काइँलालाई नेपाली साहित्यमा तेस्रो आयामलाई लिएर चर्चा हुने गरेको छ ।
वि.सं. १९९६ साल साउन २५ गते अर्थात सन् १९३९ अगस्त ९ तारेकका दिन सुदुर पूर्वी पहाडी जिल्ला पाँचथरमा जन्मनु भएका काइँलालाई नेपाली साहित्यका मुर्घन्य साहित्यकारका रुपमा लिइन्छ । वैरागी काइलाको २०३१ सालमा साझा प्रकाशनबाट प्रकाशित वैरागी काइलाका कविताहरु पहिलो पटक प्रकाशित भएको थियो । त्यसपछिको लामो अन्तरालपछि २०४७ सालमा महागुरु फाल्गुनानन्दका उपदेशहरु तथा सत्यहाङमा पन्थका भजनमाला, २०४८ सालमा लिम्बु जातिमा कोखपूजा, २०६० सालमा चई ः त मुन्धुम (श्रृष्टिवर्णन), २०३८ सालमा किरात जागरण गीत, २०२९ सालमा तेस्रो आयाम, २०५० मा राष्ट्रिय भाषाको कविता संगालो, लिम्बु ग्रन्थ सूचिको सम्पादन गर्नुभएको थियो । यसका अलवा अन्धो मान्छे र हात्ती लिम्बु, नेपाली र अंग्रजी शब्दकोषको संयोजक समेत रहनु भएको थियो । उहाँले तेसो आयाम मासिक, कविता, चौमासिक, समकालीन साहित्य त्रैमासिकको सम्पादन समेत गर्नुभएको थियो ।
उहाँका हाट भर्ने मानिस, साँझ रेखा चिड, बाग्मति लहरले उठेर विर्सिदेउ, मेरो वसियत, मेरो मायाँको नयाँ संस्करण, मेरो माया, माया र मफलर, मातेको मान्छेको भाषण :मध्यरात पछिको सडकसित, म र मेरो कथा वेगल हुन, म मेरो वजन जति मेरो धरतीलाई भार भएको छु, प्लान्चेटको टेवल, पर्वत, निर्मय याद, चिया पिइसकेर उसको घरबाट हिड्ने बेलामा, कैद छु, औंलाहरु चुमेर, एकान्तको अजिङ्गर, एक रात, आवरण, अस्तित्वको दाबीमा सावतको बैला उत्सव, २७ मई १९६४, अटोगाफ लगायतका कविता नेपाली साहित्यमा चर्चित र कालजयी रहेका छन् । उहाँ साझा पुरस्कार, मदन पुस्कार लगायत चर्चित पुरस्कारबाट सम्मानित हुनुन्थ्यो भने वि.सं. २०६६ सालदेखि २०७०सालसम्म नेपाल प्रज्ञा प्रतिष्ठानको उपकुलपति रहनु भएको थियो ।
