घण्टाघरबाट हेर्दा

महाघाइते हुने भए
नेपालको राजनीति पनि बडो विचित्रको छ । बहुदलमा निर्दलीय अभ्यास । अरुका सांसद चोर चार गरेर भए नि पर्धानमन्तरीका लागि संख्या पु¥याउन मरिहत्ते गरेर लाग्नै पर्ने । अब त हुँदा हुँदा बारम्बार गुल्टिङ खेलेका पिण्ड खाने बेला भएकाहरुलाई नि पदै चाहिएको छ । लाँग्रस महाधिवेशन आउन आउन लाग्या छ । तेह«ौ महाधिवशेनमा उत्तनोचित्त परेका रामचन्द्रे बाजे यस पटक फेरि उठ्ने रे । तेह«ौ महाधिवेशनको घाइते हुँ म फेरि उठ्छु रे । हैन हौ यी बुढाहरुले अहिलेका तन्नेरी तरुनीहरुलाई त ठाम नै नदिने भए । थपक्क घरमा नाति नातिना कोक्रोमा हल्लाउन छाडेर के को उठ्न खोज्या होला ? हिरिक्क भैसक्या एकमुठ्ठी सास भएपनि पटुकी कसेर बुढालाई पदै चाहिएको छ । अनि फुइøयाँ देश अगाडि बढ्छ ?
सुजो उठ्ने रे
गिर्जा पुत्री अच्या सुजो उर्फ सुजाता जोष्ठ पनि लाँग्रेसको महाधिवेशनमा सभापतिमा उठ्ने रे । यिनको आफनो केही भए पो ? गिर्जाउको नाम भँजाएर च्याँखे हान्दैछिन् । यी उठेपनि हातलागी शून्य, नउठेपनि हातलागी शून्य । गिर्जाउको नाम भँजाएर यन्ले कहिलेसम्म फुलबुट्टे सारीको तालमा लाँग्रेसमा नाँच्ने होलिन ? हुन त सुजो आफै नाचेकी त कहाँ हुन र ? उन्लाई नचाएर यो छाली खान पल्केकाहरुले नचाएका हुन् । त्यत्रा काण्डै काण्डबाट आर्जित खरबौ रकममा घुन पसेर सिद्धिन नदिन पनि सुजोलाई नचाउने प्रपञ्चचाहिँ भएको हो । अरु बेला जोष्ठले सुक्को खर्च गर्ने हैन । महाधिवेशनमा त फुर्कै मैयाँले दिल खोलेर गर्छिन् ।
पद छोड्ने रे
ज्यान जाए मगर पद नजाए भन्ने मानसिकता बोकेका छवि नै नभएका छविलाल दाहाल उर्फ प्रचण्डाउले अस्तिका दिन भन्या म भन्दा राम्रो नेता आए आजै अध्येक्षे पद छोडिदिन्छु रे । तिन्का कुरा सुनेर घण्टाघरलाई कम्ता हाँसो उठेको हैन । तिनले आफू भन्दा राम्रो कसैलाई देख्दै देख्दैनन् । आफ्नै भित्रकालाई किडा मकौडा देख्छन् । उन्ले त्यस्तै खालको चेस्मा लगाएका छन् । उनले लगाएको चेस्मा नै दोषी छ । अरुलाई राम्रो देख्ने भए तिनलाई आफन्तहरुले किन लुतुलुतुमरेको शरीरबाट उपियाँ उडृुसले छोडेझै छोडेर हिँड्थे ? नौ बर्षदेखि अधिवेशन नै नगराई एकलौटी अध्येक्षे पड्काएका छन । अधिवेशन रे कहाँ जुेठे कहाँ जुठेकी आमा बनाउलान् भन्ने तिन्लाई कम्ता ठूलो टेन्सिन छैन । हुन त माउवादी केन्द्रमा कोही पनि राम्र नभएका हुन सक्छन् ।
साहुहरुको खोजी हुनु पर्दैन ?
स्विस बैंकमा ४६ अर्ब रुपैया राख्ने नेपाली साहुहरु को को होलान् ? हुन जनताको ४६ अर्ब रुपैयाँ जाबो भन्लान् नेपालका नव धनाढ्य नेताहरुले स्विस बैंकमा व्यापार व्यवसाय गरेर बस्नेहरुले त पक्कै राख्या छैनन् होला ? राख्न सक्ने कुरा पनि भएन । तिनै तहका सरकारले ढाँड सेक्ने गरी कर असुल्छन् । स्विस बैंकसम्म पु¥याउनै दिँदैनन् । त्यहाँसम्म पु¥याएर थान्को मान्को गर्नेहरु त नेताहरु नै हुन् । तर त्यो नेपालका कुन कुन साहु नेताको पैसो रै’छ पत्ता लगाउनु पर्दैन ? त्यो अख्तियार, सम्पत्ति सुद्धिकरण आयोग के लाटाले पापा हेरेर बसेझै बसेका होलान् ? दुई चार हजार हिनामिना गर्ने, लेनदेन गर्नेहलाई त बडो बाजा बजाएर झ्यालाङकुटी पार्छ । त्यत्रो ४६ अर्ब थन्काउनेहरुको जिलीगाँठी केही फेला पार्दैन । हुन त नेपालीहरुले गर्व नै गर्नुपर्छ कमसेकम स्विस बैंकमा नेपाली साहुहरुले नि पैसो राख्या छन् भनेर । कि कसो हौ ?
बढ्या छ बढ्या छ
सर्कारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ बढाएको छ । मूल्य रातारात बढ्य छ बढ्या छ । पहिला पहिला एक रुपैया मूल्य बढ्दा विद्यार्थी संगठनहरु झण्डा बोकेर आगो बाल्दै सडकमा उफ्रन्थे । अहिले जतिसुकै बढोस उनीहरुलाई बाल मतलब छैन । लकडाउनले गर्दा पो सडकाँ नआएका भनम भने सर्कारको विरोधमा त उफ्रकै छन् । पर्धानमन्तरी खप्रओलाई गाली गरेकै छन, पुत्ला दहन गरेकै छन् । हैन भनम भने मूल्य बृद्धिलाई लिएर थुतुनोबाट चुइँक्क आवाज निकाल्दैनन् । हैन हो यो पेट्रोलियम पदार्थको मूल्य बृद्धि पनि सेटिङ्गमै हो कि क्या हो । विद्यार्थी संगठनहरुलाई हैसियत अनुसार भागबण्डा पठाइदेसी सिद्धिगयो । बातै खँलास । आखिरी सबैको मनसुवा आर्जन त हो । कि कसो हौ ?
बुद्धि फिरेछ
बाहिर ल्याउछु आँची गर्दिन भन्छ भित्र लान्छु आची गर्छु भन्छ यो मंगलेले मलाई हैरान बायो भन्थे ठाँइला । अहिले पूर्व आंंत्कारी पचण्डाउ त्यही मंगलेझै गर्न थाल्व्या छ । हिजो राजसंस्था हटाँउन भूमिका खेल्ने अनि अहिले राजसंस्थ नै ठीक भनेर फलाक्न थाल्या छन् । किन नफलाकुन त त्यतिबेला के के झर्ला भनेर स्थापना गरेको राष्ट्रपतिले प्रचण्डाउलाई बालै मतलबल दिन छाडिन् । प्रचण्डाउको यतिबेला रुवाबासी चल्या छ । न आफनो मान सम्मान भयो न इज्जत नै रहयो । । राष्ट्रपतिले केपीलाई काखी च्यापेसी विचरा चियाबाट फालिएको माखो जस्ता भा’छन् । त्यसैले हिजो आज राजसंस्था नै ठीक, राजसंस्था हुँदा मान, सम्मान र इज्जत सबैले पाका थे भन्दै बर्बराउन थाल्या छन् ।
दुलोभित्र पसे १९ दिने मन्त्री
बडो तामझामका साथ शितल निवासमा मन्तरीको सपथग्रहण गरेका मन्तरीहरु यतिबेला सबै दुलोभित्र पसेका छन् । विचराहरु मुख देखाउने अवस्थैमा छैनन् । मन्तरी भएसी यसो मिडिया भरमला, कमिशन र भ्रष्टचार गरेर स्व अर्थ व्यवस्था मजबुत बनामला, विदेशको सयर गरमला भनेर ख्याल पुलंकित भा’थेनन् । तर क्यार्नु सर्वोच्च अदालत बाया भएर देखा प¥यो । दाहिने होला भन्ने सानो आश लेका थिएनन् । विचराहरुलाई १९ दिनमै लघा¥यो । मन्तरी बर्खास्तीको रिट हाल्ने वकिलको सत्यानाश होस् भनेर यतिबेला कम्ता फलाक्या छैनन् । समाजमा नाक मुख देखाएरै हिड्न नसक्ने बनाइदिएसी कस्कोचाहिँ कन्सिरीको पारो तात्दैन ?
अन्तेमा
वहुदीय अभयासबाट सत्तामा पुग्न फलामको चिउरा चपाउनु सरह भएसी लाँग्रेस, माउवादी, जसपा, झालेमालेको आयाराम गराराम माकुन्याउ हिजोआज निर्दलीय अभ्यास गर्न थाल्या छन् । अर्का दलको सांसदलाई चोरचार गरेर सिंहदरबार छिर्न कन्दनी कसेर लागेनी राष्ट्रपतिले छिर्के लगाई दिएसी यतिबेला ती भडुवाहरु राष्ट्रपतिमाथि खनिएका
छन् । लाँग्रेसका बुडानिलकण्ठे मुखिया भन्छन् राष्ट्रपति ओलीको कार्यकर्ता बनिन्, अवैध माउवादीका अध्येक्षे भन्छन् र रबर स्थाम्प बनिन अनि माकुन्याउ भन्छन् पर्धानमन्तरीको अफर आएको छ राष्ट्रपतिले भाँजो हालिन् । जय होस् बहुदलका लाउकेहरु । समयदेखि नै नर्दिलीय अभ्यास गरेकोमा बधाई ।

तपाईको प्रतिक्रिया