कोरोना संकटको माहारीका बीच सोमबार अर्थात जुन २१ का दिन सातौ अन्तर्राष्ट्रिय योग दिवस विश्वभरि मनाइयो ।
अन्तर्राष्ट्रिय योग दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना नागरिकलाई शुभकामना दिनुभएको थियो । आफ्ना नागरिकलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो आज संसारका सबै राष्ट्र कोरोना महामारीका विरुद्ध लडिरहेका छन् । यस्तो अवस्थामा योग आशाको कीरण भएको छ ।
उक्त अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संसारभरि योगको महत्वलाई पु¥याउन मोवाइल एप M Yoga को उद्घाटन समेत गर्नुभएको थियो । यही ऐपद्वारा संसारभरिका देशमा विविध भाषामा भिडियोहरु समेत पु¥याउने काम गर्छ । भारतले यो ऐपलाई विश्व स्वास्थ्य संगठनसँग मिलेर तयार गरेको हो ।

यहाँ स्मरणीय कुरा के छ भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकै प्रयासमा संयुक्त राष्ट्रसंघले २१ जुनलाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा मनाउने निर्णय गरेको थियो । ऐप उद्घाटनका क्रममा भारतीय प्रधानमन्त्री मोदीले भन्नुभयो जब भारतले संयुक्त राष्ट्रसंघमा अन्तर्राष्ट्रिय योग दिवसको प्रस्ताव राख्यो त्यसको मुख्य उद्देश्य नै योग विज्ञान विश्वभरि नै सुलभ होस् भन्ने थिये । यसका लागि भारतले संयुक्त राष्ट्र संघ, विश्व स्वास्थ्य संगठनसँग मिलेर थप महत्वपूर्ण कदम उठाएको छ । अब विश्वले M Yoga को माध्यमबाट योग प्रशिक्षण लिन सक्छन । उहाँले भन्नुभयो यो ऐपमा साधारण योगा प्रोटोकलको आधारमा योग प्रशिक्षणका कैयौ भिडियोहरु आ–आफ्नो भाषामा उपलब्ध हुने छ ।योग आधुनिक र प्राचीन विज्ञानको फ्युजनको सबैभन्दा राम्रो उदाहरण हो ।
